युरोपेली च्याम्पियन्स लिग : म्यान्चेस्टर सिटीको शान्दार जित, रहिम स्टर्लिङको ह्याट्रिक

  • बुधबार, ६ कार्तिक, २०७६
  • 7 months ago
  • खेल

काठमाडौं । युरोपेली च्याम्पियन्स लिगमा म्यान्चेस्टर सिटीले ५–१ गोलको अन्तरले इटालियन क्लब एटलान्टामाथि शान्दार जित हाँसिल गरेको छ । इथियाड स्टेडियममा भएको खेलमा म्यान्चेस्टर सिटीले एटलान्टालाई हराएको हो । 

 

खेलको २८ औं मिनेटमा रुस्लान मालिनोभ्सकीले पेनाल्टी मार्फत गोल गर्दै एटलान्टालाई अग्रता दिलाउन सफल बने । त्यसपछि एटलान्टाले खेलको अन्त्यसम्म कुनै पनि गोल गर्न सफल बनेन ।

 

अर्कोतर्फ म्यान्चेस्टर सिटीका लागि खेलको ३४ औं मिनेटमा सर्जियो एगुरोले पहिलो गोल गर्दै खेल बराबरीमा पु–याउन सफल बने । त्यस लगत्तै खेलको ३८ औं मिनेटमा पनि पेनाल्टीमार्फत सर्जियो एगुरोले नै दोस्रो गोल गर्दै सिटीलाई अग्रता दिलाउन सफल बने ।

 

यसका साथै खेलको दोस्रो हाफको ५८ औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई ३–१ गोलको अग्रता दिलाए । त्यस्तै ६४औं र ६९औं मिनेटमा स्टर्लिङले गोल गर्न सफल बनेसँगै सिटीले उत्कृष्ट जित हाँसिल गरेको छ । यो जितसँगै समूह ‘सी’मा सिटीले तीन खेलबाट नौ अंक जोडेको छ । 

 


थप समाचार

सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी

  • 2 hours ago
सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी

काठमाडाैँ । कोरोना सङ्क्रमित दुई हजार नाघेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा आइसोलेशन सञ्चालन र सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी गरेको

प्रदेश नं २ मा ८५९ सङ्क्रमितको सङ्ख्या

  • 2 hours ago
प्रदेश नं २ मा ८५९ सङ्क्रमितको सङ्ख्या

धनुषा । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्यामा आज ८५९ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन महिलासहित ४४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएपछि सो सङ्ख्या पुगेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जा

‘अहिलेकै अवस्थामा कर तिर्न सक्दैनौँ’

  • 2 hours ago
‘अहिलेकै अवस्थामा कर तिर्न सक्दैनौँ’

काठमाडौँ । कोरोना भाइरसको विश्वव्यापी असरले यतिबेला नेपालको अर्थतन्त्र र विशेष गरी औद्योगिक क्षेत्र नराम्ररी प्रभावित भएको छ । लामो समयको बन्दाबन्दीले उद्योगी व्यवसायी मारमा परेका छन् । बैंकको चर्को ब



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।