IIMS College

ISMT

HUB Education

पुस्तकालय सहयोगार्थ बेलायतका नेपाली सेफले उठाए १० लाख

  • मंगलबार, ३१ बैशाख, २०७६
  • 4 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

लण्डन । नेप्लिज सेफ एशोसिएसन यूकेद्धारा आयोजित च्यारिटी कार्यक्रम सोमबार बेलायतको बर्मिङहममा सम्पन्न भएको छ ।

 

धादिङको निलकण्ठ, धुवाँकोटस्थित तमैरातमाटे माध्यमिक विद्यालयमा सञ्चालित पुस्तकालयको सहयोगार्थ कार्यक्रम गरिएको हो । कार्यक्रमबाट करिब १० लाख रुपियाको कोष संकलन भएको जानकारी आयोजक एशोसिएसनले जनाएको छ ।

 

नेपालबाट आएका चर्चित कलाकारहरु कुलेन्द्र विक, प्रिति आले, कृष्ण काफ्ले , दीपाशा जलपरी लगायतले विशेष प्रस्तुति गरेका थिए । 

 

 

कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, गैरआवासीय नेपाली संघ बेलायतका उपाध्यक्षत्रय पुनम गुरुङ, शेरबहादुर सुनार र प्रेमगाहामगर, सेफ एसोसिएसन यूके संस्थापक अध्यक्ष कृष्ण तिमल्सिना, गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य रामशरण सिम्खडा, नेपाल पत्रकार महासंघ बेलायतका वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्याल, साझा नेपाली समाजका अध्यक्ष महेश अधिकारी, मनकामना महिला समूहकी उपाध्यक्ष देवी सापकोटा, गल्कोट नेपाली समाज यूके अध्यक्ष राजु कंडेल, सिर्जनशील समाजकी कोपिला अधिकारी, शान्ति नेपाली समाज यूके अध्यक्ष लिला बहादुर थापा, हाम्रो नेपाली समाज अध्यक्ष शिव खरेल, नटिंगहम नेपाली समाज अध्यक्ष गोविन्द खरेल लगायतले शुभकामना मन्तव्य दिएका थिए । 

 

एशोसिएसनका संस्थापक अध्यक्ष कृष्ण तिमल्सेनाले भूकम्पबाट प्रभावित स्कुलको पुस्तकालय बजेट अभावमा संचालन हुन नसकेको अवस्थामा सेफ एशोसिएसन सहयोगमा जुटेको बताए । कार्यक्रमका सभापति एवं एशोसिएसनका अध्यक्ष दधि आचार्यले कार्यक्रमका सहभागी तथा सहयोगी सबैप्रति आभार प्रकट गरेका थिए । 

 

संस्थाको हालै सम्पन्न अधिवेशनमा नेतृत्व चयन गर्न गठित निर्वाचन समितिका प्रमुख आयुक्त रामशरण सिम्खडा तथा आयुक्तहरु फडिन्द्र भट्टराई र बिजन भट्टलाई सम्मान गरिएको थियो । एशोसिएसनका संस्थापक अध्यक्ष कृष्ण तिमल्सेनालाई समेत संस्थाप्रतिको योगदानका लागि विशेष सम्मान गरियो । 

 

 

कार्यक्रममा बेलायतका बिभिन्न शहरबाट आएका करिब ४ सय जना नेपालीहरुले सहभागीहरुको सहभागिता थियो । कार्यक्रममा वेलायतस्थित नेपाली सेफहरु, संघसँस्थाका प्रतिनिधीहरु, व्यवसायीहरु, पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो । 

 

कार्यक्रममा नेपालबाट आएका राष्ट्रिय कलाकारका साथै स्थानीय कलाकारहरु शिक्षा पौडेल, चञ्चल पन्थी लगायतले नृत्य देखाएका थिए । 

 

 


थप समाचार

अधिक मात्रामा नुन खानु आत्मघाती हुनसक्छ !

  • 11 minutes ago
अधिक मात्रामा नुन खानु आत्मघाती हुनसक्छ !

एजेन्सी । अधिक मात्रामा नुन खानु हुदैन भन्ने कुरा त मानिसहरुलाई थाहा नै छ । तर यस बारेमा अनुसन्धानकर्ताहरुले अचम्मित पार्नसक्ने खुलासा गरेका छन् । अनुसन्धानकर्ताहरुका अनुसार अधिक मात्रामा सोडियमको सेव

७ मुख्य एजेण्डासहित आइसीसी महासचिवमा डा शर्माको उम्मेद्वारी घोषणा ( प्रतिबद्धतापत्र)

  • 17 minutes ago
७ मुख्य एजेण्डासहित आइसीसी महासचिवमा डा शर्माको उम्मेद्वारी घोषणा ( प्रतिबद्धतापत्र)

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको महासचिव पदमा डा हेमराज शर्माले उम्मेदवारी घोषणा गरेका छन् । बेलायतबाट शर्माले आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गर्दै त्यसलाई कार्यान्वयन गर्न योजना र

१० तस्बिरमा हेर्नुहोस प्रियंकाको लुक्स

  • 22 minutes ago
१० तस्बिरमा हेर्नुहोस प्रियंकाको लुक्स

एजेन्सी । बलिउडमा स्थापित भएर हलिउडमा समेत आफ्नो कलाले प्रशंसा बटुलेकी अभिनेत्री हुन् प्रियंका चोपडा । उनको सन् १९८२ जुलाई १८ मा बिहारमा जन्म भएको हो । उनी सन् २००० मा मिस वल्र्ड बनिन् । उनले सन् २००३



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

अधिक मात्रामा नुन खानु आत्मघाती हुनसक्छ !

अधिक मात्रामा नुन खानु आत्मघाती हुनसक्छ !

एजेन्सी । अधिक मात्रामा नुन खानु हुदैन भन्ने कुरा त मानिसहरुलाई थाहा नै छ । तर यस बारेमा अनुसन्धानकर्ताहरुले अचम्मित पार्नसक्ने खुलासा गरेका छन् । अनुसन्धानकर्ताहरुका अनुसार अधिक मात्रामा सोडियमको सेवन आत्मघाती हुनसक्छ ।

विचित्र विश्व

यस्ता व्यक्ति जो कहिल्यै हेलमेट लगाउँदैनन्, तर प्रहरीले पनि जरिवाना लिँदैनन्

यस्ता व्यक्ति जो कहिल्यै हेलमेट लगाउँदैनन्, तर प्रहरीले पनि जरिवाना लिँदैनन्

एजेन्सी । भारतमा सवारी साधन सम्बन्धी नयाँ कानून लागु भएको छ । यसका साथै हेलमेट नलगाउने मानिस देखि लिएर सीट बेल्ट नलगाउने मानिससम्म तोकिएको जरिवाना लाग्ने डरले मानिस सुरक्षाको लागि भन्दा पनि जरिवानाको डरले हेलमेट लगाउन थालेका छन् ।