युरोपको प्रतिष्ठित लिग च्याम्पियन्स लिगबारे केही रोचक तथ्यहरु...

  • बिहीबार, १४ भदौ, २०७५
  • 10 months ago
  • खेल
Education Park

युरोपको प्रतिष्ठित खेल च्याम्पियन्स लिगको फ्यानहरु विश्वभर रहेका छन् । युरोपका चर्चीत क्लबहरु यस लिगको उपाधि जित्नुलाई सबैभन्दा ठुलो सफलता मान्छन् । युइएफए च्याम्पियन्स लिग सन् १९५५ मा सुरु गरिएको थियो तर यसको हाल चलिरहेको फम्र्याट भने १९९२ मा मात्र बनाइएको थियो । 

 

यसलाई ‘युरोपियन च्याम्पियन क्लब्स’ को रुपमा चिनिने गरिन्थ्यो । 

 

च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो टोली स्पेनिस क्लब रियल मड्रिड हो । सन् १९५५–५६ मा भएको उक्त प्रतियोगिता जित्दै रियलले विश्वभरकै बलियो क्लबको परिचय दिएको थियो । च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा धेरै च्याम्पियन्स लिगको उपाधि जित्ने क्लब रियल मड्रिड नै रहेको छ । रियल मड्रिडले हालसम्म ११ पटक च्याम्पियन्स लिग जितेको छः १९५५–५६, १९५७–५९, १९५९–६०, १९६५–६६, १९९७–९८, १९९९–२०००, २००१–०२, २०१३–१४, २०१५–१६ । 

 

च्याम्पियन्स लिगमा स्पेनिस क्लबहहरुले सबैभन्दा धेरै पटक च्याम्पिन्स लिगको उपाधि जित्न सफल रहेका छन् । स्पेनिस क्लबहरुले १६ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् । 

 

जर्मनी क्लबहरुले ७ पटक, नेदरल्याण्ड क्लबले ६ पटक, पोर्चुगी क्लबले ४ पटक जितेका छन् । त्यस्तै फ्रान्स, स्कटल्याण्ड, रोमानिया, युगोस्लाभियाका क्लबले एकएक पटक उपाधि जितेका छन् । 

 

२२ टोलीले च्याम्पिन्स लिगको सबैभन्दा धेरै पटक फाइनलको यात्रा तय गरेका छन् । जम्मा दुईवटा टोलीले फाइनलमा धेरैपटक हारेका छन् । पोर्चुगलको क्लब बेनेफिका र इटालियन क्लब युभेन्टसले सबैभन्दा धेरै पटक फाइनलमा हारेका छन् । दुवै टोलीले दुई पटक च्याम्पियन्स लिग जितेका छन् भने युभेन्टसले ६ पटक र बेनेफिकाले पाँचपटक फाइनलमा हारेका छन् । ६ वटा फाइनल हारेको टोली च्याम्पियन्स लिगमा आभागि टोलीको रुपमा परिचीत रहेको छ ।  

 

च्याम्पियन्स लिगका दुई खेलाडीले सर्वाधिक गोल गरेका छन् । रोनाल्डोले ९५ गोल गरेका छन् भने लियोनल मेस्सीले ९४ गोल गरेका छन् । यी दुवै खेलाडीहरुले च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने सम्भावना अझै रहेको छ । 

 

जब यो प्रतिस्पर्धा रिब्राण्डड गरिएको थियो सन् १९९२ मा टोनी ब्रिटनले युइएफए च्याम्पियन्स लिग एन्थम लेखेका थिए । 

 

च्याम्पियन्स लिगमा सबैभन्दा छिटो गोल गर्ने बार्यन म्युनिखका खेलाडी रोय म्याके हुन् । उनले सन् २००७ मा रियल मड्रिड विरुद्धको खेलमा १०.१२ सेकेण्डमा गोल गरेका थिए । 

 

च्याम्पियन्स लिगमा स्वान्सीका खेलाडी बाफेटिम्भी गोमिसले सबैभन्दा छिटो ह्याट्रिक गरेका छन् । उनले सन् २०११ मा लियोन क्लबबाट खेल्ने क्रममा ८ मिनेटभित्र तीन गोल गरेका थिए । हाल उनी मार्सेले क्लबबाट व्यवसायिक फुटबल खेल खेलिरहेका छन् । 

 

च्याम्पियन्स लिगमा सबैभन्दा धेरै ह्याट्रिक गर्ने खेलाडी हुन् लियोनल मेस्सी । उनले ५ पटक ह्याट्रिक गरेका छन् । सख्तर डोनेस्टिकका खेलाडी लुइज एड्रियानोले च्याम्पियन्स लिगमा पहिलो ह्याट्रिक गरेका हुन् । 

 

च्याम्पियन्स लिगको फाइनल विश्वमा नै सबैभन्दा धेरै हेरिन्छ । सबैभन्दा धेरै १७८ मिलियन दर्शकले यो खेल हेरेका छन् । 

 

च्याम्पिन्यस लिगको सबैभन्दा धेरैपटक सेमिफाइनल खेल खेल्ने टोली बार्सिलोना हो । लगातार सन् २००७ देखि २०१३ सम्म बार्सिलोनाले सेमिफाइनलको यात्रा तय गरेको छ । 

 

च्याम्पियन्स लिगमा रेफ्रीहरुको नियुक्ति उनीहरुको अघिल्लो सिजनको खेलको प्रदर्शनले तय गरिन्छ । उनीहरुको फिटनेश लेभललाई पनि उत्तिकै महत्वका साथ लिने गरिन्छ । उनीहरुको उमेर पनि हदबन्दी रहेको छ । ४५ भन्दामाथिका रेफ्रीहरुलाई खेल खेलाउन दिइदैन । 

 

च्याम्पियन्स लिगको उपाधि जित्ने टोलीलाई १०.५ मिलियन पाउण्ड दिइन्छ । दोस्रो हुने टोलीले ६.५ मिलियन पाउण्ड, सेमिफाइनल र क्वाटरफाइनलको यात्रा तय गर्ने टोलीले ४.९ मिलियन पाउण्ड पाउने गर्छन् । 

 

च्याम्पियन्स लिगमा सबैभन्दा लज्जास्पद हार व्योहोने टोली केआर रेकजाभिक रहेको छ । सन् १९६९–७० मा फेनरउड क्लबसँग सम्रगमा १२–२ गोलले केआर रेकजाभिक  टोली पराजित भएको थियो ।

 

च्याम्पियन्स लिगमा सबैभन्दा कम उमेरमा डेब्यु गर्ने खेलाडी हुन् पिटर ओफोरि–ओउआइ रहेका छन् ।  

 

च्याम्पियन्स लिगमा सबैभन्दा धेरै पटक छनोट हुने टोली पनि रियल मड्रिड रहेको छ । 

 

बार्सिलोनामात्र एउटा यस्तो क्लब हो जसले च्याम्पियन्स लिग सहित तीनवटा उपाधि जित्न सफल रहेको छ । 

 

लगातार तीनपटकसम्म च्याम्पियन्स लिगको उपाधि जितेको रेकर्ड रियल मड्रिडको नाममा रहेको छ । 

 


थप समाचार

१३७ वर्षदेखि बन्दै गरेको चर्च २०२६ मा सकिने

  • 11 hours ago
१३७ वर्षदेखि बन्दै गरेको चर्च २०२६ मा सकिने

एजेन्सी । स्पेनको ‘ला सग्रादा फेमिलिया’ चर्च पछिल्लो १३७ वर्षदेखि निर्माणाधीन रहेको छ । यसलाई सन् १८८२ देखि बनाउन सुरु गरिएको हो ।

‘सडक २’ मा आदित्यः शुटिङ सुरु

  • 11 hours ago
‘सडक २’ मा आदित्यः शुटिङ सुरु

एजेन्सी । फिल्म ‘सडक’ को सिक्वेल बन्ने भएको छ । सन् १९९१ मा रिलिज भएको उक्त सुपरहिट फिल्मले बलिउड स्टार सञ्जय दत्तको करियरलाई उचाईमा पु¥याएर बलिउडमा स्थापित गरायो ।

लुकी लुकी पोर्न हेरेको गुगल र फेसबुकले थाहा पाउने !

  • 11 hours ago
लुकी लुकी पोर्न हेरेको गुगल र फेसबुकले थाहा पाउने !

एजेन्सी । यदी तपाई प्राइभेट ब्राउजर वा प्राइभेट विन्डोजबाट प्रोनोग्राफी हेर्दै हुनुहुन्छ र तपाई लाई लाग्न सक्छ कसैलाई थाहा हुँदैन ? तर, तपाई गलत हुनुहुन्छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

एजेन्सी । बनारसमा बस्दै आइरहेका १२० वर्षीय बाबा शिवानन्दको देखेर लाग्छ कि यति लामो पनि सम्भव रहेको छ । बाबा शिवानन्द तीन बजे बिहान उठ्ने गर्छन् । उठेर उनी स्नान गर्छन् र ध्यान बस्छन् । त्यसपछि एकधण्टासम्म योग गर्ने काम गर्छन् ।