बजेटमा किन ठगियो प्रदेश ४, केन्द्रिय अनुदान जम्मा १३ अर्व १७ मात्रै

  • बुधबार, १६ जेष्ठ, २०७५
  • 2 years ago
  • नेपाल

पाेखरा । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेटबाट सबैभन्दा कम रकम प्रदेश ४ लाई परेको छ । सबैभन्दा कम प्रदेश ४ लाई १३ अर्व २७ करोड ८६ लाख रुपैयाँ छ ।

 

सबै भन्दा बढि प्रधानमन्त्री केपी शर्मा ओली जन्मिएको प्रदेश १ ले आगामी बर्ष सबैभन्दा बढी बजेट पाउने भएको छ । सरकारले प्रदेशलाई १ खर्व १३ अर्व ४३ करोड ४१ लाख रुपैयाँ बजेट दिने घोषणा गरेको छ ।

 

जसमध्ये सबैभन्दा बढी प्रधानमन्त्री र अर्थमन्त्रीको जन्मथलो प्रदेश १ लाई १९ अर्व ८८ कोड ७० लाख रुपैयाँ बजेट छ । प्रदेश १ ले वित्तीय समानीकरण अनुदान अन्तर्गत ६ अर्ब ६१ करोड र सशर्त अनुदानतर्फ १३ अर्ब २७ करोड बजेट पाएको छ । त्यसैगरी प्रदेश २ लाई १६ अर्ब १९ करोड बजेट दिइएको छ । जसमा वित्तीय समानीकरणतर्फ ७ अर्ब १ करोड र सशर्ततर्फ ९ अर्ब १८ करोड बजेट छुट्याइएको छ ।

 

प्रदेश ३ मा १६ अर्ब ५८ करोड बजेट पठाइएको छ । प्रदेश ३ ले वित्तीय समानीकरणमा ५ अर्ब ९६ करोड र सशर्ततर्फ १० अर्ब ६१ करोड रुपैयाँ विनियोजन भएको छ । प्रदेश ४ लाई वित्तीय समानीकरणमा ६ अर्ब ७७ करोड र सशर्त अनुदानमा ६ अर्ब ५० करोड रुपैयाँ दिइने भएको छ । प्रदेश ५ लाई १६ अर्ब ५४ करोड बजेट दिइएको छ । जसमा वित्तीय समानीकरणको हिस्सा ६ अर्ब ८६ करोड र सशर्त अनुदानको ९ अर्ब ६७ करोड रुपैयाँ छ ।

 

यस्तै प्रदेश ६ का लागि १६ अर्ब ६९ करोडको बजेट विनियोजन भएको छ । यो प्रदेशले वित्तीय समानीकरणवापत ९ अर्ब १३ करोड र सशर्त अनुदान ७ अर्ब ५६ करोड बजेट पाएको छ । प्रदेश ७ का लागि १४ अर्ब २५ करोड बजेट छुटयाइएको छ । प्रदेश ७ ले ७ अर्ब ९२ करोड वित्तीय समानीकरण अनुदान पाएको छ भने सशर्त अनुदानतर्फ ६ अर्ब ६ अर्ब ३२ करोड बजेट दिइएको छ ।


थप समाचार

अमेरिकाले कोरोनाभाइरस विरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायलाई थप १९ कराड ४० लाख अमेरिकी डलर उपलब्ध गराउने

  • 2 minutes ago
अमेरिकाले कोरोनाभाइरस विरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायलाई थप १९ कराड ४० लाख अमेरिकी डलर उपलब्ध गराउने

एजेन्सी । संयुक्तराज्य अमेरिकाले कोरोनाभाइरस विरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायलाई थप १९ कराड ४० लाख अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ ।

एट्लेटिको मड्रिडका खेलाडी कोस्टालाई ६ महिनाको जेल सजाय

  • 11 minutes ago
एट्लेटिको मड्रिडका खेलाडी कोस्टालाई ६ महिनाको जेल सजाय

एजेन्सी । स्पेनिस क्लब एट्लेटिको मड्रिडका खेलाडी डिएगो कोस्टालाई ६ महिनाको जेल सजाय सुनाइएको छ । कर छलीको आरोप लागेका उनीविरुद्ध स्पेनको एक अदालतले ६ महिनाको जेल सजाय सुनाएको छ ।

अष्ट्रेलियाले लगायो भारतलाई गुन

  • 12 minutes ago
अष्ट्रेलियाले लगायो भारतलाई गुन

सिड्नी । परमाणु आपुर्ति समुहमा भारतलाई सदस्यता दिने पक्षमा अष्ट्रेलियाले समर्थन जनाएको छ । विस्तारित सयुंक्त राष्ट्र सुरक्षा परिषदमा नयाँ दिल्लीको स्थायी सदस्यताको समर्थन गरेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।

विचित्र विश्व

२६ वर्षपछि देखियो पोखरीमा डुबेको गाउँ !

२६ वर्षपछि देखियो पोखरीमा डुबेको गाउँ !

एजेन्सी । पोखरीमा डुबेको एउटा गाउँ २६ वर्षपछि देखिएको छ । इटाली सरकारका अनुसार यो वर्षको अन्त्यसम्म वा अर्को वर्षको सुरुवातमा यो मध्यकालिन गाउँ देख्नकालागि पर्यटकहरुलाई अनुमित दिइनेछ ।