सर्वाधिक तलब खाने विश्वका १० सिइओ

एउटा सिइओको वार्षिक आम्दानी कतिसम्म हुनसक्ला ? हरेक देशका आफ्ना आफ्नै नियम तथा कानुनहरु रहेका छन् । यस्ता कम्प्लेक्स संरचनाका कारण उनीहरुको आम्दानी हिसाब यति हो भन्ने छैन । 

 

तर केही यस्ता निजी कम्पनीहरु रहेका छन् जो आफ्नो सिइओको कमाइबारे खुलेर कुरा गर्छन् । समयसयममा उनीहरुको खर्च तथा आम्दानीहरु विभिन्न माध्यमद्धारा प्रकाशित तथा प्रसारण हुने गर्छन् । 

 

विश्वका धनी कम्पनीहरुमा पनि सिइओको तलवलाई लिएर प्रतिस्पर्धा हुने गरेको छ । उनीहरुको अनुभव तथा कम्पनीलाई लिडरसिप गर्न सक्ने क्षमताका आधारमा उनीहरुलाई यस्तो सुविधा दिने गरिएको हो । 

 

सर्वाधिक तलब खाने विश्वका १० सिइओ 

१. प्याट्रिक सुन–सिओङ, न्यान्टकेवेस्टः १४७.६ मिलियन अमेरिकी डलर

प्याट्रिक को हुन् ? दक्षिण अफ्रिकामा जन्मेका यी व्यक्तिलाई विश्वले तब चिन्यो जब यिनी सर्वाधानि तलब पाउने सिइओको पहिलो नम्बरमा परे । उनले १३२.२ मिलियन अमेरिकी डलर स्टक अप्सनमा रहेबाफत पाउने गरेका छन् भने १५ मिलियन अमेरिकी डलर न्यान्टवेस्टको रेसट्रिकटेड ब्लक बाट पाउने गरेका छन् । उनी बायोटेक कम्पनीका सिइओ हुन् 

 

२. जोए कियानी, मासिमो कर्पोरेशनः ११९ मिलियन अमेरिकी डलर

इरानियन–अमेरिकन कियानी मासिमोः मेडिकल टेक्नोलोजी कम्पनीका सिइओ हुन् । उनले सन् १९८९ मा उक्त कम्पनीमा आवद्ध भएका थिए । 

कम्पनीको वेवसाइटले दिएको जानकारी अनुसार कियानी विगतमा असम्भव भनिएका कुराहरुलाई भविष्यमा यथार्थमा बदल्न र हरेक चुनौतीलाई सामना गरेर अगाडी बढ्न रुचाउँछन् । 

 

३. माइकल फ्राइज, लिभर्टी ग्लोबलः १११.९ मिलियन अमेरिकी डलर

३० वर्षिय माइकल भेटरान केवल इन्डस्ट्रीका सिइओ हुन् । लिभर्टी ग्लोबलले उक्त कम्पनी चलाउने गर्छ । उक्त कम्पनी भर्जिनिया मिडियाको माउ कम्पनी हो । 

 

४. सर मार्टिन सोररेल, डब्लुपिपिः ७०.४ मिलियन पाउण्ड 

ब्रिटेनका यी बोसलाई ब्रिटेनमा सबैभन्दा धेरै राम्रो तलब पाउने व्यक्तिमा गनिनन्छन् । सर मार्टिन सेररल एफटीएसइका १०० जना निर्देशक मध्ये दोस्रो धेरै तलब पाउने व्यक्तिको सुचीमा रहेको समेत बताइएको छ । १ लाख ९० हजार कामदारका लिडर रहेका यी सिइओलाई विभिन्न आलोचकहरुले आलोचना गर्दै आइरहेका छन् । 

 

५. सुन्दर पिचाइ, गुगोलः १००.५ मिलियन अमेरिकी डलर

उनलाई अझै पनि सोचे जस्तो तलब नदिएको मानिन्छ । सन् २०१५ मा उनलाई यो प्याकेज दिइएको हो । उनलाई १९९ मिलियन अमेरिकी डलर बराबरको सेयर हस्तानतरण गरिएको छ । आउने तीनवर्षका लागि उनले यस रकम लगानी गर्न सक्नेछन् । 

 

६. पाउल टाउबम्यान, पिजेटी पाटर्नसः ७५.४ मिलियन अमेरिकी डलर

वाल स्ट्रिट डिल मेकर, जसको आफ्नो विकिपेडिया समेत रहेको छैन । तर सन् २०१५ मा उनी सर्वाधिक तलब पाउने सिइओको सुचीमा परे । 

 

७. मारियो गाबेली, गामकोः ७५ मिलियन अमेरिकी डलर

मारियोजस्ता फाइनान्स बोसहरु कमै रहेका छन् । उनले सन् १९७७ मा गामको स्थापना गरेका थिए । उनी हाल मूख्य समाजसेवीको रुपमा परिचीत रहेका छन् । 

 

८. ग्रेगोरी माफेनी, लिभर्टी मिडिया एण्ड लिभर्टी इन्टरएक्टिभः ७३.८ मिलियन अमेरिकी डलर

जोन मलोनीको लिभर्टी सामराज्यलाई यहाँसम्म पुर्याउन सफल माफेनीको माइकल फ्राइज भन्दा कम तलब रहेको छ ।

 

९. मार्क म्याकलाफलिन, पालो अल्टो नेटवर्कः ६६ मिलियन अमेरिकी डलर

उनी सम्भवत अन्तिम साइबर सेकुरिटीबाट धेरै कमाउने निर्देशकमा पर्छन् । उनी भेरीसाइनमा समेत सिइओ भएर काम गरिसकेका छन् । 

 

१०. डेबिड हमामोटो, नर्थस्टार रियालिटी फाइनान्सः ६०.३ मिलियन अमेरिकी डलर

उनी पुर्व गोल्डम्यान स्याचर हुन् । उनको म्यानेजमेन्ट फिर्मले रियल स्टेटमा हेर्ने काम गर्छ । 

 


थप समाचार

'संविधान संशोधन नभए सडक सङ्घर्ष रोज्ने'

  • 5 hours ago
'संविधान संशोधन नभए सडक सङ्घर्ष रोज्ने'

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पार्टीले संविधान संशोधन नभए सडक सङ्घर्षको मुख्य बाटो रोज्ने बताएका छन् ।

आरुबोटे हत्याकाण्डः त्रासमा छन् स्थानीय

  • 5 hours ago
आरुबोटे हत्याकाण्डः त्रासमा छन् स्थानीय

फिदिम । मङ्गलबार बिहानदेखि कान्छीमाया फियाकले खाना खाएकी छैनन् । उनका हातगोडा अझै कापिरहेका छन् । ओठ सुकेका छन् । सबैले सोध्ने प्रश्नको उत्तर दिएर उनी गलिसकेकी छन् । चिया र केही फलफूल खाएर उनी घरको वर

‘आविष्कार केन्द्रका लागि बजेट खोइ’

  • 6 hours ago
‘आविष्कार केन्द्रका लागि बजेट खोइ’

काठमाडौँ । कहिले प्रजातन्त्रको पक्षमा, कहिले महङ्गीविरुद्ध त कहिले गणतन्त्र स्थापनार्थ सडक जाम गर्ने, टायर बाल्ने, बार भत्काउने उपनामबाट परिचय बनाएका विभिन्न विद्यार्थी सङ्गठनका नेताहरुले आज एकै समारो



प्रेम र यौन

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

एजेन्सी । कतिपय बलिउड तथा हलिउड कलाकारहरु यौनको विषयमा खुलेर कुरा गर्छन् । सेक्सको विषयमा उदार कलाकारहरु जसले १८ वर्ष पुग्नु भन्दा अगाडि नै यौन सम्पर्क गरेको बारेमा हामीले जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीले बुझ्नु पर्ने कुरा

अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीले बुझ्नु पर्ने कुरा

एजेन्सी । अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीको सँख्या बहुमतै होला । त्यहाँ पुगेपछि सुखका सबै ढोका खुल्छन् भन्ने भ्रमले वर्षेनी लाखौंले डिभि चिठ्ठा भरेको देखेकै छौं । तर, अमेरिकामा सम्पन्नता भएपनि सुख नभएको पछिल्लो एक अध्ययनले दर्शाएको छ ।

विचित्र विश्व

के आँखा फरफराउँदा शुभ अशुभ हुन्छ ?

के आँखा फरफराउँदा शुभ अशुभ हुन्छ ?

एजेन्सी । कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ ।