Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिभ्रष्टाचारका नयाँ फाइल छिट्टै खुल्छन्ः प्रधानमन्त्री

भ्रष्टाचारका नयाँ फाइल छिट्टै खुल्छन्ः प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारका केही नयाँ फाइल छिट्टै खुल्ने बताएका छन्। कैलालीको धनगढीमा समाजवादी मोर्चाको सुदूरपश्चिमस्तरीय सभामा प्रधानमन्त्री दाहालले भ्रष्टाचारको नयाँ फाइल खोल्ने तयारीमा सरकार रहेको बताएका हुन्।

‘अहिले धेरै बोल्न मिल्दैन, अरू पनि केही फाइल छिट्टै खुल्दैछन्, सरकारले भ्रष्ट तत्त्वकाविरुद्ध एकपछि अर्को फाइल खोल्दैछ,’ प्रधानमन्त्री प्रचण्डले भने।

सरकार गठन भएदेखि नै सुशासनको पक्षमा काम गरिरहेको दाबी गर्दै प्रधानमन्त्री दाहालले
नक्कली शरणार्थी, ललितानिवास र सुन तस्करी सम्बन्धमा सरकारले अनुसन्धान गरेर एउटा निष्कर्षमा पुर्‍याएको बताए।

विगतमा भ्रष्टाचारमा पल्केकाहरूले अहिलेको सरकारलाई ढाल्न खोजेको आरोप उनको थियो। ‘ओम्नी सबैलाई थाहा छ, यती काण्ड सबैलाई थाहा भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

प्रधानमन्त्री दाहालले भ्रष्टाचारको आरोपमा कर्मचारीहरू पक्राउ परेकाले निर्णय गर्न कर्मचारीहरू हच्किएको पनि बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बजेट कार्यान्वयनमा सुधार गर्न श्रम मन्त्रालयलाई समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

यी हुन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ । सरकारले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई काठमाडौँ उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोकेको छ । बिहिबार

कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासकाे मत

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार प्रदेश सभामा कँडेलले २३ मत प्राप्त गरे

योजना छनोटको प्राथमिकीकरणमा सरकार चुक्यो: माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको बताएका छन् ।

इलाम र बझाङमा ६९ मतदान केन्द्र अतिसंवेदशील

काठमाडौँ । इलाम २ मा प्रतिनिधिसभा र बझाङ–१ मा शनिबार हुने उपनिर्वाचनमा प्रहरीले १ हजार २४ जना जनशक्ति खटाउने भएको

धनुषाको औरहीमा झडप, अश्रुग्यास प्रहार

जनकपुरधाम । धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच

Techie IT