कम्बोडियाका विपक्षी नेता जमानतमा छुटे

नोमपेन्ह । राष्ट्रद्रोहको मुद्दामा एक वर्षदेखि कारागारमा रहेका कम्बोडियाका विपक्षी नेता केम सोखा सोमबार कारगारमुक्त भएका छन् । 

गत जुलाइमा सम्पन्न संसदीय चुनावमा हुन सेनको सत्तारुढ दलले पूर्ण बहुमत ल्याएर विजयी भएपछि विपक्षी नेता कारागारमुक्त भएका हुन् । 

कम्बोडियाको विपक्षी दल नेसनल रेस्क्यू पार्टी (सीएनआरपी) का अध्यक्ष केम सोखालाई सेप्टेम्बर ३, २०१७ मा गिरफ्तार गरी राज्यद्रोहको आरोपमा कारागारमा राखिएको थियो । 

विपक्षी नेता सोखामाथिको आरोप राजनीतिक प्रेरित रहेको बताइन्छ । पक्राउ परेको दुई महिना पछि नै सोखाको दल सीएनआरपीलाई अदालतले भङ्ग गरिदिएको थियो । 

विपक्षी दलको विघटन र त्यसका अध्यक्ष पक्राउ परेलगत्तै संसदीय चुनाव गरिएका कारण प्रधानमन्त्री हुन सेनको कम्बोडिया पिपुल्स पार्टीलाई संसदका सबै १२५ स्थान जित्ने अवसर जुरेको थियो । अहिले कम्बोडियामा एकदलीय शासन कायम भएको छ भने हुन सेनको कार्यकाल पाँच वर्ष थप भएको छ । 

कम्बोडियाको दुर्गम स्थानमा रहेको कारागारबाट रिहालगत्तै राजधानी नोमपेन्ह आएका सोखालाई स्वागत गर्न उहाँका समर्थक र सञ्चारकर्मीको राजधानीमा ठूलै भिड लागेको थियो । नोमपेन्हको अदालतले सोखालाई धरौटीमा रिहा गरिएको र देश छाड्न अनुमति नदिइएको जनाएको छ । 

राष्ट्रद्रोहको आरोपमा दोषी ठहरिए सोखाले ३० वर्षको कारागार सजाय पाउछन् । उनकी छोरी मोनोभिथ्या केमले अदालतको आदेश केही सकारात्मक भएपनि घरमै नजरबन्दजस्तो परिस्थिति रहेको बताए । 

कतिपय राजनीतिक समर्थकहरुले केम सोखाको रिहाईले विपक्षीहरुमा आशाको सञ्चार गरेको बताए । 

थप समाचार

क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

  • 3 hours ago
क्रुर शासक गद्धाफी सरकारले जनतालाई दिएको थियो यस्ता आश्चर्य लाग्दा सुविधाहरु

एजेन्सी–लिबियाका पुर्व शासक जनरल मुअम्मर गद्धाफीको अन्त भएको ५ वर्ष बितिसकेको छ । तर, आज पनि उनको चर्चा हुने गरेको छ ।

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

  • 4 hours ago
कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

  • 4 hours ago
याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

विचित्र विश्व