Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थमहालक्ष्मी बैंकका ग्राहकलाई विभिन्न संस्थामा विशेष छुट

महालक्ष्मी बैंकका ग्राहकलाई विभिन्न संस्थामा विशेष छुट


काठमाडौँ। महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकले विभिन्न संस्थामा विशेष छुट प्राप्त गर्नेगरी सम्झौता गरेको छ। बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अघि बढ्न विभिन्न संस्थाहरूसँग सम्झौता गरेको जानकारी दिएको हो।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन्। बैंकका ग्राहकहरूले पर्साको वीरगञ्जस्थित मंगलम डायग्नोस्टिक सेन्टरको प्याथोलोजी टेस्ट सेवामा १०, बाराको सिमरास्थित होटल क्वीक–२० एण्ड रिभरसाइड प्रालिका सेवामा अधिकतम १० र मकवानपुरको हेटौंडास्थित रिगल हेटौंडा रिजोर्ट प्रालिमा अधिकतम १५ प्रतिशत छुट प्राप्त गर्ने बैंकल जानकारी दिएको छ।

यसैगरी धनगढी कैलालीमा अवस्थित निसर्ग हस्पिटल प्रालिका सेवामा अधिकतम २०, मकवानपुरको विशुद्ध मोमोचामा १० र चितवन भरतपुरस्थित कविलास रिजोर्ट एण्ड फनपार्कका सेवामा अधिकतम १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

काठमाडौँ । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ । आज सोमवार शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ४१ अङ्कले

Techie IT