क्याट यूकेको आपतकालिन कोष च्यारिटीमा उठ्यो २२ हजार पाउण्ड

  • मंगलबार, १८ मंसिर, २०७५
  • 5 days ago
  • युके

 

लण्डन । चितवन एड ट्रस्ट ( क्याट ) यूकेले आइतबार लण्डनमा गरेको आपतकालिन राहत कोष च्यारिटी कार्यक्रममा उत्साहजनक रुपमा रकम संकलन भएको छ ।

 

कार्यक्रमबाट कोषका लागि २२ हजार २ सय ९५ पाउण्ड जम्मा भएको संस्थाले जनाएको छ । आपतकालिन राहत कोष स्थापना गर्ने लक्ष्यसहित क्याट यूकेले यो च्यारिटी कार्यक्रम आयोजना गरेको थियो । 

 

लण्डनको ह्यारो फुटबल क्लबमा संस्थाका अध्यक्ष देवेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि एनआरएन केन्द्रीय उपाध्यक्ष कुल आचार्यले विगत १४ वर्षदेखि क्याट यूकेले परोपकारी कार्यहरु गर्दै आएकोमा प्रशंसा गर्दै भविष्यमा अझै उदाहरणीय कार्यहरु गर्नको लागि शुभकामना दिए । 

 

अध्यक्ष देवेन्द्र श्रेष्ठले अहिलेसम्म क्याट यूकेलाई माया गरेर सहयोग गर्ने सबैलाई विशेष धन्यवाद दिंदै भविष्यमा पनि यसरी नै सहयोग पाउने विश्वास व्यक्त गरे । क्याट यूकेका उपाध्यक्ष यादव श्रेष्ठले अहिलेसम्म संस्थाले गरेका कार्यहरु पावरपोइन्ट प्रिजेन्टेसनबाट देखाए । 

 

 

कार्यक्रममा एनआरएनए युके का उपाध्यक्षद्वय पुनम गुरुङ, शेर सुनार काउन्सिलर लक्ष गुरुङ, समाजसेवी गायत्री श्रेष्ठ लगायतले शुभकामना मन्तव्य दिएका थिए । 

 

कार्यक्रमका सञ्चालक तथा च्यारिटी कार्यक्रम संयोजक शान्तविनोद लामिछानेले समाजमा अग्रणी भुमिका खेल्ने समाजसेवीहरूलाई मञ्चमा बोलाएर शुभकामना मन्तव्यको साथै च्यारिटीलाई आफ्नो आर्थिक सहयोगको लागी प्रतिबद्धता गर्न समेत लगाएका थिए । 

 

कार्यक्रममा एनआरएनए आईसिसी सदस्य रामशरण सिमंखडा, एनआरएनए यूके उपमहासचिव विनय अधिकारी, बिबिसी नेपाली सेवाका भगिरथ योगी, पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष श्याम लुर्इंटेल र महासचिव संजय कण्डेल, यती नेपाली एशोशिएसनका कावा अध्यक्ष शशिधर नेपाल, बेलायतस्थित  ईन्जिनियर एशोसिएसन, चार्टर एकाउन्टेन एशोशिएसन लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरू, समाजसेवीहरू शिवजी श्रेष्ठ , विश्व आदर्श पण्डित , लोक गुरुङ, कृष्ण तिमिल्सिना, मिलन ज्ञवाली लगायत समाजका अगुवाहरूको उपस्थिति थियो । 

 

कार्यक्रमको सांस्कृतिक पक्ष पनि निकै रोचक रह्यो । चर्चित हास्य कलाकार मनोज गजुरेलले व्यंग्यात्मक प्रहसनमार्फत सबैलाई हसाएका थिए भने नेपालबाट आएकी चितवने लोक गायिका सरिता गुरुङ श्रेष्ठले आफ्नो गीतहरूबाट सबैलाई नचाएकी थिइन् । 

 

 

- जिवन सेनबाट 


थप समाचार

अल्डरसटको शिव मन्दिर राजदूत डा सुवेदीबाट अवलोकन, सहयोगको आश्वासन

  • 9 hours ago
अल्डरसटको शिव मन्दिर राजदूत डा सुवेदीबाट अवलोकन, सहयोगको आश्वासन

राजदूत डा सुवेदीले आफ्नो तथा नेपाल सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि तयार रहेको बताउंदै मन्दिरको लागि उत्कृष्ट भवन छनौट गरेकोमा शिव कल्चरल सेन्टर समितिलाई बधाई ज्ञापन गरे ।

चीनद्वारा हुवावेका वित्तीय प्रमुखको पक्राउबारे राजदूतसँग सोधपुछ

  • 10 hours ago
चीनद्वारा हुवावेका वित्तीय प्रमुखको पक्राउबारे राजदूतसँग सोधपुछ

बेइजिङ । हुवावेका वित्तीय प्रमुख मेङ वाङझाओलाई क्यानडामा पक्राउ गरिएपछि यसको कडारूपमा विरोध जनाउँदै बेइजिङले चीनका लागि क्यानडाका राजदूत जोन म्याककालमलाई विदेश

समलिङ्गी विवाहसम्बन्धी कानूनको माग

  • 10 hours ago
समलिङ्गी विवाहसम्बन्धी कानूनको माग

काठमाडौँ । नेपालको संविधान र कानूनले वैवाहिक समानतालाई स्वीकार गरेको भन्दै यस क्षेत्रका सरोकारवालाहरूले समलिङ्गी विवाहसम्बन्धी कानून बनाउन माग गरेका छन् ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

यस्तो छ विश्वकै धनी बिल गेट्सकी छोरीको लाइफस्टाइल

यस्तो छ विश्वकै धनी बिल गेट्सकी छोरीको लाइफस्टाइल

एजेन्सी । संसारकै सर्वाधिक धनी ब्यक्ति हुन् विल गेट्स र उनकी श्रीमती मेलिण्डा तर सधै यो जोडीले आफ्नो ब्यक्तिगत लाइफलाई प्राइभेट राख्छ । उनकी २१ वर्षीया छोरी जेनिफर गेट्स यसको ठिक उल्टो छिन् । जो घुमफिर गर्न सौखिन छन् र आफ्ना फोटोहरु सोसल मिडियाहरुमा जमेर सेयर गर्छिन् ।

विचित्र विश्व

स्लीपिङ ब्युटी: एकपटक सुतेपछि ६ महिनापछि मात्रै उठ्छिन्

स्लीपिङ ब्युटी: एकपटक सुतेपछि ६ महिनापछि मात्रै उठ्छिन्

हामीले इतिहास पढेका छौ जहाँ कुम्भकर्ण एकपटक सुतेपछि ६ महिनापछि मात्रै उठ्थे । एक यस्तै युवती रहेकी छिन् जसलाई कलियुगको कुम्भकर्ण भनिन्छ ।