IIMS College

ISMT

HUB Education

समूह चरणको ३ खेलमा हारेर पनि कसरी लिभरपुलले च्याम्पियन्स लिग जित्यो ?

  • आइतबार, १९ जेष्ठ, २०७६
  • 10 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । सिजन २०१८–१९ को युरोपियन फुटबलको च्याम्पियन इंग्लिस क्लब लिभरपुल बनेको छ । शनिबार राति मड्रिडस्थित वान्डा मेट्रोपोलिटानोमा सम्पन्न फाइनल खेलमा अर्को इंग्लिस क्लब टोटनहमलाई २–० गोलले पराजित गर्दै लिभरपुल विजयी बनेको हो । 

 

लिभरपुले च्याम्पिन्य लिगमा खेलको १२ खेलमध्ये ७ खेलमा जित १ खेलमा बराबरी तथा ४ खेलमा हार व्यहोरे पनि उपाधि जितेको हो । समूह ‘सी’मा रहेको लिभरपुलले समूह चरणमा खेलेको ६ खेलमध्ये ३ खेलमा जित तथा ३ खेलमा हार व्यहोरेर ९ अंक जोडर उपविजेता बनेर नकआउट चरणमा स्थान बनाएको थियो । उक्त समूह चरणमा लिभरपुलले ९ गोल तथा नापोलीले ७ गोल गरेको कारण लिभरपुल अघि बढेको थियो । समूह चरणमा लिभरपुलले नापोलीको घरेलु मैदानमा १–०, पीएसजीको घरेलु मैदानमा २–१ गोलले तथा रेड स्टार बेलग्रेडको घरेलु मैदानमा २–० गोलको हार व्यहोरेको थियो । समूह विजेता भने पेरिस सेन्ट जर्मेन (पीएसजी) बनेको थियो ।

त्यस्तै अन्तिम १६ मा लिभरपुलले जर्मन जायन्ट बार्यन म्युनिखलाई समग्रमा ३–१ गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो । पहिलो लेगमा दुवै टिमले गोलरहित बराबरी खेले पनि दोस्रो लेगमा भने लिभरपुलले ३–१ गोलको जित निकालेको थियो । क्वाटरफाइनलमा लिभरपुलले पोर्चुगिज क्लब पोर्तोलाई समग्रमा ६–१ गोलले पराजित गर्यो । पहिलो लेगमा २–० गोलको जित निकालेको लिभरपुलले दोस्रो लेगमा ४–१ गोलको जित दर्ता गरेको थियो । 

 

सेमिफाइनलमा युटर्न 

सेमिफाइनलमा स्पेनिस क्लब बार्सिलोना प्रतिद्धन्द्धी पाएको लिभरपुलले पहिलो लेगमा ३–० गोलको हार चाखे पनि दोस्रो लेगमा भने ४–० गोलको जित निकालेर लिभरपुलले फाइनलमा टोटनहमसँगको भेट पक्का गरेको हो । सेमिफाइनलको दोस्रो लेगमा लिभरपुलले धमाकेदार कमब्याक गर्छन् भनेर सायद थोरैले सोचेका थिए । तर, एनफिल्डमा भएको खेलमा लिभरपुलले बार्सिलोनाविरुद्ध ४–० गोलको जित निकाल्दै साँच्चै आफूहरु च्याम्पियन्स लिगको भोको रहेको प्रश्ट पारे ।

 

फाइनलमा लिभरपुलको लागि मोहम्मद सलाह तथा डिभोक ओरिजीले एक–एक गोल गरे । 

 

यससँगै लिभरपुलको च्याम्पियन्स लिगको संख्या ६ पुगेको छ । लिभरपुलले सन् २००५ पछि नै यतिको ठूलो उपाधि जितेको हो । 

 


थप समाचार

अष्ट्रेलियामा नेपालीको सहयोग गर्दै नेपाली

  • 12 minutes ago
अष्ट्रेलियामा नेपालीको सहयोग गर्दै नेपाली

सिड्नी । पछिल्लो समय कोरोना भाइरसका कारण अष्ट्रेलियामा रहेका नेपालीहरुलाई कठिन अवस्थाबाट गुज्रिनु परेको छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई प्रधानमन्त्री स्कट मोरिसनले दिएको टिप्पणीले पनि धेरै विद्या

‘स्थानीय सरकार छ, भोकै मर्न दिँदैनौँ’

  • 37 minutes ago
‘स्थानीय सरकार छ, भोकै मर्न दिँदैनौँ’

काठमाडौँ । कोभिड–१९ को जोखिम कम गर्न सरकारले लकडाउन गरेपछि ज्याला मजदूरी गरेर गुजारा गर्ने विपन्न परिवारलाई तनहुँका स्थानीय सरकारले खाद्यान्न सहयोग गर्न शुरु गरेका छन् । लकडाउनका कारण काम ठप्प भएपछि ह

एनआरएनए कोरियाले चार हजार किट्स नेपाल पठाउने

  • 43 minutes ago
एनआरएनए कोरियाले चार हजार किट्स नेपाल पठाउने

काठमाडौँ । एनआरएनए कोरियाले कोरोना परीक्षण गर्ने दुई हजार किट्समा अरु दुई हजार थपेर चार हजार किट्ससहित अन्य स्वास्थ्य सामग्री पठाउने निर्णय गरेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

काठमाडाैँ । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।