चालू आर्थिक वर्षमा चार वडा कार्यालयको भवन निर्माण शुरु

Education Park

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाले चालू आर्थिक वर्षमा चार स्थानमा नयाँ वडा कार्यालयको पक्की भवन निर्माण शुरु गरेको छ । नयाँ निर्माण गरिने वडा कार्यालयमध्ये दुई स्थानको भवनको निर्माण अघि बढाइएको छ । 

 

सङ्घीयता कार्यान्वयनअन्तर्गत राज्य पुनःसंरचनाको क्रममा जिल्लाका विभिन्न छ साविकका गाउँ विकास समितिलाई समावेश गरेर निर्माण भएको नगरपालिका भएकाले भौतिक संरचना अभावमा गुज्रिएको छ । संरचना अभाव भोग्दै आएको नपाले नगरकार्यपालिकाको सभाबाट विनियोजित पूरक बजेटमार्फत यो आवको बाँकी दुई महीनाको अवधिमा चार स्थानमा वडा कार्यालय भवन निर्माण गर्न लागिएको नगरप्रमुख राजेन्द्ररमण खनालले जानकारी दिए ।

 

उनका अनुसार नयाँ बनाइने भवनमध्ये वडा नं ९ को नलगाउँ र वडा नं ११ को फूलबारीमा कार्य शुरु भएको छ । नगरमा रहेका १३ मध्ये आठ वडामा भवन अभाव छ । चालू आवमा वडा नं ४, ५, ९ र ११ का लागि नयाँ कार्यालय बनाउन बजेट तर्जुमा गरिएको छ ।

  

उक्त चार स्थानमा भवन निर्माणका लागि रु दुई करोड बजेट चैतमा सम्पन्न नगरसभाले विनियोजित गरेको थियो । वडा नं ९ को भवन निर्माणका लागि पिएन निर्माण सेवा प्रालिलाई रु ३५ लाखमा र वडा नं ११ मा भवन बनाउन श्रवशक्ति महामाया प्रालिलाई रु ४२ लाखमा जिम्मेवारी दिइएको छ ।

 

नगरपालिका सञ्चालन हुँदै आएको भवनसमेत विपत्बाट जोखिममा परेका समुदायका लागि राख्न बनाइएको अस्थायी संरचनामा सञ्चालन हुँदै आएको छ । वडा कार्यालयको भवन निर्माण सम्पन्नपश्चात नगरपालिकाको लागि भवन बनाउने योजना बनाइएको छ ।


थप समाचार

लोकसेवाकाे आवेदन दिने मिति असार १० गतेसम्म थप

  • 3 minutes ago
लोकसेवाकाे आवेदन दिने मिति असार १० गतेसम्म थप

काठमाडौँ । लोकसेवा आयोगले स्थानीय तहका कर्मचारी मागका लागि आवेदन दिने समय थप गरेको छ । आज आयोग पदाधिकारी बैठकले असार १० गतेसम्म आवेदन दिने समय थप गरको हो ।

आफु बाहेक सबैकाे शैलीसँग प्रधानमन्त्री ओली असन्तुष्ट

  • 12 minutes ago
आफु बाहेक सबैकाे शैलीसँग प्रधानमन्त्री ओली असन्तुष्ट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सिंहदरबारमा आयोजित विशेष पत्रकार सम्मेलन टुंग्याउँदै गर्दा सञ्चारमाध्यमको शैलीप्रति असन्तुष्टी प्रकट गरेका छन् । सञ्चारमाध्यम र मिडियाको शैली

माइतीघर मण्डला त साँच्चिकै माइतीघरजस्तै भयो : प्रधानमन्त्री ओली

  • 1 hour ago
माइतीघर मण्डला त साँच्चिकै माइतीघरजस्तै भयो : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माइतीघर मण्डला साँच्चिकै माइतीघरजस्तै भएको भन्दै सरकारका विरोधीहरूलाई कटाक्ष गरेका छन् । मंगलबार साँझ सिंहदरबारमा आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

काठमाडौँ । हाम्रो भान्सामा पाक्ने केही कुरालाई पकाउनु आवश्यक छैन । केही खानेकुरा पकाउँदा तिनको पोषण हराएर जान्छ । अनि कुनै खानेकुरा पकाउँदा विषालु पनि हुन्छन् । पोषक तत्त्वको भरपूर अवशोषण शरीरले गर्नका लागि केही कुरा काँचै खाएको राम्रो हुन्छ ।

विचित्र विश्व

यौनप्रस्तावले हैरान भएका यी पुरुष

यौनप्रस्तावले हैरान भएका यी पुरुष

एजेन्सी । यौन प्रस्तावका लागि युवतीहरुको ओइरो लागेपछि एक युवक तनावमा परे । उनी हुन् मोहम्मद अवद । समाचार एजेन्सीका अनुसार, दर्जनौं युवतीले स्कटल्याण्डका ती पुरुषसँग सेक्स गर्न चाहेको सन्देश पठाए । आखिर किन उनीसँग महिलाहरुले यौन सम्पर्क गर्न चाहे त ? उनको कृतिम लिंगप्रति महिलाहरु लोभिएका हुन् । ती महिलाले कृतिम लिंगको अनुभव लिन खोजेका हुन् ।