बिरालो, दसैं र छोरो

अभी र म दुबैलाई ट्रयाक्टर चढ्न मन पथ्र्याे । ट्रयाक्टर चढ्न भनेपछि हामी हुरुक्कै हुन्थ्यौँ । घरमा दुइवटा सिमेन्टको ब्लक ओसार्ने स—साना ट्रली ट्रयाक्टर थिए । कान बटारे पुग्थ्यो, धुवाँको मुश्लो फाल्दै कुद्थ्यो ।

 

दसैँको हाराहारीमा मलाई दिदी र मेरो बिरालोको याद आउँछ । आफ्नै फेक्ट्रीमा बनेका ब्लकले घेरेका टिनले छाएको एकपाखे घर भए पनि दिदीलाई दसैँ आउन लाग्यो कि रंग पोत्नु पथ्र्यो । सिमेन्टका गमलामा लगाउने चुन दिदीले घरको गाह्रो पोत्न पनि प्रयोग गर्थी । हाम्रो घर ब्लकको मात्र होईन, बिरालाको पनि फेक्ट्री झैँ लाग्थ्यो । तर पनि अरुलाई बाँड्दा बाँड्दै घरमा माउ बिरालो मात्र बाँकि थियो ।

 

बिरालो कहिले खाटका तन्नामाथि, कहिलो सिरकमाथि पेट हलका गथ्र्यो । अति भएपछि त्यसपालिको दसैँमा दिदीलाई बिरालोबाट मुक्ति चाहियो । मलाई ट्रयाक्टरमा चढ्न अनुमति थिएन । दिदीले अभी र मलाई बोलाएर तिब्बतियन क्याम्पको उकालोमा लगेर बिरालो छोडेर आइज भनेर आग्रह गरी । दिदीले साइकल चलाउन पनि दिन्छु भनी ।

 

दिदीका लागि मेरो ट्रयाक्टरमा चढ्न र साइकल चलाउन मन पराउने रहर हुकुमको एक्का भयो । हामी बिरालो बोकेर तल झर्यौँ । बिरालोलाई  घरबाट मात्र दुईकिलोमिटर तलको सापकोटाको ओरोलामा छोडेर हामी फर्कियौँ । बिरालो फर्कीफर्की आयो । तर ट्रेक्टरको गति बढेपछि बिरालो बाटोमै छुट्यो । हामी घर फर्किएको २० मिनेटभित्रै बिरालो आगनमा आएर पल्टियो । मायालाग्दो देखियो बिरालो । दिदीले आखाँ तरेर हेरी । योजना बदलियो । यसपालि बिरालोलाई जुटको बोरामा हालेर करिब पाँचकिलोमिटर तल पर्ने याउँदी खोलाको छेउमा छोडेर आउने कुरो भयो । त्यसपछि पक्का फर्किन सक्ने छैन बिरालो । बाटो पनि देख्ने छैन । मनै अमिलो भयो । छ कक्षामा पढ्थेँ । कलिलो बुद्धीले पनि यो राम्रो काम होइन भनिरहेको थियो । तर अभी उचालियो । 

 

‘हुन्छ दिदी ! बोरा म समाउँछु ।’

 

हामीले योजना अनुरुप बिरालोलाई छोडेर आयौँ । नवमीको साँझ दिदीलाई हामीले बिरालोबाट मुक्ति गराएर खुशी बनायौँ । तर मलाई खाना रुचेन । मैले मध्यरातसम्म सोचिरहेँ । हामीले त बोरामाथि बाँधेको डोरी खोल्न पनि  पनि बिर्सिएछौँ । 

 

सेन्ट्रलबाट एयरपोर्टसम्म आइपुग्दा पनि मैले अभीलाई ब्युँझाइन । काममा निकै पेलिएको थियो उ आज । दसैँका पूर्वाद्धमा बिरालोको याद आयो र दिदीको । अभीलाई लात्ताले धकलेँ । 

‘के भयो ?’ अभीले सोध्यो । 

‘बिरालो फालेको याद आयो यार !’

‘साला तेरो दिमाग पनि कति घुम्छ यार ।’

अभीले सहजै यस्तो प्रतिक्रिया दिए पनि उसलाई भने एउटा धक्का लागेको थियो । 

किनकि बिरालोको कथा यहीँ सकिँदैन । 

 

दसैँको बिहान दश बजेको टिका लाउने साइत छ भनेर मैले शालिग्राम हजुरबासँग सोधेर आएँ । शालीग्राम हजुरबालाई बाले सबैकुरा सोध्न पठाउनु हुन्थ्यो । आमालाई पनि बिरालोले खुब सताएको हुनाले केही भन्नु भएन । तर मलाई फकाउन, तँलाई एउटा कुकुर ल्याइदिन्छु भन्नु भयो । मलाई कुकुर पनि मन पथ्र्यो । मैले कुकुर ल्याउने सर्तमा टीका थापेँ । 

 

टीका थाप्नेबित्तिकै खान खानका लागि आँगनमा हात धुन गएँ । फर्किदा खुट्टामा केही लुट्पुटीए झैँ लाग्यो । मेरै बिरालो घुर्की लगाउँदै थियो । म खुशीले चिच्याएँ । म खुशीँ हुँदै डाँको छोडेर रोएँ । मानौं,  यस्तो कहिल्यै भएको थिएन । आमाले मेरो मनोबिज्ञान बुझ्नु भयो । दसैँको दिनमा टुप्लुक्क हाम्रो घरको एउटा सदस्य आइपुग्यो । मेरो दसैँ पूर्ण भयो । मर्न त बिरालो त्यसको दुइबर्षपछि मर्याे हामीले बारीको कुनामा गाड्यौँ । बिरामी भएर मरेका कारणले मलाई चित्त बुझाउन सजिलो भयो । अहिले सिड्नीमा सुदूर जीवनको कल्पनामै पनि मन कुँडिएर आयो । मौनता तोड्न खोज्दै थिएँ, प्लेटफार्म आइपुगेछ । अभीले इशारा गरेपछि थाहा भयो । 

 

ट्रेनबाट झर्दाझर्दैै अभीलाई सोधेँ, ‘अर्को दसैँमा त जान्छस् होला नि घर ?’ 

‘जान्नँ यार, पोहोर जाँदा दशहजार डलरले पुगेन । पैसै छैन ।’

 

मनमनै लाग्यो, ‘हुन पनि हो, घरमा जिन्सको प्यान्ट, टिसर्ट र घडीले भए मात्र पुग्ने भाईबहिनी भइदिए, आइप्याड र आइफोन ६ माग्ने दिदी नभइदिए, अभी दसैँमा घर जाने कुरा गर्दैमा यसरी बिच्किदैन थियो होला ।’  अभी अगाडि अगाडि फोनमा कुरा गर्दै हिँड्न थाल्यो । मलाई आमासँग बोल्न मन लाग्यो । घरमा फोन घण्टी जानेबित्तिकै उठ्यो । 

 

‘ममी !’ मैले आमालाई ममी भनेर बोलाउँछु । 

‘बाबु !’

‘ममी आज बिरालोको याद आयो, मन कस्तो कस्तो भयो, अनि यत्तिकै फोन गरेँ, के गर्दै हुनुन्छ त ?’

मैले सोझै कुरा निकालेँ । 

ममी नराम्रो सँग मौन हुनु भयो । मैले बारम्बार हेलो भनेपछि बल्ल बोल्नु भयो ।

 

‘हो त ! कमसेकम बिरालो त घर फर्किन्थ्यो ?’

आमाले यसो भनेपछि म स्तब्ध भएँ । पछि फोन गर्छु भनेर फोन राखेँ । म त केही बोल्नै नसक्ने भएँ । 

 


थप समाचार

सन् २०२० मा यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत, सन् २०२२ सम्म १.३ प्रतिशत

  • 3 hours ago
सन् २०२० मा यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत, सन् २०२२ सम्म १.३ प्रतिशत

एजेन्सी । यूरोपेली मुद्रास्फीति यस वर्ष केवल ०.३ प्रतिशतमा झर्ने यूरोपेली केन्द्रीय बैंकका प्रमुख क्रिस्टिन लगार्डले बिहीबार बताएका छन् ।

अमेरिकामा रहेको गान्धीको प्रतिमा तोडफोड

  • 4 hours ago
अमेरिकामा रहेको गान्धीको प्रतिमा तोडफोड

एजेन्सी । अमेरिकामा रहेको भारतीय दूतावास अगाडि अवस्थित महात्मा गान्धीको प्रतिमामा तोडफोड भएको छ । अश्वेत एक अमेरिकी नागरिकको प्रहरी हिरासतमै रहेको बेला मृत्यु भएपछि शुरु भएको आन्दोलनका क्रममा प्रतिमाम

अमेरिकालाई अर्को झट्का, आन्दोलनका कारण ५५ अरब अमेरिकी डलर बराबरको क्षति

  • 4 hours ago
अमेरिकालाई अर्को झट्का, आन्दोलनका कारण ५५ अरब अमेरिकी डलर बराबरको क्षति

एजेन्सी । अमेरिकाको मिनियापोलिसमा एक जना अफ्रिकीमुलका अमेरिकी नागरिकको निधन भएपछि चर्केको आन्दोलनका क्रममा झण्डै ५५ अरब अमेरिकी डलर बराबरको क्षति भएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।