ISMT

HUB Education

विविध कार्यक्रमसहित आयोजना हुँदै क्षेत्री समाज यूकेको वार्षिक भेला

  • बिहीबार, ९ जेष्ठ, २०७६
  • 2 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

 

लण्डन । क्षेत्री समाज बेलायतले आफ्नो वार्षिक भेला कार्यक्रम आउँदो महिना गर्ने  भएको छ । समाजका संचार संयोजक नरेन्द्र बस्नेतका अनुसार यसवर्षको भेला लण्डनको फेल्थमस्थित इस्प्रिंगवेष्ट एकेडमी कलेजमा जुन ८ तारिखका दिन हुन लागेको हो ।

 

कार्यक्रमलाई सफल पार्न उपाध्यक्ष प्रतिमा केसीको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।उक्त कार्यक्रममा यस वर्ष शैक्षिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण सफलता हासिल गर्ने समाजका सदस्यहरु तथा उनीहरुका छोराछोरीहरुलाई विशेष सम्मान गरिने समाजले जनाएको छ ।

 

यस्तै सिन्धुपाल्चोकमा विद्युतीय पुस्तकालय निर्माणको लागी हालै सम्पन्न कविता कन्सर्ट तथा च्यारिटी कार्यक्रममा आफ्ना सृजना प्रस्तुत गर्ने सर्जकहरु रमेश कायस्थ, नृपेश उप्रेती, फडिन्द्र भट्टराई र रेखा खरेललाई सम्मान गरिने च्यारिटी कार्यक्रम संयोजक तथा समाजका सल्लाहकार राम शरण सिम्खडाले बताए ।

 

समाजका तर्फबाट गरिएका विभिन्न कार्यहरुलाई निकट भविष्यमा पनि उत्तिकै महत्वका साथ् अगाडी बढाइने समाजका अध्यक्ष राजन कुमार क्षेत्रीले बताए ।

 

बिगतका वर्षहरुमा बाढी पीडितहरुलाई आर्थिक सहयोग, गुल्मीमा आगलागी पीडितहरुलाई राहत सहयोग, हृदयघात भइ मृत्यु भएका परिवारहरुलाई सहयोग, अभिनेता दीपक क्षेत्री र गायक ओमविक्रम विष्टलाइ आर्थिक सहयोग र शान्ती अधिकारीलाई मृगौला प्रत्यारोपणको लागी आर्थिक सहयोग जस्ता परोपकारी काम समाजले गर्दै आएको छ ।

 

समाजले गत वर्ष समाजको लागी आपतकालीन राहतकोष र यस वर्ष सिन्धुपाल्चोकमा पुस्तकालय निर्माणको लागी भव्य च्यारिटी डिनर समेत सम्पन्न गरिसकेको छ ।

 

१ सय २० जना भन्दा बढी आजीवन सदस्य रहेको यस समाजमा यस वर्ष मात्र सदस्यता लिएका नयाँ सदस्यहरुलाई यहि कार्यक्रममा सम्मानसहित सदस्यता प्रदान गरिने कार्यवाहक कोषाध्यक्ष महेन्द्र केसीले बताए ।त्यसैगरी, युवाहरुलाई सक्रिय बनाउने उद्धेश्यले बाल तथा युवाहरुको छोटो मन्तव्य, सांस्कृतिक कार्यक्रम तथा कविता जस्ता कार्यक्रमहरु समावेश गरिनेछ भने सहभागीहरुलाई पूर्ण मनोरंजन दिनको लागी समाजका तर्फबाट स्थानीय कलाकार र नेपालबाट बेलायत आएका चर्चित लोक तथा दोहोरी कलाकारहरुले समेत विशेष प्रस्तुति दिनेसमाजका महासचिव कुमार केसीले जानकारी दिए ।

 

कार्यक्रमको लागि हल बुकिंग, अतिथि तथा कलाकार निमन्त्रणा जस्ता कार्यहरु पूरा भइसकेका छन् भने सौजन्य सहयोग र टिकट बिक्रि वितरण लगायतका कामहरु भइरहेको बस्नेतले जनाए ।

