बुरुन्डीले राष्ट्रसंघीय मानवअधिकार कार्यालय बन्द गर्ने

नैरोबी । बुरुन्डी सरकारले दुई महिनाभित्र बुरुन्डीस्थित आफ्नो कार्यालय बन्द गर्न संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदलाई आदेश दिएको बुरुन्डीको विदेश मन्त्रालयले जनाएको छ । 

 

सरकारले बुधबार बुरुन्डीका लागि राष्ट्रसंघीय आवासीय संयोजक ग्यारी कोनिलमार्फत मानव अधिकार आयोगका उच्चायुक्तलाई कार्यालय बन्द गर्न सन्देश पठाएको हो । 

 

“सबै अन्तर्राष्ट्रिय कर्मचारीलाई हटाउन र कार्यालय दुई महिनाभित्र बन्द गर्न भनिएको छ,” नाम बताउन नचाहने विदेश मन्त्रालयको एक उच्च स्रोतले बतायो । 

 

राष्ट्रसंघ स्रोतले पनि उक्त समाचारको पुष्टी गरेको छ । “बुरुन्डी सरकार अन्तर्राष्ट्रिय समुदायप्रति निकै आक्रामक रुपमा प्रस्तुत भएको छ,” नाम बताउन नचाहने स्रोतले भन्यो । उक्त निर्णय नोभेम्बरमा गर्नेगरी तय भएको पूर्वी अफ्रिकी शिखर सम्मेलनमा सहभागी हुन बुरुन्डीले अस्वीकार गरेसँगै बाहिर आएको छ । 

 

बुरुन्डीमा जारी राजनीतिक सङ्कटका विषयमा समेत तान्जानीया सम्मेलनमा छलफल हुने अनुमान गरिएको थियो । राजनीतिक सङ्कट समाधानका लागि भएका धेरैवटा मध्यस्थ वार्ताहरु सरकारले निर्वासनमा रहेका विद्रोही समूहसँग भेट्न अस्वीकार गरेसँगै अन्यौलग्रस्त हुँदै आएका छन् । 

 

बुरुन्डीको अनुपस्थितिका कारण उक्त सम्मेलन डिसेम्बर २७ का लागि सारिएको छ । 

 

राष्ट्रपति पियरे एन्कुरुन्जीजाले अप्रिल २०१५ मा तेस्रो पटकका लागि राष्ट्रपतिको उम्मेदवार हुने घोषणा गरेसँगै बुरुन्डीमा राजनीतिक सङ्कट गहिरिएको छ । उक्त घोषणासँगै भड्किएको हिंसाका कारण एक हजार २०० को मृत्यु हुनुका साथै चार लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । 

 

सन् २०१६ को अक्टोबर महिनामा बुरुन्डीले राष्ट्रसंघीय मानव अधिकार कार्यालयसँगको सहयोगात्मक सम्बन्ध निलम्बन गरेको थियो । उक्त कार्यालयले तयार पारेको एक प्रतिवेदनमा बुरुन्डीमाथि योजनाबद्ध हिंसा भड्काएको र नरसंहारको खतरा बढाएको आरोप छ । 

 

यसैवर्ष सेप्टेम्बरमा प्रकाशित आयोगको प्रतिबेदनमा पनि मुलुकमा मानवीय अपराध बढेको अभियोग लगाएपछि बुरुन्डीले मानव अधिकार आयोगबाट पूर्ण अलग हुने चेतावनी दिएको थियो । 

 

सन् २०१७ मा बुरुन्डीमा जारी यातनाका बारेमा छानबिन गर्न थालेसँगै अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्यबाट बुरुन्डी अलगिएको थियो । 


थप समाचार

'छोरी आराध्याको लागि धेरै समय बलिउडबाट टाढा रहेकी थिइन् ऐश्वर्या'

  • 8 hours ago
'छोरी आराध्याको लागि धेरै समय बलिउडबाट टाढा रहेकी थिइन् ऐश्वर्या'

एजेन्सी । सन् १९९४ मा ऐश्वर्याले मिस वल्र्डको उपाधि जित्न सफल भएकी उनलाई विश्वमा सुन्दर युवतीमा गनिन्छ ।

मंगलग्रह घुम्ने मन छ ? यस्तो सजिलो छ तरिका

  • 8 hours ago
मंगलग्रह घुम्ने मन छ ? यस्तो सजिलो छ तरिका

एजेन्सी । सन् २००१ मा धनाड्य डेनिस टिटो अन्तरिक्षमा पुग्नका लागि पैसा तिर्ने पहिलो व्यक्ति बने । उनले अन्तरिक्ष यात्राका लागि २ करोड अमेरिकी डलर तिरेका थिए ।

लण्डनको पशुपतिनाथ मन्दिरमा नयाँ नेतृत्व चुन्ने तयारी

  • 8 hours ago
लण्डनको पशुपतिनाथ मन्दिरमा नयाँ नेतृत्व चुन्ने तयारी

साउथ ईष्ट लण्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिमा नयाँ नेतृत्व चयन हुने भएको छ । आउँदो जुन महिनाको २३ तारिखमा हुने अधिवेसनले आउँदो २ वर्षको लागि नयाँ कार्यसमिति चयन गर्ने भएको हो ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

केही यस्ता खानेकुराहरु जुन दूधसँगै खाँदा निकै समस्या झेल्नुपर्ने हुनसक्छ

केही यस्ता खानेकुराहरु जुन दूधसँगै खाँदा निकै समस्या झेल्नुपर्ने हुनसक्छ

एजेन्सी । दूध क्याल्सियको स्रोत हो जसले हड्डि मजबुत बनाउन मद्दत गर्दछ । तातो दूध पिउनुका अनगिन्ति फाइदाहरु छन् जसले शरीरमा निखारता ल्याउन निकै सहयोग पु¥याउँछ ।

विचित्र विश्व

कैदीबन्दीहरु नभएपछि जेलहरु धमाधम बन्द

कैदीबन्दीहरु नभएपछि जेलहरु धमाधम बन्द

एजेन्सी । नेपालमा कैदीबन्दीलाई बस्ने गतिलो आवास नभएको समाचार बेलाबेलामा सुन्ने गरेका छौँ । एउटै जेलमा तोकिएभन्दा बढी अपराधिहरु राखिएको पनि खबर आउने गर्छ ।