दूतावासले पत्र लेखेर अनावश्यक दबाब सिर्जना गर्‍याे : कृषिमन्त्री खनाल

Education Park

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले भारतबाट आउने तरकारी तथा फलफूल परीक्षण रोक्नेबारे भारतीय दूतावासले पत्र लेखेर अनावश्यक दबाब सिर्जना गरेको बताएका छन् ।

 

शुक्रबार कालिमाटीमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाको निरीक्षणपछि मन्त्री खनालले दूतावासले पत्र लेखेर अनावश्यक दबाब सिर्जना गरेको बताए ।

 

दूतावासले परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरे पनि सम्बन्धित निकायसँग जवाफ माग गर्नुको साटो बोधार्थ मात्रै दिएकोमा मन्त्री खनालले असन्तुष्टी जनाएका हुन् ।

 

‘यस्तो समस्या आयो भने दूतावासले सिधै पत्र लेख्ने हुन्छ ? कि अथवा हाम्रा निकाय छन’ कृषिमन्त्री खनालले भने, ‘पत्राचारको तरिका बुझ्नुपर्ने हुन्छ ।’

 

प्रधानमन्त्रीलाई ढिला नै जानकारी भएको हो

 

भारतीय दूतावासले लेखेको पत्रबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी दिन ढिला गरेको मन्त्री खनालले स्विकारेका छन् ।

 

‘भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको रहेछ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई बोधार्थ गराइएको रहेछ’ कृषिमन्त्री खनालले भने, ‘पत्र आएको रहेछ ।

 

'मैले कृषि मन्त्रालयमा पत्र भेटेपछि प्रधानमन्त्रीले खोई हेरौं भन्नुभयो । मैले नै लिएर पत्र देखाएपछि प्रधानमन्त्रीले पत्र आएको रहेछ, समयमा जानकारी गराइएन भन्नु भएको सत्य हो’, मन्त्री खनालले भने 

 

प्रधानमन्त्रीले भारतीय दुतावासले पत्राचार गरेर दबाब दिएकोबारे आफूलाई जानकारी नभएको र ‘गुमराहमा’ राखिएको गुनासो गरेका थिए ।

 

भारतीय दूतावासबाट पत्र आएकोबारे मन्त्री र सचिवले जानकारी नगराउँदा आफू लज्जित हुनुपरेको भन्दै प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै गुनासो गरेको कुरा सत्य भएको मन्त्री खनालले स्पष्ट पारे ।

 

 


थप समाचार

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

  • 5 minutes ago
जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

एजेन्सी । जापानमा एउटा नयाँ बिजनेश सूरु भएको छ जहाँ ब्वाईफ्रेण्डलाई भाडामा दिने गरिन्छ । यो सर्भीसको नाम रोजशिप दिइएको छ । यस सर्भिसलाई युवतीहरु घण्टा वा दिनका हिसाबले उपभोग गर्छन् । सर्भीसका

चितवनका साढे ९ हजार भूकम्प प्रभावितको पुनः जाँच

  • 20 minutes ago
चितवनका साढे ९ हजार भूकम्प प्रभावितको पुनः जाँच

चितवन । जिल्लामा नौ हजार ५६९ भूकम्प प्रभावितको छुट तथा पुनः जाँच गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) चितवनले दिएको जानकारीअनुसार कार्यालयमा आएका १० हजार निव

ढाकाको कपडा बुनाई तालीम

  • 41 minutes ago
ढाकाको कपडा बुनाई तालीम

बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको रु. १० लाखको आर्थिक सहयोग र बढिगाड महिला तथा बालबालिका शसक्तिकरणको आयोजनामा तीन महिने ढाकाको कपडा बुनाई तालीमका सहभागी महिलाहरुले बुनेका ढाकाका कपडा देखाउद



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

के हो लुपस ? यस्ता छन् कारण तथा रोकथाम र उपचार

के हो लुपस ? यस्ता छन् कारण तथा रोकथाम र उपचार

लुपस एक किसिमको बाथरोग हो । यो निकै कम मानिसमा देखिन्छ । यो एउटा इम्युन रोग हो । यसले छाला, जोर्नी, मृगौला, मष्तिस्क लगाएतका विभिन्न अंगलाई प्रभावित गर्छ । लुपस हुने सम्भावना पुरुषको तुलनामा महिलामा नौ गुणा बढी हुन्छ । यसबाट युवाअवस्थाका महिला बढी प्रभावित हुन्छन् ।

विचित्र विश्व

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

जहाँ भाडामा ब्वाईफ्रेण्ड पाइन्छ

एजेन्सी । जापानमा एउटा नयाँ बिजनेश सूरु भएको छ जहाँ ब्वाईफ्रेण्डलाई भाडामा दिने गरिन्छ । यो सर्भीसको नाम रोजशिप दिइएको छ । यस सर्भिसलाई युवतीहरु घण्टा वा दिनका हिसाबले उपभोग गर्छन् । सर्भीसका लागि उभिएका युवाहरुबाट युवतीले एकजना चुन्ने काम गर्छिन् ।