खम्बा र ठूला बसले गोँगबु–लैनचौर सडकमा चाप बढ्यो

  • सोमबार, ३ मंसिर, २०७५
  • 2 months ago
  • नेपाल

काठमाडौँ । सडकको बीच भागमा रहेको बिजुलीको पोल र ठूला सवारी साधनका कारण गोङ्गबुचोकदेखि लैनचौरसम्म सवारी चाप अत्यधिक हुन थालेको छ । 

 

टोखा ग्रिनल्याण्डबाट सामाखुशी यातायातमा चढेर रत्नपार्क जान लागेकी जानुका खड्का साँघुरो बाटो र गाडीको चापका कारण एक घण्टा ४५ मिनेट लगाएर रत्नपार्क पुगिन् । नयाँ बसपार्कबाट घण्टाघरमा जान विनोद राईलाई एक घण्टा १५ मिनेट समय लाग्यो । 

 

माथिका केही घटना प्रतिनिधिमूलक घटनामात्र हुन् । पछिल्लो समय गोँगबुचोक कपुरधारा हुँदै लैनचौर निस्कने बाटोमा सवारी चाप बढ्न थालेको छ । साना सडकमा बिजुलीका पोल बाटोको छेउमा नसार्दा सवारी चाप बढ्न थालेकाले गन्तव्यस्थल पुग्नसमेत समस्या भएको छ । माइक्रोबस मात्र सञ्चालन हुँदै आएको उक्त बाटोमा सामाखुशी यातायात व्यवसायी सङ्घले सामाखुशी यातायात र दिगो सार्वजनिक यातायात प्रालि भित्र्याइएपछि उक्त क्षेत्रमा चाप बढ्न थालेको हो । 

 

सङ्घका सचिव लालप्रसाद गुरागाई बाटो साँघुरो र सवारी साधन ठूलो भएको कारण उक्त क्षेत्रमा चाप बढेको बताउँछन् । “यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीबीच समन्वय नहुँदा समस्या उत्पन्न भएको हो”, उनी भन्छन् । सोही बस अन्यन्त्र स्थानान्तरण गरेर अर्को बस ल्याउन सरकारले पहल गरे आफूहरु सहयोग गर्न तयार रहेको उनको भनाइ छ । 

 

हाल गोँगबु–कपुरधारा–लैनचौर भएर सानाठूला १३५ सार्वजनिक बस तथा माइक्रोबस सञ्चालनमा छन् । जसमध्ये दिगो यातायात १७, सामाखुशी यातायात १९ र माइक्रोबस ९९ वटा सञ्चालनमा रहेका छन् । बसुन्धरा सेहन्सा, बानियाटार, भत्केकोपुल, मनमैजु, म्हैपी, टोखा र ग्रिनल्याण्ड क्षेत्रका बस तथा माइक्रोबस उक्त बाटो हुँदै आवत–जावत गर्छन् । 

 

शुरुको समयमा माइक्रोबस मात्र सञ्चालन भएको उक्त बाटोमा वर्ष पहिले सामाखुशी यातायात र यहि वर्षको साउन २८ देखि दिगो सार्जजनिक यातायात प्रालि सञ्चालित छन् । खम्बा र साँघुरो सडकका कारण दुई ठूला सवारी साधनलाई एकआपसमा आवतजावत गर्नसमेत मुस्किल हुने गर्छ । उक्त क्षेत्र काठमाडौँ महानगरपालिका–२६ मा पर्छ । सो वडाका वडाध्यक्ष ख्यामराज तिवारी गोँगबुदेखि लैनचौरसम्म सडकको खम्बा सार्नका लागि विद्युत प्राधिरणलाई वडाले चिठी पठाइसकेको बताउँछन् । 

 

“विद्युत् प्राधिकरण र सडक विभागका कारण उक्त पोल सार्न ढिलाइ भइरहेको छ”, उनी भन्छन्, “वडा कार्यालयले सामाखुशी क्षेत्रमा बाटो निर्माण र कालोपत्रे गर्ने कामलाई प्राथमिकता दिँदै आएको छ ।” 

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त साँघुरो बाटो र ठूला सावारीसाधनका कारण सडकामा चाप हुने हुने गरेको बताउँछन् । “उक्त बाटोलाई एकततर्फी बनाएर गाडी सञ्चालन गराउने वा ठूला गाडीलाई अर्को स्थानमा पठाएर मझौला गाडी सञ्चालन कि भन्नेबारे छलफल भइरहेको छ”, उनी भन्छन् । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखको हाराहारीमा सवारी साधन सञ्चालनमा रहेकामा काठमाडौँ उपत्यकामा मात्र आठ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् । 


थप समाचार

बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

  • 35 minutes ago
बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

बाजुरा । जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन् ।

‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

  • 37 minutes ago
‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

काठमाडौं । फिल्म ‘परीः उड्न देऊ’ फिल्मको निर्माणको औपचारिक घोषणा भएको छ । यो फिल्मलाई निशान कश्यापले निर्देशन गर्ने भएका छन् ।

रणवीर सिंहले आफुलाई फेरि गरे प्रमाणित, 'गल्ली ब्वाय'ले दिलायाे अर्काे उचाइ

  • 47 minutes ago
रणवीर सिंहले आफुलाई फेरि गरे प्रमाणित, 'गल्ली ब्वाय'ले दिलायाे अर्काे उचाइ

नयाँ दिल्ली । शुक्रबार रिलिज भएको चलचित्र ‘गल्ली ब्वाय’बाट रणवीर सिंहले आफुलाई एकपटक फेरि प्रमाणित गरेका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।