Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियलिबियामा भीषण बाढी, ६ हजार जनाको मृत्यु भएको पुष्टि

लिबियामा भीषण बाढी, ६ हजार जनाको मृत्यु भएको पुष्टि


एजेन्सी । लिबियामा तटीय क्षेत्रको ठुलो भूभाग समुद्रमा बग्दा जनधनको व्यापक क्षति भएको छ। मङ्गलबार रातिको घटनामा ६ हजारभन्दा बढीको मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख छ । १० हजारभन्दा बढी मानिस हराइरहेका छन्।

आँधीपछिको मुसलधारे वर्षाले डेर्ना नदीका दुई वटा बाँध फुट्दा आएको बाढी समुद्रमा मिसिएपछि भीषण बाढीसहित समुद्रको छाल बस्तीमा पसेर जनधनको व्यापक क्षति गरेको हो।

विश्व मौसम सङ्गठनका अनुसार आँधी प्रतिघण्टा ८० किलोमिटरको तेज गतिमा आएको थियो। जसले दुई वटा बाँध फुटाएपछि डेर्ना र आसपासका सहरका बस्ती समुद्रमा बग्न पुगेका हुन्। विपत्मा परेकाको उद्धारमा कठिनाइ आएकाले हजारौँ शव सामूहिक चिहानमा गाडिएका छन्। नेपाल र लिबियाबिच सन् १९७५ देखि कूटनीतिक सम्बन्ध स्थापना भएको हो।

युद्धग्रस्त मुलुक भएकाले पनि संयुक्त राष्ट्रसङ्घमार्फत लिबियामा नेपालका २३५ जना शान्ति सैनिक कार्यरत रहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। उनले नेपाली शान्ति सैनिक टोली समुद्रमा हेलिएको बस्तीभन्दा करिब ११२ किलोमिटर पर रहेकाले सकुशल रहेको जानकारी दिए। उनले भने, “नेपाली शान्ति सैनिकको टोली सुरक्षित छ र आफ्नो काम गरिरहेको छ।”

नेपालबाट वैदेशिक रोजगारीका लागि अवैधानिक रूपमा लिबियामा काम गर्न पुग्ने र युरोप जान समुद्रको बाटो हुँदै जाँदा त्यहाँ केही समय बस्ने भएकाले त्यसको यकिन तथ्याङ्क भने छैन। वैदेशिक रोजगार विभागका निर्देशक कविराज उप्रेतीले सरकारले लिबियालाई रोजगारमा जान निषेधित गरेको देशमध्ये रहेको जानकारी दिए।

रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ र रेड क्रिसेन्ट सोसाइटीको टोली उद्धार र उपचारका लागि खटिएको छ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले आँधीले निम्त्याएको विपत्पछि लिबियामा हजारौँ मानिस प्रभावित भएको बताए। समुद्र नजिकको बस्तीमा एक लाखभन्दा बढीको जनसङ्ख्या रहेको अनुमान छ। अस्पताल, सञ्चार, विद्युत् र यातायातबाट विच्छेद भएको बस्ती त्यहाँ काम गर्ने सहायता समूहले सम्हाल्न नसक्ने अवस्थामा रहेको छ।

विश्व स्वास्थ्य सङ्गठनका प्रवक्ता मार्गरेट ह्यारिसले लिबियामा आपत्कालीन अवस्था आएको बताउँदै त्यहाँ १८ लाख मानिस प्रभावित बनेको संयुक्त राष्ट्रसङ्घलाई जानकारी दिए। विश्वका ४० भन्दा बढी देशबाट युरोप जाने ट्रान्जिट देश भएकाले थुप्रै आप्रवासी विपत्मा परेको हुन सक्ने अनुमान संयुक्त राष्ट्रसङ्घीय आप्रवासी सङ्गठनले गरेको छ। एजेन्सीका अनुसार त्यहाँ ६० हजारभन्दा बढी आप्रवासी रहेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

भारतको कश्मीरमा डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी । भारत प्रशासित कश्मीरमा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा केही बालबालिका बेपत्ता

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन दूतावासको आग्रह

काठमाडौँ। इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध

युक्रेनको पावर प्लान्टमा रुसको आक्रमण

काठमाडौँ । रुसले युक्रेनको ठूलो मध्येको एक पावर प्लान्टमा आक्रमण गरी ध्वस्त बनाइदिएको छ । विहीबार कियभ क्षेत्रमा रहेको ट्रिपिलिस्का

गाजाको शरणार्थी शिविरमा इजरायलको हवाई आक्रमण

काठमाडौँ । गाजामा रहेको शरणार्थी शिविरमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा १४ जना प्यालेस्टाइनी नागरिकको ज्यान गएको छ । गएराति

Techie IT