च्याम्पियन्स लिगबारे रोचक कुराहरु जसबारे तपाईलाई थाहा नहुनसक्छ

  • मंगलबार, ७ फागुन, २०७५
  • 1 month ago
  • खेल

एजेन्सी । युरोपको प्रतिष्ठित खेल च्याम्पियन्स लिगको फ्यानहरु विश्वभर रहेका छन् । युरोपका चर्चीत क्लबहरु यस लिगको उपाधि जित्नुलाई सबैभन्दा ठुलो सफलता मान्छन् । युइएफए च्याम्पियन्स लिग सन् १९५५ मा सुरु गरिएको थियो तर यसको हाल चलिरहेको फम्र्याट भने १९९२ मा मात्र बनाइएको थियो । 

 

यसलाई ‘युरोपियन च्याम्पियन क्लब्स’ को रुपमा चिनिने गरिन्थ्यो । 

 

च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो टोली स्पेनिस क्लब रियल मड्रिड हो । सन् १९५५–५६ मा भएको उक्त प्रतियोगिता जित्दै रियलले विश्वभरकै बलियो क्लबको परिचय दिएको थियो । च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा धेरै च्याम्पियन्स लिगको उपाधि जित्ने क्लब रियल मड्रिड नै रहेको छ । रियल मड्रिडले हालसम्म १३ पटक च्याम्पियन्स लिग जितेको छः १९५५–५६, १९५७–५९, १९५९–६०, १९६५–६६, १९९७–९८, १९९९–२०००, २००१–०२, २०१३–१४, २०१५–१६, २०१६-१७, २०१७-१८  । 

 

च्याम्पियन्स लिगमा स्पेनिस क्लबहहरुले सबैभन्दा धेरै पटक च्याम्पिन्स लिगको उपाधि जित्न सफल रहेका छन् । स्पेनिस क्लबहरुले १८ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् । 

 

जर्मनी क्लबहरुले ७ पटक, नेदरल्याण्ड क्लबले ६ पटक, पोर्चुगी क्लबले ४ पटक जितेका छन् । त्यस्तै फ्रान्स, स्कटल्याण्ड, रोमानिया, युगोस्लाभियाका क्लबले एकएक पटक उपाधि जितेका छन् । 

 

२२ टोलीले च्याम्पिन्स लिगको सबैभन्दा धेरै पटक फाइनलको यात्रा तय गरेका छन् । जम्मा दुईवटा टोलीले फाइनलमा धेरैपटक हारेका छन् । पोर्चुगलको क्लब बेनेफिका र इटालियन क्लब युभेन्टसले सबैभन्दा धेरै पटक फाइनलमा हारेका छन् । दुवै टोलीले दुई पटक च्याम्पियन्स लिग जितेका छन् भने युभेन्टसले ६ पटक र बेनेफिकाले पाँचपटक फाइनलमा हारेका छन् । ६ वटा फाइनल हारेको टोली च्याम्पियन्स लिगमा आभागि टोलीको रुपमा परिचीत रहेको छ ।  

 

च्याम्पियन्स लिगका दुई खेलाडीले सर्वाधिक गोल गरेका छन् । रोनाल्डोले १२१ गोल गरेका छन् भने लियोनल मेस्सीले १०६ गोल गरेका छन् । यी दुवै खेलाडीहरुले च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने सम्भावना अझै रहेको छ । 

 

जब यो प्रतिस्पर्धा रिब्राण्डड गरिएको थियो सन् १९९२ मा टोनी ब्रिटनले युइएफए च्याम्पियन्स लिग एन्थम लेखेका थिए । 

 

च्याम्पियन्स लिगमा सबैभन्दा छिटो गोल गर्ने बार्यन म्युनिखका खेलाडी रोय म्याके हुन् । उनले सन् २००७ मा रियल मड्रिड विरुद्धको खेलमा १०.१२ सेकेण्डमा गोल गरेका थिए । 

 

च्याम्पियन्स लिगमा स्वान्सीका खेलाडी बाफेटिम्भी गोमिसले सबैभन्दा छिटो ह्याट्रिक गरेका छन् । उनले सन् २०११ मा लियोन क्लबबाट खेल्ने क्रममा ८ मिनेटभित्र तीन गोल गरेका थिए । हाल उनी मार्सेले क्लबबाट व्यवसायिक फुटबल खेल खेलिरहेका छन् । 

 

