चैतेधानमा रोग फैलने क्रम रोकिएन, तीनथरिको रोग भेटियो

  • शनिबार, १९ जेष्ठ, २०७५
  • 5 months ago
  • अर्थ

चितवन । चितवनको खैरहनी नगरपालिका वडा नं १२ र १३ मा किसानले लगाएको चैतेधानमा तीनथरीको रोग फेला परेको छ । 

 

जिल्ला कृषि विकास कार्यालय चितवनले स्थलगत रुपमा अध्ययन गर्दा तीन थरीको रोगले यहाँ लगाएको झण्डै १५० हेक्टर क्षेत्रफलको धानखेती प्रभावित भएको पाइएको हो । 

 

जेठ दोस्रो सातादेखि देखिएको रोग फैलने क्रम अझै रोकिएको छैन । सबैभन्दा बढी नेट ब्लाष्ट, त्यसपछि सिड ब्लाइज्ड र कतैकतै गबारो रोगसमेत देखिएको स्थलगत अनुगमनमा गएका जिल्ला कृषि विकास कार्यालय चितवनका प्राविधिक सहायक विष्णुप्रसाद शर्माले जानकारी दिए । 

 

उहाँका अनुसार अहिले पनि कतिपय धानखेतमा रोग फैलिने क्रममा रहेको र ५०, ६० हेक्टर क्षेत्रफलमा भने करीब ६० देखि ७० प्रतिशतसम्म धान नष्ट भइसकेको छ । यहाँ एक हेक्टरमा करीब चार टन धान उत्पादन हुन्छ । 

 

“रोग लागेर बाला सुकिसकेको स्थानमा केही गर्न सकिने अवस्था छैन, शर्माले भने, अन्य रोग लाग्न थालेको र लाग्ने सम्भावना भएको क्षेत्रमा विषादी हाल्न भनेर हामीले सिफारिस गरेका छौँ ।” 

 

कार्यालयले तत्कालै २५ लिटर हेग्जाकोनाजोल भन्ने ढुसीनाशक विषादी पठाएको र बाँकी अपुग किसान आफैँलाई किनेर हाल्न भनिएको छ । धानमा रोग फैलिएपछि किसान जेठ १२ गते रोकथाम र क्षतिपूर्तिका लागि जिल्ला कृषि विकास कार्यालयमा मरेको धान बोकेरै पुगेका थिए । 

 

तत्कालै कार्यालयले प्राविधिक टोली खटाएर अध्ययन गरेको थियो । हेर्दा फागुन तेस्रो हप्ताअघि रोपेको धानमा रोग देखिएको र अन्य पछाडिको धानमा भने देखिएको छैन । 

 

त्यसमा पनि रोग फैलने सम्भावना भने बाँकी नै छ । खैरहनीको वडा नं १३ बाट देखिएको रोग वडा नं १२ मा समेत फैलन थालेको यहाँका वडाध्यक्ष बालकुमार उप्रेती बताउँछन् । 

 

“यहाँको झण्डै आधा क्षेत्रफलमा रोग फैलिसक्यो, उप्रेतीले भने, “कतिपयको खेतमा धान काट्नै नपर्ने भएको छ ।” 

 

उनले अहिलेसम्म वडा नं १३ बाट क्षतिपूर्तिका लागि भनेर ५० भन्दा बढी किसानले निवेदन दिइसकेको बताउनुभयो । कृषि कार्यालयले क्षतिपूर्ति दिन नसक्ने बताएपछि किसान अहिले स्थानीय तहमा गुहार माग्दै पुगेका छन् । 

 

साना किसान कृषि सहकारी संस्था कुमरोजका अध्यक्ष तेजप्रसाद बर्तौलाले अहिले किसान रोग नियन्त्रणका लागि धमाधम विषादी छर्ने काममा व्यस्त रहेको बताउनुहुन्छ । रोग फैलन नरोकिएको उनको भनाइ छ । किसानले सबै वडा कार्यालयमा निवेदन दिइरहेका समेत बर्तौलाले बताए । 

 

भाडामा ठेक्का लिएर चार बिगाहामा धान लगाएका चितवनको खैरहनी नगरपालिका वडा नं १३का माधव बस्नेत सबै रोगले धान सखाप भएको  बताउँछन् । स्थानीय किसान भवनराज पाण्डे, पूर्णप्रसाद गौडेल र तुलप्रसाद उप्रेतीको पनि धानखेतमा उस्तैगरी रोग देखिएको छ । 

