आइतबार लण्डनमा क्याट यूकेको च्यारिटी, मनोज गजुरेलले विशेष प्रस्तुति गर्ने

  • शनिबार, १५ मंसिर, २०७५
  • 7 months ago
  • युके
कमेडियन मनोज गजुरेल
Education Park

 

लण्डन । चितवन एड ट्रस्ट (क्याट) यूकेले यहि डिसेम्बर २ तारिख आइतबार लण्डनमा एक च्यारिटी कार्यक्रम गर्दैछ । 

 

आपताकालीन राहत कोष स्थापनार्थ आवश्यक कोष जुटाउन गर्न लागिएको उक्त कार्यक्रममा चर्चित कमेडियन मनोज गजुरेलको विशेष प्रस्तुति हुने भएको छ । 

 

सांझ ५ बजेदेखि लण्डनको ह्यारोस्थित ह्यारो फुटबल क्लबमा सञ्चालन हुने कार्यक्रममा विशेष आकर्षणको रुपमा गजुरेललाई प्रस्तुत गर्न लागिएको समाजका उपाध्यक्ष जीवन सेनले जानकारी दिए । साथमा गायिका सरिता गुरुङ श्रेष्ठले समेत कार्यक्रममा प्रस्तुति दिने भएकी छन् । 

 

कार्यक्रममा अरु विभिन्न स्थानीय कलाकारहरुको सांस्कृतिक कार्यक्रमको साथै डिजे नाचबाट समेत मनोरञ्जन गराइनेछ । 

 

गायिका सरिता गुरुङ श्रेष्ठ

 

च्यारिटी कार्यक्रममा सहभागी हुन तथा सहयोग गरिदिन क्याट यूकेले बेलायतस्थित नेपाली संघसंस्था तथा समुदायलाई अपील गरेको छ । कार्यक्रममा सहभागी हुन ३० पाउण्डको टिकट लाग्नेछ । 

 

कार्यक्रमका संयोजक क्याट यूकेका सल्लाहकार शान्तविनोद लामिछानेले संस्थाले सञ्चालन गरिरहेका सामाजिक कार्यहरुलाई थप गतिका साथ अघि बढाउने लक्ष्यसहित आपतकालिन अक्षय कोष स्थापना गर्ने प्रयास गरिएको बताए । 

 

सन् २००४ मा स्थापित क्याट यूकेले चितवनको विकट तथा दुर्गम भेगहरुमा शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा सहयोग पुर्याउनेदेखि चेपांगहरुको लागि आवास निर्माण, भरतपुर आंखा अस्पतालमा आंखा बैंक निर्माण, एम्बुलेन्स वितरण, भुकम्पमा राहत तथा सहयोग वितरण लगायतका कैयौं सामाजिक कार्यहरु गरिसकेको छ । 

 

 


थप समाचार

हवाई आक्रमणमा बीस सर्बसाधारण मारिए

  • 56 minutes ago
हवाई आक्रमणमा बीस सर्बसाधारण मारिए

एजेन्सी । विद्रोहीको बलियो प्रभाव रहेको सिरियाको उत्तरपश्चिम भागमा पर्ने इद्लिब प्रान्तको व्यस्त बजार इलाकामा सोमबार भएको एक हवाई आक्रमणमा २० सर्वासाधारण मारिएका छन् ।

उत्तर कोरियाली बनायो पनडुब्बी

  • 1 hour ago
उत्तर कोरियाली बनायो पनडुब्बी

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ अनले हालै निर्माण गरिएको पनडुब्बीको निरीक्षण गरेका छन् ।

बेलायतको लिबरल पार्टी नेतामा पहिलो महिला निर्वाचित

  • 1 hour ago
बेलायतको लिबरल पार्टी नेतामा पहिलो महिला निर्वाचित

लन्डन । बेलायतको युरोपेली युनियन पक्षधर विपक्षी दल लिबरल डेमोक्र्याटिक पार्टीको नेतामा पहिलो पटक महिला नेत्री चुनिएकी छिन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

साउन महिनामा ब्रत किन बस्ने ?

साउन महिनामा ब्रत किन बस्ने ?

काठमाडौँ । हिन्दु धर्मको १० प्रमुख नियम रहेको छ ः १.ईश्वर भक्ति २.सन्ध्योपासना ३.व्रत ४.तीर्थ ५.चाड ६.दान ७.यज्ञ ८.संस्कार ९.सेवा १०.धर्म प्रचार । ईश्वर भक्तिको अर्थ ब्रम्ह शक्तिको सत्यमा समर्पित रहेको छ । सन्ध्या बन्दन एक विशेष प्रार्थना हो जुन आठ प्रहरमध्ये दुई प्रहर खास हुने गर्दछ ।

विचित्र विश्व

इन्स्टाग्राममा बेचिन्छ मानव खोपडि

इन्स्टाग्राममा बेचिन्छ मानव खोपडि

एजेन्सी । बेलायतमा सामाजिक सञ्जाल इन्स्टाग्राममा मानव खोपडि बिक्री हुने गर्दछ । स्थानिय मिडिया ‘द सन’ का अनुसार धेरैजसो हड्डी तथा खोपडिको विक्री रिसर्च तथा मेडिकल साइन्सको प्रयोजनका लागि गरिन्छ ।