चाँगुनारायण नगरपालिकाका वडाध्यक्ष खड्काले प्रशासकीय अधिकृत लुइँलेटलाई कुटेपछि...

  • शुक्रबार, २१ मंसिर, २०७५
  • 2 months ago
  • नेपाल

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ५ का वडाध्यक्ष जयन्द्र खड्काले बिहीबार नगरपालिको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत पूण्यप्रसाद लुइँटेलमाथि हातपात गरेका छन् । 

 

वडाध्यक्ष खड्काले आफ्नो बारीको माटो इँटा भट्टालाई दिन स्वीकृत माग गरेको र प्रमुख प्रशासकीय अधिकृत लुइँटेलले प्रक्रिया र नियम नपु¥याइ जनप्रतिनिधि नै भए पनि स्वीकृत दिन नमिल्ने बताएपछि आक्रोसित हुँदै हातपात गरेको नगरपालिकाका कर्मचारीले बताएका छन् । 

 

यसबारेमा प्रशासकीय अधिकृत लुइँटेलले वडाध्यक्ष जयन्द्रले इँटा भट्टालाई माटो दिन स्वीकृत माग गर्दै आएको र आफूले नगर कार्यपालिकाको निर्णय विनासिफारिश गर्न नमिल्ने जानकारी गराएपछि उनले आफूमाथि अभद्र व्यवहार गरेको स्वीकार गरे । 

 

त्यसपछि आफू कार्यालयबाट निस्केर मन्त्रालय गएको उनले जानकारी दिए । नगरपालिकाका कर्मचारीका अनुसार वडाध्यक्ष खड्काले माटोको स्वीकृत नपाएपछि प्रशाकीय अधिकृत लुइँटेलको टेबुल ठटाएर अभद्र व्यवहार गर्नुका साथै पानीको बोतल प्रहार गरेको र पानीको बोतल लुइँटेललाई नलागे पनि पानीको छिट्टा भने परेको थियो । 

 

घटनापछि यता नगरपालिकामा कार्यरत कर्मचारीले विज्ञप्ति प्रकाशित गरी वडाध्यक्षले सबै कर्मचारीलाई ज्यान मार्ने धम्की दिएको भन्दै सम्पूर्ण काम बन्द गर्ने घोषणा गरेका छन् । कर्मचारीहरुको हस्ताक्षरित विज्ञप्तिमा नीति, कानून, नियम र कार्यविधिविपरीत काम गर्न जनप्रतिनिधिले नै दिएको दबाबका कारण घटना घटेकाले यस्ता गतिविधिले सङ्घीयता कार्यान्वयनमा खटिएका कर्मचारीमा चुनौती थपिने भन्दै कर्मचारीको ज्यानको सुरक्षाको प्रत्याभूति नभएसम्म र वडाध्यक्ष खड्काले कर्मचारीसँग औपचारिकरुपमा माफी नमागेसम्म सम्पूर्ण कर्मचारीले नगरपालिकाको काम ठप्प पार्ने उल्लेख छ । 

 

यसबारेमा बुझ्न पटकपटक फोन गर्दा पनि वडाध्यक्ष खड्काले मोबाइल फोन उठाउनु भएन । यता नगरप्रमुख सोमप्रसाद मिश्रले भने घटनाकाबारेमा आफूले विस्तृत जानकारी नपाएको बताए । 

 

उनले भने, “म आज नगरकोटको विकासका विषयमा चार वटा नगरपालिकाको बैठकका थिए, कार्यालयमा भएको घटनाबारे जानकारी पाएको छैन, भोलि कार्यालय पुगेपछि के हो, बुझौँला ।”

 


थप समाचार

रेडियोले जोड्यो ‘मित–मितिनी’ सम्बन्ध !

  • 9 minutes ago
रेडियोले जोड्यो ‘मित–मितिनी’ सम्बन्ध !

बाँके । श्याम गिरी, उनलाई धेरैले रेडियोप्रेमी भनेर चिन्छन् । रेडियोका सबैजसो फोन संवाद कार्यक्रममा उहाँ संवाद गर्न भ्याइहाल्थे । आफ्नो परिचय दिने क्रममा नामको अन्तिममा ‘रेडियोप्रमी वान’ जोडिहाल्ने ४८

विद्युतीय शवदाह गृहमा शवको चाप

  • 16 minutes ago
विद्युतीय शवदाह गृहमा शवको चाप

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषमा रहेको विद्युतीय शवदाह गृहमा शवको चाप अत्याधिक बढेको छ । चाप बढेपछि भ्याईनभ्याई भएको छ । शवदाह गृहमा उपलब्ध मेसिनरी सामानको अभावका कारण त्यहाँ आएका सबै शव विद्युती

मलेसियाको कलिङ भिसा सकियोः बेरोजगार युवाको २५ करोड डुब्ने अवस्थामा

  • 19 minutes ago
मलेसियाको कलिङ भिसा सकियोः बेरोजगार युवाको २५ करोड डुब्ने अवस्थामा

काठमाडौं । नेपाल र मलेसियाको सरकारबीच कामदार लैजाने प्रक्रियाको भेन्डरमा देखिएको विवाद समाधान नहुँदा गरिब नेपालीको करिब २५ करोड रुपैयाँ डुब्ने अवस्थामा पुगेको छ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

ध्यान गर्दा यस्तो अचम्मको फाइदा !

ध्यान गर्दा यस्तो अचम्मको फाइदा !

ध्यान गरेरै मनमा हुने अनेक अशान्तिबाट टाढा रहन सकिन्छ । ध्यान गर्दा मन एकाग्र हुने भएकाले बाहिरी कामबाट हुने भय, डर, चिन्तालाई हटाउन सकिन्छ । त्यस्तै आफूमा धैर्यताको विकास गर्न ध्यान गर्न आवश्यक छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।