 

धानको बाला निस्कने घाँटी नजिक रोग देखिएपछि गुबो सुक्ने र बाला मर्ने मुख्य समस्या छ । नेट ब्लाष्ट (मरुवा) रोग बढी देखिएको कृषि कार्यालयका अर्का प्राविधिक सहायक नोदनाथ लामिछाने बताउँछन् । 

 

रोग लागेपछि भने रोक्न नसकिने भएकाले रोग लाग्नुअघि नै यसको उपचार गर्नुपर्नेमा कृषि विज्ञको जोड छ । हर्दिनाथ जातको धान उपचार नगरिएको बीउले रोग आएको अनुमान छ । त्यसैले अहिले रोग लागेको आसपास क्षेत्रमा अन्य धान जोगाउन किसान तल्लिन छन् । 

 

यो एकप्रकारको ढुसी रोग हो । कृषि कार्यालयका अनुसार धानको जातअनुसार पनि रोग बढी लाग्ने र नलाग्ने हुन्छ । मल प्रयोग गर्दा मात्रा नमिलेमा पनि यस्तो रोग लाग्छ । 

 

मौसम प्रतिकूल हुँदा, बढी पानी पर्दा, आद्रता बढी हुँदा, उपचार नगरिएका बीउ लगाउँदा यस्ता समस्या देखिने जिल्ला कृषि विकास कार्यालयका प्रमुख सुधीर श्रेष्ठ बताउँछन् । 

 

चितवनको पूर्वी क्षेत्र धान उत्पादनका हिसाबले अब्बल छ । अहिलेको चैतेधान कुमरोज र कठारमा धेरै छ । 

 

पछिल्लो समयमा धानको विशेष कार्यक्रमसमेत सो क्षेत्रमा सञ्चालित छ । चितवनमा करीब पाँच हजार हेक्टरमा चैतेधान र २९ हजार हेक्टर क्षेत्रफलमा बर्खेधान लाग्छ । 

 


थप समाचार

जुलियान असान्जमाथि अमेरिकामा अभियोग दर्ताः विकिलिक्स

  • 8 minutes ago
जुलियान असान्जमाथि अमेरिकामा अभियोग दर्ताः विकिलिक्स

वासिङ्टन । अमेरिकी गोप्य दस्तावेजहरु सन् २०१० मा सार्वजनिक गरेका विकिलिक्सका संस्थापक जुलियान असान्जमाथि संयुक्तराज्य अमेरिकामा अभियोग दर्ता गरिएको विकिलिक्सले जनाएको छ ।

खमेर रुजका दुई नेता नरसंहारमा दोषी ठहर

  • 10 minutes ago
खमेर रुजका दुई नेता नरसंहारमा दोषी ठहर

नोमपेन्ह । कम्बोडियाका खमेर रुज शासनकालका दुईजना उच्च नेताहरु जातीय नरसंहारमा दोषी भेटिएको छ । कम्बोडियाको झण्डै एक तिहाई मानिसको मृत्युको कारण मानिएको क्रुर सत्ता पतन भएको ४० वर्षपछि शुक्रबार यस्तो ठ

क्यालिफोर्नियाको डढेलोमा ६०० भन्दा बढी अझै बेपत्ता

  • 15 minutes ago
क्यालिफोर्नियाको डढेलोमा ६०० भन्दा बढी अझै बेपत्ता

प्याराडाइज, संयुक्तराज्य अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको भीषण डढेलोका कारण छ सयभन्दा बढी बेपत्ता भएका बिहीबार प्राप्त समाचारमा जनाइएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

काठमाडौं । महँगीले पेल्दै जाँदा धेरैलाई आम्दानीको थोरै हिस्सा पनि बचाउन गाह्रो भइरहेको अवस्था छ । धेरैलाई पैसा बचाउनै पर्ने अवस्था छ । तर, कतिपयले यति थोरै पैसा जम्मा गरेर के नै हुन्छ र भन्ने पनि गरेका छन् । कमाई थोरै भएपनि बचत गर्ने बानी राम्रो हो । यसले आफ्नो आवश्यकताहरुलाई कहिलेकाँही टारिदिने गर्छ । त्यसोभए कसरी गर्ने त बचत ?

विचित्र विश्व

एक अजबगजबका सन्त !

एक अजबगजबका सन्त !

पौराणिक कथाहरूमा ऋषि–मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन् ।