IIMS College

ISMT

HUB Education

एक बारको जिन्दगी

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

“के नचाहिने कुरा ग¥या होला ?” उसले मेरो कुरालाई तुरुन्त प्रतिक्रिया दिँदै मलाई हपा¥यो ।

 

“नेपालमा त सुनेको छु । यहाँ पनि त्यस्तो कोही छ कि भनेर पो सोधेको नि,” मैले भनेँ । 

 

मलाई मरेका दुई तीन जनासँग कुरा गर्नु थियो । 

 

उनीहरुको आत्मासँग केही सोध्नु थियो । केही समय यता युवा उमेरका नेपाली साथीहरु मरेका छन्, अकालमै । कोही ड्रग्सको ओभर डोजले । 

कोही आत्महत्या गरेर ।

 

“अनी ड्रग्सले मर्नु भनेको आत्महत्या गर्नु हो भन्ने तेरो कुराको तुक चाहिँ के नि ?” उसले मलाई सोध्यो । 

 

“आत्म भनेको आफू । हत्या भनेको किलिङ । ड्रग्स आफै खाएर रन्थनिँदै मरे पनि, सुतेको ठाउँमा सुतेको सुत्यै भने पनि, नशामा लठ्ठिएर कतै गएर टाउको ठोक्काएर होस । भिरबाट खसेर होस । जीवन गयो भने कसको कारण गयो ? आफ्नै कारण होइन् ? अनि त्यो आत्महत्या नभएर के भयो ? सिम्पल एज द्याट् ।”

 

चित्रगुप्त, यमराज र मेरो भेट भयो ।

 

“तिमी मानव आयु लिएर नै यहाँ आउनु हुँदैन्,” यमराजले भने । 

 

चित्रगुप्तले भनिदिए, “मैले सबैको हिसाबकिताब बुझाइदिएको छु । अब तिमी फर्केर जाऊ, पृथ्वीलोकमा ।”

 

तर, मलाई त केही प्रश्नहरुको जवाफ चाहिको थियो । “प्रभो, यहाँसम्म आइसके, ती अघि मैले भनेको दुई तीनजनासँग भेट गर्ने मौका मात्र दिनुहोस् ।”

 

“तर तिमीले हाम्रै उपस्थितिमा उनीहरुलाई भेट्ने छौ । नो प्राइभेट टक, ओके ?” चित्रगुप्तले भने ।

 

“जो हुकुम ।” 

 

उनीहरुलाई एकजना द्वारेले लिएर आयो । स्वर्गबाट आए कि नरकबाट मलाई थाहा भएन । 

 

यमराज र चित्रगुप्त दुवै त्यति खुशी देखिएका थिएनन् । यसरी जीवन आफै नष्ट गरेर आफ्नो आयु पूरा नजिएर उनीहरुको काम बढाइदिएको भएर उनीहरु दुवै रुष्ट देखिन्थे । 

 

मलाई पनि रिस उठेको थियो । उनीहरुले अरु धेरैलाई जीवनबाट भाग्न सिकाएका छन्, तल पृथ्वीमा । जीवनमा राम्रो काम कसैलाई सिकाउन नसकेपनि नराम्रो काम सिकाउनु हुन्न भन्ने मेरो सोँच छ । 

 

मैले देब्रेतिर निकै पछुताएकोजस्तो देखिएको त्यो युवकलाई सोधेँ पहिलो प्रश्न ।

 

“तिम्रो परिवारमा को को छन् ? मतलब, को को थिए ?”

 

“आमा, बाबा, भाइ, बहिनी ।”

 

“किन मर्न मन लागो त ?”

 

“मलाई यति छिटो मर्छु जस्तो लागेको थिएन । मेरो संगत गलत थियो । ममाथि मेरो परिवारको सपना थिए । मैले धेरै ठक्करहरु खाएको छु जीवनमा ।”

 

यमराजले बीचैमा उसलाई भने, “खाएको छु होइन्, खाएको थिएँ भन बालक ।”

 

“अँ, खाएको थिएँ । प्रेमिकाले धोका दिई, साथीहरु टाढा भए, म सम्हालिन खोज्दा खोज्दै पनि सकिन । अलिकति पैसा जम्मा भयो कि नशा सेवन गर्न मन लाग्ने भयो । एक रात म घरबाहिर आफैलाई धान्न खोज्दा खोज्दै बेहोस भएँ । त्यसपछि आँखा खोल्दा त यहाँ लाइनमा कुरिरहेको थिएँ । चित्रगुप्त महाराजको अगाडि ।” 

 

यमराजको अगाडिपट्टी ठूलो पर्दा थियो, सेतो रंगको । चित्रगुप्तले प्रोजेक्टर अन गरे, अनि उसले आफ्नो परिवारलाई देख्यो । उसको घर शून्य थियो । आमा झोक्राएर बसेकी थिइन । भाइ बहिनी धेरै नबोलिकन स्कुलबाट फर्किदै थिए । उसको बाबा अब छोराले गर्ला, अनि बुढेशकालमा आरामले बसौँला भन्ने सोचेका थिए, फेरी काम गर्न लागेका छन् । काममा एकोहोरो टोलाएका छन् । साथीहरु आउँदै आमालाई सम्झाउँछन् । उसको फोटोमा एउटा माला छ ।

 

उ रुन थाल्यो । भक्कानिएर रोयो । ‘आमा’ भन्दा उसको आँशु तप्प झ¥यो । 

 

प्रोजेक्टरबाट आएको त्यो दृश्य धमिलो हुँदै गयो । 

 

“हिँजो मात्रैको कुरा । मेरो आफन्त पर्ने एकजना बहिनी छन् । धेरै पहिला उनको दाजुले घरमै झुन्डिएर मरेको थियो । उनलाई हिजो एकजनाले दाजुभाइ कति छन् तिम्रो भनेर सोधेछन् ।” मैले भन्दै थिएँ । 

 

चित्रगुप्तले फेरि म यहिँ देखाउँछु भनेर प्रोजेक्टरको बटन थिचे । 

 

त्यो प्रश्नको जवाफ दिन नसकेर ती बहिनी रोइरहेकी थिइन् ।

 

“यी बालिकाको दाजु पनि यतै कता छ,” यमराजले भने ।

 

आफ्नो बहिनीलाई सम्झिएर त्यो केटो फेरी रुन लागोे । 

 

मैले भनें, “मृत्यु त एकपटक भएरै छोड्ने कुरा हो । कस्तो जीवन जिउने, अनि कहिले रोज्ने भन्ने थाहा नभए पनि कस्तो मृत्यु रोज्ने भन्ने कुरा मनुष्यको हातमा हुन्छ,” मैले भनेँ । 

 

आमाको अगाडि मामाको बयान गरेँ कि जस्तो लागेर मैले पुलुक्क यमराजतिर हेरेँ, आँखाको दाहिने कुनाबाट ।

 

“विल्कुल सही । यो कुरा बुझ्नु प¥यो नि मनुष्य जगतले,” यमराजले आफ्नो जुँगामा ताउ लगाउँदै भने । मैले अलि हल्का महसुस गरेँ ।

 

“ऊ, नेल्शन मण्डेला मरे । हामी पनि कति दुःखी भयौँ । कति मान्छे रोए । त्यो उनले रोजेको मृत्यु हो । अनि, त्यो टेररिस्ट थियो नि, ओसामा बिन लादेन, उसले पनि त्यस्तै मृत्यु रोज्यो । ऊ मर्दा को रोयो ? सबै खुशी भए । उसले पनि चाहेको भए असल मृत्यु रोज्न सक्थ्यो नि, होइन ?” यमराजले भावुक हुँदै भने ।

 

चित्रगुप्तले ”टाइम अप, अब अर्कोको पालो” भने ।

 

“तिमीले त झन् कस्तो नराम्रो छाप पो छोडेर आएका छौ, थाहा छ ?” मैले भनेँ । 

 

ऊ झोक्राएको थियो, उसको घाँटीमा गोलो डाम थियो, कसिलो मालाजस्तो भएर ।

 

“यस्ता हाम्रो रेगुलर टाइमटेबल खलबल गर्नेहरुको लागि धेरै टाइम छैन् हामीसँग, हेर । बरु म उसको पनि भिडियो देखाइदिन्छु,” चित्रगुप्तले फेरी प्रोजेक्टर अन गरे । 

 

निकै जोशिलो उमेरको त्यो केटोले केहि लेख्दैंछ । त्यो त सुसाइड् नोट पो रहेछ । साथीहरुले उसको ढोका फोरेर भित्र पसे, सबैजना अत्तालिए । त्रिपल जिरोमा फोन गरे । पुलिस आयो, सबै जम्मा भए । उसको एकदम मिल्ने साथीले त्यो नोट हे¥यो, ‘ब्लडी फेशन’ भन्यो । कसले सुरु गरेको होला यस्तो लेख्न ? भने पछि त आत्महत्या गर्ने कुरा पनि त कोही न कोहिबाट सिकेको रै’छन् नि त मान्छेले ।

 

“सरी मामु, सरी बुवा,” लेखिएको थियो त्यो कागजमा । 

 

उसको साथीले नेपाल फोन ग¥यो । आमाले फोनमा यो सुन्ने बित्तिकै मुर्छा खाइन । फोनको रिसिभर स्पृङ वाला तारमा टेबुलमुनी झुण्डियो । आमा भुइँमा ढलिन् । 

 

यो सबै हेरिरहेको यो केटोले आफ्नो घाँटीको त्यो डाममा हात पु¥यायो । समय फर्काउन सक्ने भए फर्काउँथ्यो जस्तो ग¥यो ।

 

चित्रगुप्तले रिमोटले त्यो दृश्य रोके, स्किप गरे ।

 

उसलाई छट्पटी भयो, आमालाई कसैले देख्यो कि देखेन । हस्पिटल लाग्यो कि लगेन भनेर । 

 

अर्को हँसिलो केटो देखियो । 

 

“चिन्छौ यो बालकलाई ?,” यमराजले मलाई भने ।

 

“चिन्छु,” मेरै साथी हो ।” उसलाई क्यान्सर भएको छ । मैले मेरो दूत पठाएको थिएँ उसलाई लिन । अनि फेरि हेरेँ, ऊ त जीवनसँग रमाइरहेको थियो, मृत्युसँग लड्ने साहास देखायो, म बाँच्न चाहन्छु भन्यो । 

 

उसको विलपावर देखेर म हारेँ । अनि मेरा दूतहरुलाई फिर्ता बोलाएँ । उसलाई छोडिदेउ अहिले भनेर । यसरी जीवन रोज्नेलाई त हामी सर्मान गर्छौँ । अर्को राम्रो कुरा थाहा छ ? उसले आज भोलि सबैलाई ज्ञानगुणका कुरा गर्छ । लजाउँदैन्, हिम्मत दिन्छ सबैलाई । 

 

“म पनि क्यान्सरसँग लडेर बाँचेको मान्छे हुँ, नडराउनुस्,” भन्छ समारोहहरुमा गएर ।” यमराजले मेरो अगाडि उसको बयान गरे । 

 

अनि मैले फेरी मनमनै “मलाई थाहा छ, के बयान गरिरा ?” भनेँ ।

 

“तिमीलाई भनेको होइन, यी दुईजनालाई भनेको” यमराजले मलाई भने । मैले सोँचेको कुरा थाहा पाएछन् ।

 

“जीवन अमुल्य कुरा हो । यसलाई सकेसम्म प्रयोग गर्नुपर्छ राम्रो कामका लागि । अरुलाई पनि प्रेरित गर्नुपर्छ । यसलाई बेकारमा फाल्नु हुन्न । एकपटक नासियो भने त सकियो, फेरि पाइँदैन् । त्यसैले ‘एकबारको जुनी’ भन्ने गीत बज्छन नि,” चित्रगुप्तले भने । 

 

”मलाई माफ गर्दिनुस्” भन्दै ती दुइजना यमराजको पाउँ परे ।

 

