Techie IT
२०८० चैत्र १५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिउपत्यकामा एकीकृत सुरक्षा योजना

उपत्यकामा एकीकृत सुरक्षा योजना


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ र व्यवसायी दुर्गा प्रसाईं समर्थकले आयोजना गर्न लागेका छुट्टाछुट्टै प्रदर्शनविरुद्ध सुरक्षार्थ काठमाडौँ उपत्यकामा एकीकृत सुरक्षा योजना लागु गरिएको छ ।

बिहीबार दिउँसो प्रसाईं समर्थकले बल्खु र युवासङ्घले तीनकुनेमा प्रदर्शनको तयारी गरेपछि काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीको बैठकले एकीकृत सुरक्षा योजना लागु गर्ने निर्णय गरेको हो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले दुई समूहको प्रदर्शनमा आवश्यक सुरक्षा व्यवस्थापनका लागि आवश्यक सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिनुभयो । एकीकृत सुरक्षा योजना अन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागसहितका सुरक्षा निकायलाई परिचालन र तयारी अवस्थामा राखिने छ ।

तीन जिल्लाका सुरक्षा निकायलाई परिचालन गर्ने र आवश्यक परे थप सुरक्षाकर्मी परिचालन गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालयले सुरक्षाकर्मी तैनाथ राख्ने जनाएको छ । सुरक्षा व्यवस्था चुस्त राख्न उपत्यका प्रहरी कार्यालयले प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको नेतृत्वमा कमान्ड विशेष सेल गठन गरेको छ । जसमा सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक तथा नेपाली सेनाका अधिकारीको समेत सहभागिता रहने छ । प्रदर्शन स्थलको सुरक्षा व्यवस्थापनको नेतृत्व जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुखबाट हुने छ ।

प्रदर्शनको सुरक्षालाई थप बलियो बनाउन प्रहरीले प्रदर्शन हुने आसपासका सिसी क्यामरा र ड्रोनबाट समेत निगरानी गर्ने तयारी गरेको छ । यसै गरी प्रदर्शनका बेला सवारी आवतजावत जाम हुन सक्ने भएकाले उपत्यका ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक अवस्थाबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ । प्रदर्शन स्थल आसपासमा सवारी आवागमनलाई सहज बनाउन झन्डै एक हजार ट्राफिक प्रहरीलाई प्रत्यक्ष रूपमा परिचालन गर्ने तयारी भएको छ । विशेष सूचना सङ्कलनका प्रहरी प्रधान कार्यालय र उपत्यका प्रहरी कार्यालयमातहतका अन्य निकायबाट गरी पाँच सयभन्दा बढी सादा पोसाकमा प्रहरी परिचालन गरिने छ ।

उपत्यकाको शान्ति सुरक्षालाई ध्यानमा राखेर स्थानीय प्रशासनले माइतीघर, प्रधानमन्त्री निवास बालुवाटार, दरबारमार्ग, केशरमहल, शीतल निवास, नयाँ बानेश्वर ललितपुरको पुल्चोकलगायतका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । गोरखापत्र




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इलाम २ मा मिलन लिम्बूलाई रास्वपाले बनायो उम्मेदवार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ मा मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ । लिम्बु सर्वसम्मत उम्मेदवार बनेका हुन्

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका क्षेत्रमा अपेक्षाअनुसार धेरै काम गर्न बाँकी रहेको बताएका छन्

भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता

काठमाडौँ । नेपालले भारतबाट पाँच सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता गरेको छ । नेपाल र भारतबीचको बिजुली आयात

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय

काठमाडौँ । गरिमा विकास बैंकको सिइओमा गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा माधव प्रसाद उपाध्याय नियुक्त हुने भएका

ग्लोबल आइएमई बैंक र आईएफसीबीच जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु…

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त

कांग्रेसमा खुसी र सन्तुष्टि ल्याउन आवश्यक छः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीभित्र खुसी र सन्तुष्टि ल्याउन आवश्यक रहेको बताएका छन् । पश्चिम

Techie IT