 

कार्यक्रमलाई सफल पार्नका लागि समाजका तर्फबाट समस्त बेलायतवासी क्षेत्री बन्धुहरुलाई निमन्त्रणा गरिएको छ ।

 

क्षेत्री समाज यूके बेलायतमा निकै व्यवस्थित र सक्रिय संगठनको रुपमा परिचित संस्था हो । यसले गर्ने विविध कल्याणकारी तथा मनोरन्जनात्मक कार्यक्रमहरुमध्ये हरेक वर्ष गरिने वार्षिक भेला कार्यक्रम एक प्रमुख कार्यक्रम हो । उक्त कार्यक्रममा यूकेभर छरिएर रहेका अधिकांश क्षेत्री तथा गैर क्षेत्रीहरुको बाक्लो उपस्थिति रहने गर्दछ ।

 

 


थप समाचार

अन्ततः रवि पक्राउ प्रकरणबारे बोलिन् भरतपुरकी मेयर रेणु दहाल

  • 5 hours ago
अन्ततः रवि पक्राउ प्रकरणबारे बोलिन् भरतपुरकी मेयर रेणु दहाल

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछि चितवनमा विकास भएका एकपछि अर्को घटनाबारे मौन रहेकी भरतपुर महानगरपलिकाकी मेयर रेणु दाहालले मुख खोलेकी छिन् ।

यी हुन् बलिउडका प्रभावशाली जोडिहरु

  • 6 hours ago
यी हुन् बलिउडका प्रभावशाली जोडिहरु

एजेन्सी । बलिउड विश्वमा छुट्टै पहिचान बनाएको फिल्मी दुनियाँ हो । बलिउडको चर्चा विश्वमै हुने गर्छ । बलिउड आँफैमा ठूलो परिवार रहेको छ, भने यस क्षेत्रभित्र पनि आफ्ना श्रीमान–श्रीमतीको छुट्टै पहिचान रहेको

घोडाघोडी नगरपालिकामा कर्मचारीको अभाव

  • 6 hours ago
घोडाघोडी नगरपालिकामा कर्मचारीको अभाव

घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिकामा कर्मचारीको अभाव हुँदा एउटै सचिवले तीन वडामा सेवा दिनुपर्ने बाध्यता छ । एउटा वडा सचिवले फरक फरक वडामा गएर सेवा दिँदा आफूलगायत स्थानीयवासीलाई समस्या हुने



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

सत्य बोल्दा मन शान्त हुनुका साथै समस्याहरु पनि टाढा हुन्छ !

सत्य बोल्दा मन शान्त हुनुका साथै समस्याहरु पनि टाढा हुन्छ !

काठमाडौं । महाभारतको वनपर्वमा उल्लेख गरिएको छ, सत्य बोल्ने मानिसलाई के–के फाइदा हुन्छ । यसका अलावा महाभारतमा सबै कुराहरु बताइएको छ जसले हाम्रो जीवनसँग सरोकार राख्छ । यसका साथै सत्य बोल्नाले भगवान पनि प्रसन्न हुन्छन् । मुख्यतया सत्य बोल्ने व्यक्तिलाई यी चार कुराहरु प्राप्त हुन्छ ।

विचित्र विश्व

नौ वर्षीय बालकले ५० वर्षअघिको सन्देश बोतलभित्र भेटेपछि...

नौ वर्षीय बालकले ५० वर्षअघिको सन्देश बोतलभित्र भेटेपछि...

एजेन्सी । अष्ट्रेलियाका नौ वर्षे बालक ज्या इलियटले समुद्री किनारमा बोतलभित्र रहेको एक सन्देश भेटेका छन् । उक्त सन्देश ५० वर्षभन्दा अघि ब्रिटिस लेखक पल गिलमोरले हिन्द महासागरमा छाडेका थिए ।