मुख्यमन्त्री पोखरेल असार २५ गते चीन भ्रमणमा जाने

Education Park

बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले आगामी असार २५ गतेदेखि मित्रराष्ट्र चीनको भ्रमण गर्ने भएका छन् । उनले चिनिँया कम्युनिष्ट पार्टी केन्द्रीय समितिअन्तर्गत अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीनको भ्रमण गर्ने भएका हुन् । 

 

मुख्यमन्त्री पोखरेलको भ्रमणका लागि प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वीकृत प्रदान गर्दै सङ्घीय सरकारसमक्ष सिफारिश गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए । प्रदेश सरकारको मुख्यमन्त्रीको हैसियतमा मुख्यमन्त्री पोखरेलको यो पहिलो विदेश भ्रमण हो । मुख्यमन्त्री पोखरेल चीन भ्रमणका क्रममा गरीबी निवारण र विकास विषयक कार्यक्रममा सहभागी हुनुहुनेछ भने चीन र नेपालका शहरहरुबीच भगिनी सम्बन्ध स्थापित गर्ने उद्देश्य रहेकोसमेत प्रवक्ता चौधरीले जानकारी दिए । 

 

बैठकले प्रदेश सरकारका तर्फबाट प्रदेशमा विभिन्न क्षेत्रका प्रबुद्ध, ख्यातिप्राप्त र योगदान पुर्याएका व्यक्तिलाई सम्मान गर्न प्रदेश विभूषण पदकको व्यवस्था गर्न विभूषण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रदेशसभामा पठाउन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । विधेयकमा विभिन्न ११ प्रकारका विभूषणको व्यवस्था गरिएको छ । 

 

विधेयकमा सबैभन्दा उच्च तहको पदक गौतमबुद्धको नाममा बुद्ध शान्ति पदक नामकरण गरिएको छ । यस्तै प्रदेश प्रमुख जनसेवा, मुख्यमन्त्री प्रज्जवल दीप, प्रदेश सेवा समर्पण, उजिरसिंह दीप, समाजसेवा श्री, प्रदेश रत्न, पुथा श्री, प्रदेश प्रज्ञा, प्रजापती गौतमी र दङ्गिशरण बलिहाङ पदक स्थापना गर्ने प्रस्ताव गरिएको छ । पदक विभूषण संविधान दिवस असोज ३ गतेका दिनमा पदक घोषणा गरेर प्रदेश स्थापना भएको फागुन ३ गतेका दिनमा वितरण गर्ने प्रस्ताव गरिएको छ । 

 

बैठकले सार्वजनिक लिखत प्रमाणीकरण नियमावली २०७६ लाई स्वीकृत गर्नाका साथै सार्वजनिक खर्चको मापदण्ड कार्यविधि र मितव्ययितासम्बन्धी निर्देशिका संशोधन, प्रा लि फर्म  व्यवस्था गर्न बनेको विधेयक र साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रदेशसभामा पठाउन स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता चौधरीले जानकारी दिए । 

 

बैठकले प्रदेशका जिल्लामध्येको प्यूठानका दुई गाउँपालिकाका केन्द्र परिर्वतन गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गर्दै सङ्घीय सरकारसमक्ष सिफारिश गर्ने निर्णय गरेको छ । प्यूठान जिल्लाको ऐरावती गाउँपालिकाको साबिकको बरौला केन्द्रबाट पुरनठाटी ददेरीपाटा र माण्डवी गाउँपालिकाको देवीस्थान केन्द्रबाट जसपुर सार्ने प्रस्तावलाई स्वीकृत गर्दै सङ्घमा सिफारिश गरिएको हो । यस्तै कपिलवस्तुको शिवराज नगरपालिका–३ को सीमा परिवर्तन गरेर साबिक शिवपुर गाविसलाई वडा नं १ मा गाभ्ने सिफारिशलाई स्वीकृत गरेको प्रवक्ता चौधरीले जानकारी दिए । 


थप समाचार

टाटाको मनसुन चेकअप क्याम्प सुरु

  • 11 minutes ago
टाटाको मनसुन चेकअप क्याम्प सुरु

काठमाडौँ । टाटा मोर्टर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रिेता सिप्रदी ट्रेडिङ्गले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप क्याम्प शुभारम्भ गरेको छ । काठमाडौंको सोल्टीमोड, बालकुम

‘गेम अफ थ्रोन्स’ ले बनायो नयाँ रेकर्ड

  • 18 minutes ago
‘गेम अफ थ्रोन्स’ ले बनायो नयाँ रेकर्ड

एजेन्सी । लोकप्रिय फेन्टासी ड्रामा ‘गेम अफ थ्रोन्स’ ले एम्मी २०१९ अवार्डमा ३२ विधामा नोमिनेसनमा परेर नौलो रेकर्ड बनाउन सफल भएको छ । यो रेकर्ड कुनैपनि शो को एकलौटी सीजनका लागि अत्यधिक हो ।

घरपालुवा जनावरसँग १० मिनेटमात्रै साथमा रहेपनि कम हुन्छ तनाव

  • 21 minutes ago
घरपालुवा जनावरसँग १० मिनेटमात्रै साथमा रहेपनि कम हुन्छ तनाव

एजेन्सी । घरपालुवा जनावरसँग साथ बिताउने गर्नाले कलेजका विद्यार्थीहरुको मुड राम्रो हुनुका साथै स्ट्रेस लेभल पनि कम हुने एक अध्ययनले देखाएको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एक अर्वपति जसले नेपालबाट व्यापार सुरु गरेका थिए

एजेन्सी । राज कुन्द्रा देश विदेशमा कहलिएका व्यक्ति हुन् । तर, भारतमा उनलाई धेरैले बिजनेशम्यान भन्दा पनि शिल्पा सेट्टीको पतिको रुपमा परिचीत छन् । विश्वभर उनको बिजनेश फैलिएको छ । राज कुन्द्राले नेपालमा शल बेचेर आफ्नो बिजनेशको सूरुवात गरेका थिए ।