डिसेम्बर २२ मा 'छक्का पञ्जा ३' लण्डनमा

  • बिहीबार, २० मंसिर, २०७५
  • 2 months ago
  • युके

 

लण्डन । वर्षकै सर्वाधिक सफल तथा रुचाइएको चलचित्र 'छक्का पञ्जा ३' यहि डिसेम्बर तेस्रो साता लण्डनका दर्शकले पनि हेर्न पाउने भएका छन् । 

 

बेलायतका  विभिन्न ठाउंमा सम्पन्न भएका चलचित्रका १० वटा शोको सफलतापछि लण्डनका दर्शकमाझ चलचित्र प्रदर्शन गर्न लागिएको हो । 

 

बेलायतमा छक्का पञ्जा ३ प्रदर्शनको जिम्मेवारी लिएको नेप्लिज इन्टरटेनमेन्ट यूके समुहका एक सदस्य अनिल मल्लका अनुसार डिसेम्बर २२ का दिन लण्डनको ग्रिनफोर्ड टाउन हलमा चलचित्र देखाइनेछ । 

 

उक्त दिन सांझ ५ बजेदेखि हल खुल्ने र ६ बजे शो सुरु हुने जनाइएको छ । चलचित्र हेर्न स्टयाण्डर्ड टिकटको लागि अग्रिम लिंदा १२ पाउण्ड र शोकै दिन गेटमा लिंदा १५ पाउण्ड लाग्नेछ । बाल्कोनी टिकटको भने १५ पाउण्ड लाग्नेछ । 

 

यो शोलाई नेपाल फुड्स, काठमाडौं कर्नर र काठमाडौं ट्राभल एण्ड टुरले प्रायोजन गरेका छन् । 

 

नेप्लिज इन्टरटेनमेन्ट यूकेले छक्का पञ्जा ३ लाई यसअघि अल्डरसट, विन्चेस्टर, क्याटरिक, स्कटल्याण्ड, प्लमस्टिड, प्लेमाउथ, ननिटन, ब्ल्यानफोर्ड, मेडिस्टोन लगायतका ठाउंमा प्रदर्शन गराइसकेको छ । समुहका सदस्य बिरेन खड्काका अनुसार बेलायतमा गरिएका यी शोहरुमध्ये अधिकांश हाउसफुल भएका छन् ।

 

नेप्लिज इन्टरटेनमेन्ट यूकेले बेजिंगस्टोक, स्वीण्डन, रेडिङ, ग्रेज लगायतका अन्य ठाउंमा पनि चलचित्र प्रदर्शन गर्ने योजना रहेको जनाएको छ । 

 

छक्कापञ्जा र यसको सिक्वेल छक्कापञ्जा २ दुवैको सर्वाधिक सफलतापछि दिपक राज गिरी र दिपाश्री निरौलाको समुहले निर्माण गरेको तेस्रो सिक्वेल हो छक्कापञ्जा ३ । दिपाश्री निरौला निर्देशित चलचित्रमा दिपकराज गिरी, प्रियंका गिरी, दिपिका प्रसाईं, अनुराग कुंवर, जितु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, किरण केसी, लक्ष्मी गिरी लगायतका कलाकारको अभिनय छ । 

 

 

 


थप समाचार

भारत भर्सेस पाकिस्तानः कुन देशसँग कति शक्तिशाली

  • 11 minutes ago
भारत भर्सेस पाकिस्तानः कुन देशसँग कति शक्तिशाली

एजेन्सी । अमेरिकाका पुर्व राष्ट्रपति बिल क्लिनटनले एक पटक भनेका थिए,‘भारतीय मध्य–महादेश र जम्मु काश्मिरको लाइन अफ कन्ट्रोल विश्वकै सबैभन्दा खतरनाक ठाउँ हो ।’ भारत–पाकिस्तानको डरलाग्दो दुश्मनीका कारण आ

अम्बानीको ड्राइभर बन्नको लागि हुन्छ यस्तो परीक्षा, तलब सुनेर उड्नेछ तपाईको होस

  • 15 minutes ago
अम्बानीको ड्राइभर बन्नको लागि हुन्छ यस्तो परीक्षा, तलब सुनेर उड्नेछ तपाईको होस

एजेन्सी । मुकेश अम्बानी एशियाको सबैभन्दा धनि व्यक्तिको सूचिमा पर्छन् । अम्बानी सबैभन्दा धनि व्यक्तिको सूचिमा तेस्रो नम्बरमा पर्छन् । जसको जीवनशैलीको विषयमा निकै चर्चा परिचर्चा हुने गर्छ ।

विवाह गरेपछि बलिउडलाई बाइबाइ गरेका अभिनेत्रीहरु

  • 18 minutes ago
विवाह गरेपछि बलिउडलाई बाइबाइ गरेका अभिनेत्रीहरु

बलिउडका थुप्रै चर्चित अभिनेत्रीहरुले विवाहपछि फिल्मी करिअर छोडेका छन् । विभिन्न कारणले उनीहरु अभिनयबाट बाहिरिएका हुन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

अम्बानीको ड्राइभर बन्नको लागि हुन्छ यस्तो परीक्षा, तलब सुनेर उड्नेछ तपाईको होस

अम्बानीको ड्राइभर बन्नको लागि हुन्छ यस्तो परीक्षा, तलब सुनेर उड्नेछ तपाईको होस

एजेन्सी । मुकेश अम्बानी एशियाको सबैभन्दा धनि व्यक्तिको सूचिमा पर्छन् । अम्बानी सबैभन्दा धनि व्यक्तिको सूचिमा तेस्रो नम्बरमा पर्छन् । जसको जीवनशैलीको विषयमा निकै चर्चा परिचर्चा हुने गर्छ ।

विचित्र विश्व

यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

यस्तो पनि !  १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।