सबै रोगको एउटै औषधि सिटामोल !

Education Park

वीरगञ्ज । सबै रोगको एउटै औषधि सिटामोल । सुन्दा अचम्म लाग्छ तर यो सत्य हो । 

 

नेपालको संविधान, २०७२ ले प्रत्येक नेपाली नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने हक सुनिश्चित गरे पनि पर्सा जिल्लाको दुर्गम गाउँका स्वास्थ्य चौकीमा सिटामोलबाहेक अत्यावश्यक औषधि भने पाइँदैन । 

 

सङ्घीय सरकारले स्वास्थ्य चौकीलाई ३९ प्रकारका औषधि दिने गरेपनि अधिकांश स्वास्थ्य चौकीमा सिटामोलबाहेक अन्य औषधिबाट स्थानीय जनता वञ्चित हुँदैआएका छन् । सरकारले स्वास्थ्य चौकीमा सबै प्रकारको औषधि पठाए पनि सेवाग्रहीले सिटामोलबाहेक अन्य औषधि पाएका छैनन् । सरकारले दिने अन्य औषधि आखिर कहाँ जान्छ त रु जिराभवानी गाउँपालिका–३, नेकपाका नेता भोला महतो थारु भन्छन्, “राम्रो तथा महँगो औषधि कर्मचारीले नै बाहिरको औषधि पसलमा बेच्ने गर्छन् ।” 

 

स्वास्थ्य चौकीमा सञ्चालक समिति नभएकाले कर्मचारीले मनपरी अन्य औषधि नजिकको औषधि पसलमा बेच्ने गरेको बताइन्छ । निर्मलबस्तीका पूर्वअध्यक्ष लालबहादुर श्रेष्ठले कर्मचारीतन्त्रकै कारण स्थानीयवासी आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएका छन् । 

 

पर्सा जिल्लामा ८२ वटा स्वास्थ्य चौकी छन् । सामान्य उपचार मात्र हुने स्वास्थ्य चौकीमा गम्भीर प्रकृतिका बिरामी आए उपचारका लागि सहर पठाउनुपर्ने बाध्यता छ । पकहामैनपुरमा रहेका सबै स्वास्थ्य चौकीका अहेब अनिलकुमार यादव भन्छन्, “गाउँपालिकाले अन्य औषधिभन्दा सिटामोल बढी दिने गरेकोले यस्तो स्थिति आएको हो ।” उनका अनुसार विगतमा जिल्ला जनस्वास्थ्य कार्यालय मातहतमा हुँदा सबै औषधि उपलब्ध हुने गथ्र्यो तर स्थानीय निकायमा गाभिएपछि सिटामोल, ब्रुफेनजस्ता औषधि बढी आउने गर्छन् । 

 

सरकारले क्षयरोगको बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराएपनि पर्सागढी नगरपालिका–६ चैनपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रले उक्त रोगको औषधि नभएको भनी फर्काउने गरेको स्थानीयवासीको गुनासो छ । तर वडाध्यक्ष किशोरी राउत अहिरले गुनासोलाई मिथ्या भन्दै क्षयरोग लगायतका सबै औषधि प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क पाउने गरेको दावी गर्नुभयो । 

 

अहिले ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य चौकीहरूमा अति आवश्यक पर्ने केडिनालिन, चारकोल जस्ता औषधिहरु डेढ वर्ष देखि छैन तर सिटामोल, ब्रुफेन जस्ता औषधिहरू व्यापक मात्रामा रहेको स्वास्थ्य चौकी पकहामैनपुरका हेल्थ असिष्टेण्ट विष्णु महतराको भनाइ छ । 

 

ल्याब, एकसरे मेशिन नभएकोले समान्य जाँचका लागि बिरामीहरूलाई समस्या पर्ने गरेको स्वास्थ्य चौकीका कर्मचारीहरू बताउँछन् । सङ्घीयता लागू हुनुभन्दा अघि जनस्वास्थ्य कार्यालयले सरकारको मापदण्डअनुसार सबै औषधिहरू स्वास्थ्य केन्द्रमा पठाउने गर्दथ्यो तर स्थानीय सरकारको मातहतमा स्वास्थ्य चौकी गएपछि सिटामोल, ब्रुफेन, अलबेण्डाजोल जस्ता औषधिहरू मात्र पाइने गरेकाले सेवाग्रहीहरू आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित हुँदै आएका छन् । 

 

पर्सा जिल्लामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तहमा ८३ स्वास्थ्य चौकीहरू छन् । 


थप समाचार

कतै तपाईलाई यस्तो कमजोरी त छैन, प्याज खानुहोस् ठीक हुन्छ

  • 6 minutes ago
कतै तपाईलाई यस्तो कमजोरी त छैन, प्याज खानुहोस् ठीक हुन्छ

एजेन्सी । यदी तपाईको केही दिन यता यौनेच्छामा कमी भएको छ, भने तपाईले आफ्नो खानामा ध्यान दिनुपर्छ । कुनै आहारले सेक्सको इच्छा र शक्ति पनि बढाउन मद्धत पु¥याउँछ ।

महोत्तरीबाट लागुपदार्थसहित दुई पक्राउ

  • 8 minutes ago
महोत्तरीबाट लागुपदार्थसहित दुई पक्राउ

जनकपुरधाम । लागुपदार्थसहित प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका–२ का २३ वर्षीय पवन विश्वकर्मा र सर्लाहीको लालबन्दी नगरपालिका–१० का २७ वर्षीय रोशन विश्वकर्म

कहिले हुँदैछ रणवीर र आलियाको विवाह ?

  • 12 minutes ago
कहिले हुँदैछ रणवीर र आलियाको विवाह ?

एजेन्सी । रणवीर कपुर र आलिया भट्टको बिहेको खबर चर्चामा आएको छ । पछिल्लो एक वर्षयता दुवै एक अर्कासँग प्रेममा बाँधिएका छन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

कतै तपाईलाई यस्तो कमजोरी त छैन, प्याज खानुहोस् ठीक हुन्छ

कतै तपाईलाई यस्तो कमजोरी त छैन, प्याज खानुहोस् ठीक हुन्छ

एजेन्सी । यदी तपाईको केही दिन यता यौनेच्छामा कमी भएको छ, भने तपाईले आफ्नो खानामा ध्यान दिनुपर्छ । कुनै आहारले सेक्सको इच्छा र शक्ति पनि बढाउन मद्धत पु¥याउँछ ।

विचित्र विश्व

इन्स्टाग्राममा बेचिन्छ मानव खोपडि

इन्स्टाग्राममा बेचिन्छ मानव खोपडि

एजेन्सी । बेलायतमा सामाजिक सञ्जाल इन्स्टाग्राममा मानव खोपडि बिक्री हुने गर्दछ । स्थानिय मिडिया ‘द सन’ का अनुसार धेरैजसो हड्डी तथा खोपडिको विक्री रिसर्च तथा मेडिकल साइन्सको प्रयोजनका लागि गरिन्छ ।