चार्ल्टन नेपाली समाजले अगस्ट २७ मा तीज विशेष कार्यक्रम गर्ने

  • मंगलबार, ८ साउन, २०७५
  • 6 months ago
  • युके

लण्डन । चार्ल्टन नेपाली समाज यूकेले हरेक वर्ष गर्दै आएको तीज विशेष कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिने भएको छ । 

 

नेपाली नारीहरुको महान पर्व तीजका अवसरमा आउंदो अगस्ट २७  तारिख सोमबार तीज कार्यक्रम आयोजना गर्न लागिएको समाजका अध्यक्ष टंक कंडेलले जानकारी दिए । 

 

स्थानीय मेरिडियन स्पोर्ट्स क्लबको हलमा दिउंसो ४  बजेदेखि सुरु हुने कार्यक्रम सांझसम्म चल्ने बताइएको छ । कार्यक्रममा प्रवेश शुल्क १२ पाउण्ड लाग्नेछ भने बालबालिकाको लागि मात्र ५ पाउण्ड बनाइएको छ । 

 

त्यसअवसरमा महिला दिदीबहिनीहरुको लागि विशेष दरको व्यवस्था पनि गरिनेछ । साथै, तीजका गीतहरुमा डिजे नाचका साथै सहभागी महिलाहरुले तीजका गीतहरु गाउने कार्यक्रम पनि राखिएको छ । 

 

नेपालबाट आएका लोकदोहोरी कलाकारलाई समेत कार्यक्रममा ल्याउनेबारे तयारी गरिरहेको अध्यक्ष कंडेलले बताएका छन् । कार्यक्रम बैंक होलिडेको दिन परेकाले कार्यक्रममा बढि सहभागिता रहने अपेक्षा आयोजकको छ । 

 

चार्ल्टन नेपाली समाजले गत आइतबार मात्रै विभिन्न सांस्कृतिक कार्यक्रमसहित वाषिृक समर कार्यक्रमम सम्पन्न गरेको थियो । 

 


थप समाचार

बेलफास्टमा प्रजातन्त्र दिवस कार्यक्रम, नेपाल भ्रमण वर्ष २०२० प्रबर्द्धनको प्रयास

  • 2 hours ago
बेलफास्टमा प्रजातन्त्र दिवस कार्यक्रम, नेपाल भ्रमण वर्ष २०२० प्रबर्द्धनको  प्रयास

समारोहमा प्रमुख अतिथी तथा विशेष अतिथिहरुले संयुक्त रुपमा नेपाल भ्रमण वर्ष २०२० को लोगो अनावरण गरी उत्तरी आयरल्याण्डमा नेपाल भ्रमण वर्षको प्रचार अभियान प्रारम्भ गरे ।

अस्ट्रेलियामा कसरी देखियो नर्सिङ विद्यार्थीहरुको समस्या, समाधान के ?

  • 4 hours ago
अस्ट्रेलियामा कसरी देखियो नर्सिङ विद्यार्थीहरुको समस्या, समाधान के ?

सिड्नी । अस्ट्रेलियामा यतिबेला हजारौं नेपाली विद्यार्थीको भविस्य अनिस्चित भएको छ । अस्ट्रेलियामा वर्षौं समय तथा हजारौं डलर रकम खर्च गरेर नर्सिङ पढेका विद्यार्थीहरुको भविस्य अन्यौलमा परेको हो ।

जब जया बच्चनले अमिताभको जिन्दगीबारे खोलिन् यस्तो राज...

  • 12 hours ago
जब जया बच्चनले अमिताभको जिन्दगीबारे खोलिन् यस्तो राज...

एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चनलाई निकै असल व्यक्तिको रुपमा लिइन्छ । उनको अभिनय र निजि जीवनका पाटाहरु निकै सुन्दर मानिन्छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा काम गर्ने मानिसहरुको तौल बढ्ने गरेको प्राय समस्याहरु सुन्न पाइन्छ । घन्टौसम्म कुर्चीमा बस्नाले तौल अवश्य नै बढ्छ तर, यदी तपाईले चाहानु भयो भने रुटीनमा धेरथोर फेरबदल गर्न सक्नु भएमा मोटोपन कन्ट्रोल गर्न सक्नुहुनेछ । यसका लागि पाँचवटा बानी सुधार्नु पर्ने हुन्छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।