क्याट यूकेले गर्यो चौधौं वार्षिक कार्यक्रम

  • मंगलबार, ५ भदौ, २०७५
  • 1 month ago
  • युके

लण्डन । बेलायतस्थित चितवन एड ट्रस्ट(क्याट) यूकेको चौधौं वार्षिक कार्यक्रम तथा समर भेला अगस्टको पहिलो साता लण्डनमा सम्पन्न भएको छ । 

 

लण्डनको ह्यारो फुटबल क्लबको हलमा संस्थाका अध्यक्ष देवेन्द्र श्रेष्ठको अध्यक्षतामा कार्यक्रम गरिएको हो । 

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एनआरएन यूके अध्यक्ष योगकुमार फगामीले क्याट यूकेले सामाजिक संस्थाका रुपमा गरिरहेका कार्यहरुको प्रशंसा गरेका थिए । 

 

त्यसअवसरमा संस्थाका पूर्व अध्यक्षद्धय ई. राजेन्द्र खरेल र कृष्ण गुरुंगले शुभकामना मन्तव्य दिदै संस्थाको विगतदेखि अहिलेसम्म आइपुग्दा भए गरेका गतिविधीहरु बारे बताएका थिए । 

 

त्यस्तै, संस्थाका संस्थापक अध्यक्ष तथा आंखा बैंक सहयोग अभियानका संयोजक कपिल श्रेष्ठ र संस्थाका उपाध्यक्ष यादव श्रेष्ठले आंखा बैंकका लागि सहयोग गर्ने सहयोगदाताहरुलाई कदरपत्र वितरण गरेका थिए । 

 

क्याट यूकेले आउंदो डिसेम्बर २ मा गर्ने तय भएको च्यारिटी कार्यक्रमका संयोजक शान्तविनोद लामिछानेले उक्त कार्यक्रमलाई सफल पार्न सबैको सहयोगका लागि आग्रह गरे । 

 

कार्यक्रमको सञ्चालन महासचिव चार्टर एकाउण्टेन्ट राजेन्द्र सुवेदीले गरेका थिए भने यो कार्यक्रमको संयोजन कार्यसमिति सदस्य पार्वती पाण्डेले गरेकी हुन् । 

 

कार्यक्रममा एनआरएन यूके, नेपाल पत्रकार महासंघ यूके लगायतका विभिन्न संस्थामा निर्वाचित हुने संस्थाका सदस्यहरुलाई सम्मान गरिएको थियो । 

 

कार्यक्रमको दोस्रो चरणमा विभिन्न गीत, नृत्यसहितका सांस्कृतिक कार्यक्रमहरुबाट मनोरञ्जन गराइएको थियो । सांस्कृतिक कार्यक्रमको सञ्चालन संस्थाका पूर्व महासचिव तथा सांस्कृतिक संयोजक कृष्ण तिवारीले गरेका थिए । 

 

सन् २००४ मा स्थापित क्याट यूके एक च्यारिटी संस्थाका रुपमा सामाजिक कार्यहरुमा पनि सक्रिय छ । संस्थाले हालसम्म एम्बुलेन्स वितरण, दुर्गम भेगका स्कुल निर्माण, आंखा बैंकका लागि आर्थिक सहयोगदेखि म्यागासेसे पुरस्कार विजेता महावीर पुनको आविस्कार केन्द्र र महाभुकम्प पीडितको लागि सहयोग लगायतका कामहरु गरिसकेको छ । 

 


थप समाचार

अाफैलार्इ गाेली हानी प्रहरी जवानद्वारा अात्महत्या

  • 8 hours ago
अाफैलार्इ गाेली हानी प्रहरी जवानद्वारा अात्महत्या

स्याङ्जा । जिल्ला कारागार स्याङ्जामा कार्यरत एक प्रहरी जवानले आत्महत्या गरेका छन् ।

एअार्इजीमा बढुवा भएका तीन प्रहरी अधिकृतलार्इ दर्ज्यानी चिह्न प्रदान

  • 8 hours ago
एअार्इजीमा बढुवा भएका तीन प्रहरी अधिकृतलार्इ दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजि) मा बढुवा भएका ३ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

ललितकलामा भविष्य खोज्दै विद्यार्थी

  • 9 hours ago
ललितकलामा भविष्य खोज्दै विद्यार्थी

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयअन्तर्गत ललितकला विषयको स्नातक चौथो वर्षमा अध्ययनरत विद्यार्थीको सामूहिक चित्रकला प्रदर्शनी शनिबारबाट नेपाल कला परिषद्मा सुरु भयो ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

तपाईले कसलाई सोध्नुहुन्छ त्यसमा भर पर्छ हाज्मा बेन्डेलाज कि त नायक हुन वा साइबर युगका खतरनाक अपराधी । कम्प्युटर कोडिङमा विशेष दख्खल राख्ने र पाँचभाषा बोल्न जानेका यी चर्चित ह्याकरलाई ‘ह्याप्पी ह्याकर’ नामले पनि चिनिन्छ ।