च्याम्पियन्स लिगमा सबैभन्दा धेरै ह्याट्रिक गर्ने खेलाडी हुन् लियोनल मेस्सी । उनले ८ पटक ह्याट्रिक गरेका छन् । सख्तर डोनेस्टिकका खेलाडी लुइज एड्रियानोले च्याम्पियन्स लिगमा पहिलो ह्याट्रिक गरेका हुन् । 

 

च्याम्पियन्स लिगको फाइनल विश्वमा नै सबैभन्दा धेरै हेरिन्छ । सबैभन्दा धेरै १७८ मिलियन दर्शकले यो खेल हेरेका छन् । 

 

च्याम्पिन्यस लिगको सबैभन्दा धेरैपटक सेमिफाइनल खेल खेल्ने टोली बार्सिलोना हो । लगातार सन् २००७ देखि २०१३ सम्म बार्सिलोनाले सेमिफाइनलको यात्रा तय गरेको छ । 

 

च्याम्पियन्स लिगमा रेफ्रीहरुको नियुक्ति उनीहरुको अघिल्लो सिजनको खेलको प्रदर्शनले तय गरिन्छ । उनीहरुको फिटनेश लेभललाई पनि उत्तिकै महत्वका साथ लिने गरिन्छ । उनीहरुको उमेर पनि हदबन्दी रहेको छ । ४५ भन्दामाथिका रेफ्रीहरुलाई खेल खेलाउन दिइदैन । 

 

च्याम्पियन्स लिगको उपाधि जित्ने टोलीलाई १०.५ मिलियन पाउण्ड दिइन्छ । दोस्रो हुने टोलीले ६.५ मिलियन पाउण्ड, सेमिफाइनल र क्वाटरफाइनलको यात्रा तय गर्ने टोलीले ४.९ मिलियन पाउण्ड पाउने गर्छन् । 

 

च्याम्पियन्स लिगमा सबैभन्दा लज्जास्पद हार व्योहोने टोली केआर रेकजाभिक रहेको छ । सन् १९६९–७० मा फेनरउड क्लबसँग सम्रगमा १२–२ गोलले केआर रेकजाभिक  टोली पराजित भएको थियो ।

 

च्याम्पियन्स लिगमा सबैभन्दा कम उमेरमा डेब्यु गर्ने खेलाडी हुन् पिटर ओफोरि–ओउआइ रहेका छन् ।  

 

च्याम्पियन्स लिगमा सबैभन्दा धेरै पटक छनोट हुने टोली पनि रियल मड्रिड रहेको छ । 

 

बार्सिलोनामात्र एउटा यस्तो क्लब हो जसले च्याम्पियन्स लिग सहित तीनवटा उपाधि जित्न सफल रहेको छ । 

 


थप समाचार

पानीजहाजमा समस्या आएपछि यसरी एक हजार ३०० भन्दा बढी यात्रुको उद्धार गरियो

  • 4 minutes ago
पानीजहाजमा समस्या आएपछि यसरी एक हजार ३०० भन्दा बढी यात्रुको उद्धार गरियो

ओस्लो । नर्वेको तटीय इलाकामा खराब मौसम र इन्जिनमा समस्या आएपछि अलपत्र परेको यात्रुबाहक पानीजहाजबाट एक हजार ३०० भन्दा बढी यात्रु र चालक दलका सदस्यहरुलाई सकुशल उद्धार गरिएको छ ।

माला लगाएर किरियापुत्री भेट्न पुगे मन्त्री पण्डित

  • 6 minutes ago
माला लगाएर किरियापुत्री भेट्न पुगे मन्त्री पण्डित

काठमाडौं । संघीय मामिला मन्त्री तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित दुई किरियापुत्रीसँगै माला लगाएर उभिएको तस्बिरले आइतबार सामाजिक सञ्जालमा निकै चर्चा पायो । दुःखको घडीमा माला लगाएरै जानु असान्द

‘मधेसलाई पानी चाहिएको छ, पानीजहाज होइन’

  • 8 minutes ago
‘मधेसलाई पानी चाहिएको छ, पानीजहाज होइन’

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराई मधेसलाई पानी चाहिए पनि वर्तमान प्रधानमन्त्रीले पानी जहाजमा मात्र जोड दिएर मधेसी जनताको उपहास गरेको आरोप लगाएका छन् । यो समाचार आजको नागर



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

एलोभेरा जुसका फाइदा

एलोभेरा जुसका फाइदा

एलोभेरा घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्ये एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुस सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

विचित्र विश्व

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

एजेन्सी । भनिन्छ रिसले आफैलाई खान्छ । हामीलाई यो कुराको थाहा नै हुँदैन की हाम्रो दैनिक जिवनका स– साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् ।