Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलवेस्ट इन्डिजले नेदरल्यान्ड्सलाई दियो ३७५ रनको विशाल लक्ष्य, पूरनले लगाए शतक

वेस्ट इन्डिजले नेदरल्यान्ड्सलाई दियो ३७५ रनको विशाल लक्ष्य, पूरनले लगाए शतक


काठमाडौँ । आईसीसी एकदिवसीय विश्व कप छनोट अन्तर्गत वेस्ट इन्डिजले नेदरल्यान्ड्सलाई ३ सय ७५ रनको विशाल लक्ष्य दिएको छ ।

जिम्बावेको हरारेमा टस हारेर ब्याटिको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ७४ रन जोडेको हो ।

वेस्ट इन्डिजका निकोलस पूरनले शतकीय इन्ङ्सि खेले । ६५ बल खेलेका उनी ९ चौका ६ छक्कासहित १ सय ४ रनमा अविजित रहे । यस्तै ब्रान्डन किङले ७६, जोनसन चार्ल्सले ५४, कप्तान तथा विकेटकीपर शाई होपले ४७ र कीमो पाउलले नटआउट ४६ रन बनाए ।

बलिङतर्फ नेदरल्यान्ड्सका बास दी लीदे र सकिब जुलफिकरले २/२ विकेट लिए ।

नेदरल्यान्ड्स अब केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदैछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वेष्टइण्डिज ‘ए’ टोली नेपाल आईपुग्यो

काठमाडौँ । टी–२० सिरिज खेल्न वेष्ट इण्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । घरेलु टोलीसँग ५ खेलको टी–२० सिरिज खेल्न

नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा

काठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन

एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले

एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ

एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश

एन्फा उपाध्यक्ष दावा लामा छुटे

काठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्

Techie IT