हैदराबादलाई हराउँदै चेन्नई बन्यो आईपीएल च्याम्पियन

  • सोमबार, १४ जेष्ठ, २०७५
  • 3 months ago
  • खेल

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि चेन्नई सुपर किङ्सले जितेको छ । आइतबार राति सम्पन्न फाइनल खेलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै चेन्नई आइपीएल च्याम्पियन बनेको हो ।

 

१ सय ७९ रनको लक्ष्य पछ्याएको चेन्नईले सेन वाट्सनको अविजित शतकसँगै चेन्नाईले १८।३ ओभरमा २ विकेट गुमाएर १ सय ८२ रन जोडेको थियो । वाट्सन र सुरेश रैनाले दोस्रो विकेटका लागि १ सय १७ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए । वाट्सनले ५७ अबल खेल्दै ११ चौका र ८ छक्काको मद्दतमा १ सय १७ रनको महत्वपूर्ण योगदान गरेका थिए । यो सिजन वाट्सनको यो दोस्रो शतक हो । 

 

रैनाले ३४ बलमा ३ चौका र १ छक्कासहित ३२ रन जोडे । अम्बाटी रायडु १६ रनमा अविजित रहँदा अर्का ओपनर फा डु प्लिसिसले १० रन बनाए । हैदराबादका लागि सन्दीप शर्मा र कालोर्सस बर्थवाइटले समान १ विकेट लिए । 

 

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले नियमित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको छ । ओपनर श्रीवत्स गोस्वामी ५ रनमै आउट भए पनि अनुभवी ब्याट्सम्यानद्वय शिखर धवन ९२६ रन् र केन विलियमसन ९४७ रन ले पारी सम्हालेका थिए । 

विलियमसनले आफ्नो ३६ बलको पारीमा दुई छक्का र पाँच चौका प्रहार गरेका थिए । मिडल अर्डरमा शकिब अल हसनले १५ बलमा २३ रन बनाए । अन्त्यमा युसुफ पठानले २५ बलमा ४५ रन बनाउँदै हैदराबादलाई प्रतिस्पर्धात्मक लक्ष्यतर्फ र्पुयाए ।

 

कार्लोस ब्रेथवेटले ११ बलमा छ रन जोडे भने दिपक हुडा ३ रनमा आउट भएका थिए । चेन्नाईका लागि लुङी एन्गिडीले किफायती बलिङ गर्दै १ विकेट लिए भने कर्न शर्मा, ड्वेन ब्राभो र रविन्द्र जडेजाले पनि समान १ विकेट लिए ।

 

चेन्नाईले यसअघि सन् २०१० र २०११ मा पनि आईपीएल उपाधि जितेको थियो ।


थप समाचार

एन्फा अध्यक्षसहित अफिसियल टोली लण्डनमा

  • 23 minutes ago
एन्फा अध्यक्षसहित अफिसियल टोली लण्डनमा

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को वार्षिक अवार्ड वितरण समारोह तथा विश्वकप समिक्षा बैठकमा भाग लिन एन्फा अध्यक्ष शेर्पासंगै उपाध्यक्षयद्धय कृष्णबहादुर थापा र उपेन्द्रमानसिंह शनिबार साँझ लण्डन आइपु

भूकम्पमा 'भाग्यले बाँचेकाहरु’ भेट्दा बेलायती सांसद भावुक

  • 4 hours ago
भूकम्पमा 'भाग्यले बाँचेकाहरु’ भेट्दा बेलायती सांसद भावुक

भूकम्पमा परेर चमत्कारिक रुपमा बाँचेका नेपालीहरुको कथामा बनेको चर्चित वृत्तचित्र फिल्म ‘भाग्यले बाँचेकाहरु’का पात्रहरुलाई प्रत्यक्ष रुपमा भेटेका सांसद गेथिन्स उनीहरुको कथा सुनेर भावुक बनेका हुन् ।

उपराष्ट्रपति पुनले गरे ‘रक्सी र बाँसको शहर’को भ्रमण

  • 9 hours ago
उपराष्ट्रपति पुनले गरे ‘रक्सी र बाँसको शहर’को भ्रमण

काठमाडौँ । चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले सिचुवान प्रान्तको यिपिन क्षेत्रको भ्रमण गरेका छन् । उनले आज विभिन्न विश्वविद्यालय, मोबाइल उत्पादक कम्पनीको अवलोकन भ्रमण गरे । यिपिन प



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

बुढी औलाले बताउँछ तपाईको स्वभाव

बुढी औलाले बताउँछ तपाईको स्वभाव

एजेन्सी । आजभोलि इन्टरनेटमा मानिसहरु आफ्नो व्यक्तित्व जान्नको लागि निकै उत्सुक हुने गरेको पाइन्छ । र धेरैलाई आफ्नो शरिरका अंगहरुको बनावटको आधारमा आफ्नो बारेमा जान्न मन पनि लाग्छ ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।