“अब केहि हुन सक्दैन, बालक हो । तिमीहरुले जीवनलाई एकै पटक पनि महत्वको साथ हेरेको भए, मैले पहिले नै चान्स दिन्थेँ । तिमीहरुले त आफ्नो नजरबाट मात्रै हे¥यौं । अरुको नजरबाट पनि हेर्नुपर्छ । त्यसरी फाइनल डिसिजन लिनु हुन्नथ्यो,” यमराजले भने ।

 

“ला समय सकियो । अब तिमी फिर्ता जाऊ” चित्रगुप्तले मलाई भने । 

 

“यमराजले सबैलाई जीवनको भरपूर प्रयोग गर्नु, अनाहकमा नमर्नु, जीवन भनेको सुन्दर बरदान हो । जिउनु पर्छ । खराब संगत गर्नु, आत्महत्या गर्नु हुन्न भनेको छ भनेर सबैलाई भन्देउ है । सानातिना दुःखले आत्तिनु हुन्न, त्यो पनि भन्देऊ” भने मलाई । 

 

अरु पनि केहि भन्दै थिए, उनको फोन आयो । उनले फोन उठाए अनि हेलो भने । 

 

उनी बोलिरहेका थिए । तर फोनको घण्टी बजी रह्यो । लगातार घण्टी बजिरह्यो । 

 

मैले आँखा खोलेँ । मेरो मोबाइलमा पो अलार्म बजेको रै’छ । बिहान भैसकेको थियो ।

 

 

 

 

 


थप समाचार

शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन हाँस्नुपर्छ !

  • 2 minutes ago
शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन हाँस्नुपर्छ !

तनाव जति हुन्छ, उति नै शरीरको रोग प्रतिरोधी क्षमता कमजोर हुन्सछ। हाँसोले तनावका हार्मोनलाई घटाई प्रतिरोधी कोष र संक्रमणविरुद्ध लड्ने एन्टीबडी वृद्धि गर्छ। यसले रोगसँग लड्ने क्षमतामा वृद्धि गर्छ। हाँस्

डोटी चेम्बर अफ कमर्सका अध्यक्ष साउदद्वारा १८२ जनालाई न्यानो कपडा वितरण

  • 8 minutes ago
डोटी चेम्बर अफ कमर्सका अध्यक्ष साउदद्वारा १८२ जनालाई न्यानो कपडा वितरण

डोटी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा डोटी चेम्बर अफ कमर्सका अध्यक्ष खेगेन्द्रबहादुर साउदले जिल्लामा चिसो बढेपछि यहाँका वृद्ध, एकल, अपाङ्गता तथा असहाय नागरिकलाई न्य

के महासचिवमा डा. दीपेन्द्र पाण्डेले जित्दैछन् ?

  • 10 hours ago
के महासचिवमा डा. दीपेन्द्र पाण्डेले जित्दैछन् ?

काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)को निर्वाचनको पहिलो चरण सम्पन्न भएको छ । पहिलो चरणमा उपत्यका बाहिर निर्वाचनमा समग्रमा ७५ प्रतिशत मतदान भएको निर्वाचन समितिले जनाएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन हाँस्नुपर्छ !

शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन हाँस्नुपर्छ !

तनाव जति हुन्छ, उति नै शरीरको रोग प्रतिरोधी क्षमता कमजोर हुन्सछ। हाँसोले तनावका हार्मोनलाई घटाई प्रतिरोधी कोष र संक्रमणविरुद्ध लड्ने एन्टीबडी वृद्धि गर्छ। यसले रोगसँग लड्ने क्षमतामा वृद्धि गर्छ। हाँस्दा वृद्धवृद्धामा अल्जाइमर रोग पनि लाग्न पाउँदैंन।

विचित्र विश्व

ड्राइभरहरुलाई यसरी नियुक्त गर्छन् अम्बानी ?

ड्राइभरहरुलाई यसरी नियुक्त गर्छन् अम्बानी ?

एजेन्सी । मुकेश अम्बानी एशियाको सबैभन्दा धनि व्यक्तिको सूचिमा पर्छन् । अम्बानी सबैभन्दा धनि व्यक्तिको सूचिमा तेस्रो नम्बरमा पर्छन् । जसको जीवनशैलीको विषयमा निकै चर्चा परिचर्चा हुने गर्छ ।