IIMS College

ISMT

HUB Education

क्षेत्री समाज बेलायतले गर्यो पितृशोकमा परेका बस्नेतलाई आर्थिक सहयोग

  • आइतबार, १७ चैत, २०७५
  • 1 year ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

लण्डन । डाटफोर्ड, केन्ट निवासी पवित्र विक्रम बस्नेतलाई पितृशोक परेको छ ।  उनका बुवा प्रकाश विक्रम बस्नेतको बेलायत भ्रमणको क्रममा अकस्मात हृदयघात हुन गइ उपचारका क्रममा निधन भएको हो । 

 

 उनको आई सी युमा २१ दिनसम्म उपचार चलेको थियो । 

 

 उनको उपचारका कारण आर्थिकभार भएपछि चुनौती थपिएको थियो ।  मेडिकल इन्सुरेन्स नभएको र अस्पतालको महँगो खर्च भुक्तानी गर्ने अवस्था भएपछि उनको परिवारलाई क्षेत्री समाज बेलायतले सहयोग गरेको छ । 

 

समाजका उपाध्यक्ष तथा आपत्कालिन राहत कोषका संयोजक यज्ञ क्षेत्रीको संयोजनको परिवारलाई सहयोगका लागि अपिल गरेका थिए । 

 

एक हप्ताको समयसिमामा उनलाई १३९१ पाउण्ड सहयोग गरिएको छ । उनलाई समाजका अध्यक्ष राजन क्षेत्रीले बिक्रम बस्नेतको निवासमा उठेको रकम हस्तान्तरण गरेका हुन् । उक्त कठिन घडीमा सहयोग गर्ने सबैलाई क्षेत्री समाजले धन्यवाद दिएके छ । सो अवसरमा सल्लाहकार धन क्षेत्री, महासचिब कुमार केसी, कोषाध्यक्ष महेन्द्र केसी, यम भण्डारी, दीपक थापा, सुनिता गौतम, रमेश बास्तोला लगायतको उपस्थिति थियो ।

 

भर्खरै ऐतिहासिक कविता कन्सर्टबाट विकट सिन्धुपाल्चोकको टेकानपुरको विद्यालयलाई सम्पूर्ण ख़र्च कटाएर १७ लाख बचत गर्न सफल क्षेत्री समाज बेलायत विगत केही वर्षदेखि परोपकारी तथा मानविय कार्यमा बेलायतमा अग्रणी रूपमा देखिएको छ।

 


थप समाचार

सीमामा अलपत्र परेकालाई स्वदेश फर्काउन आग्रह

  • 1 minute ago
सीमामा अलपत्र परेकालाई स्वदेश फर्काउन आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले विदेशमा रोजगारी, गाँस र बाँसको समस्या भई घर फर्केका नेपालीको आवश्यक स्वास्थ्य परीक्षण गरी स्वदेशभित्र बस्न पाउने वातावरणको सिर्जना गर्न आग्रह गरेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ६ पुग्यो

  • 13 minutes ago
नेपालमा कोरोना संक्रमितको संख्या ६ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड – १९) संक्रमितको संख्या ६ पुगेको छ । बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्रेस ब्रिफिङमा अर्का एक व्यक्तिमा पनि संक्रमण देखिएको पुष्टि

कोरोना उपचार कोषमा रु एक अर्ब सहयोग

  • 1 hour ago
कोरोना उपचार कोषमा रु एक अर्ब  सहयोग

काठमाडाैँ । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा आज रु एक अर्ब बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजना गरेको एक समारोहमा उक्त रकम प्रधानमन्त्री तथा मन



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

काठमाडौँ । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ ।यस दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो ।

विचित्र विश्व

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

एजेन्सी । युरोप महाद्वीपको उत्तरमा अवस्थित सुन्दर देश हो नर्वे । यो देश पृथ्वीको उत्तरी ध्रुवमा रहेकाले नर्वे चिसो तथा बरफका कैयौं पहाडहरुले भरिएको छ ।