बल्ल स्वीकारे सम्बन्ध

Education Park

श्रीमान–श्रीमती स्वीकारेर बसे पनि लामो समयसम्म निर्माता छविराज ओझा र अभिनत्री शिल्पा पोखरेलले आफ्नो सम्बन्ध लुकाएर दर्शकलाई मुर्ख बनाइरहे । अभिनेत्री रेखा थापासँग डिभोर्स भएपछि छविले शिल्पालाई फिल्म क्षेत्रमा ल्याएर अगाडि बढाए । र आफैले दुवै नजिक भएको सूचना चुहाए । फिल्म क्षेत्रका अधिकांश दुवैको सम्बन्धको बारेमा जानकार थिए, तर सँधै प्रेमी–प्रेमीकाको रुपमा मात्रै परिचय दिए ।

 

सुटुक्क आफन्तहरु बोलाएर विवाह गरे । कन्यादान दिने ब्यक्तिको नाम खुल्यो । तापनि विवाहबारे सोच्दैछौं भनेर मुर्ख बनाउने प्रयास गरिरहे । ओझाकी पूर्वपत्नी थापाले आफ्नो डिभोर्स भइसकेको र शिल्पासँग विवाह गरिसकेको ब्यक्तिसँग आफ्नो नाम नजोड्न सार्वजनिक रुपमै आग्रह गरिन् साञ्चारकर्मीलाई । तापनि ओझा दम्पतीले स्वीकारेनन् ।

 

दुवै आफ्नो सम्बन्धबारे नबोलेको भए चासो नै हुदैनथ्यो । विवाह गरेर पनि विवाह गर्ने सोचमा रहेको छ भन्दै डाँटिरहेपछि एक वर्षअघि दुवैको विवाहको फेहरिस्ता खोलिएपछि विवाहबारे सार्वजनिक रुपमा बोल्न छोडेका थिए ।

 

सत्य कतिदिन लुक्न सक्थ्यो र ? आखिर ओझा आफैले सामाजिक सञ्जालमा शिल्पासँगको तस्वीर राखेर सम्बन्ध स्वीकार्दै अंग्रेजीमा लेखे, ‘मेरो जीन्दगीको सुरुवात तिमीसँगै हुन्छ । र म चाहन्छु यसको अन्त्य पनि तिमीसँगै होस् । कोही यो कुरामा केही भन्न चाहन्छ भने अब म त्यो कुरा सुन्ने पक्षमा छैन ।’

 

ठीकै छ त, ढिलै भएपनि स्वीकार्नु राम्रो हो ।

 

यो जानकारी आजको शुक्रबार साप्ताहिकबाट ।


थप समाचार

‘दबंग ३’ मा यी अभिनेत्रीसँग रोमान्स गर्दैछन् सलमान खान

  • 1 hour ago
‘दबंग ३’ मा यी अभिनेत्रीसँग रोमान्स गर्दैछन् सलमान खान

एजेन्सी । फिल्म ‘भारत’ को सफलतासँगै सलमान खान फिल्म ‘दबंग ३’ को तयारीमा जुटिरहेका छन् । उक्त फिल्मको फ्ल्याशब्याक सीनको लागि उनले ७ किलो तौल कम गर्न परेपछि उनी खाली समयमा आफ्नो फिटनेसमा ध्यान दिईरहेका

आँप खानुका फाइदैफाइदा

  • 2 hours ago
आँप खानुका फाइदैफाइदा

एजेन्सी । आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।

फिल्म ‘साहो’ को शुटिङ सकियो

  • 2 hours ago
फिल्म ‘साहो’ को शुटिङ सकियो

एजेन्सी । बाहुबली स्टार प्रभास १५ अगस्टमा रिलिज हुने फिल्म ‘साहो’ को लागि एकदमै उत्साहित छन् । उनले फिल्म ‘साहो’ सँग सम्बन्धित खबरहरु आफ्नो सामाजिक सञ्जालमा शेयर गरेका हुन्छन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

आँप खानुका फाइदैफाइदा

आँप खानुका फाइदैफाइदा

एजेन्सी । आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ ।