प्रधानन्यायाधीशमा सिफारिस मिश्र संसदीय सुनुवार्इ समितिसमक्ष प्रस्तुत

न्यायपालिकाकाे जनअास्था वृद्धिलार्इ प्राथमिकतामा राखेकाे जानकारी

  • सोमबार, २५ भदौ, २०७५
  • 9 months ago
  • नेपाल
Education Park

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्र संसदीय सुनुवाई समितिसमक्ष प्रस्तुत भएका छन् ।

 

सुनुवाई समितिले ९ बजे बोलाएको बैठकमा प्रस्तुत भएका मिश्रले आफुविरूद्ध परेका उजुरीबारे जवाफ दिदैँ न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिलाई प्राथमिकतामा राखेको बताए ।

 

‘न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि गर्नु र न्यायिक काम–कारवाहीको प्रभावकारी अनुगमन गरी भ्रष्टाचारजस्ता कार्य रोक्ने प्रयास मबाट हुनेछ’, सुनुवाइ समितिमा आफ्ना योजनाबारे जानकारी दिँदै मिश्रले भने ।

 

मिश्रले न्यायिक काम–कारबाहीको प्रभावकारी अनुगमन गरेर अदालतको भ्रष्टाचार रोक्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

 

न्यायपालिकामा समावेशीकरणको विषय उठेको प्रसङ्गमा उनले उनले संविधानको मर्मअनुसार अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । ‘योग्यता पुगेका खासगरी न्यायाधीश नियुक्तिमा समावेशिताको पहल गर्नेछु’, मिश्रले भने । 

 

मिश्रले आफ्नो करिअरमा १७ हजार मुद्दाको फैसला गरेको जानकारी गराउँदै आमाको नामबाट नागरिकता दिलाउन, फोहोर मैला नियन्त्रणका लागि होर्डिङ बोर्ड हटाउन गरेको आदेशलगायतलाई महत्त्वपूर्ण फैसलाको रुपमा पेश गरे ।


थप समाचार

बारम्बार डकार आउँछ ? यस्ता हुनसक्छ कारण

  • 3 hours ago
बारम्बार डकार आउँछ ? यस्ता हुनसक्छ कारण

खाना खाएपछि डकार आउनु यसलाई पाचनसँग जोडेर हेर्ने गरिन्छ । तर, बिनाकारण बारम्बार डकार आउनु भने चिन्ताजनक समस्या हो ।

विभागका महानिर्देशकसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • 3 hours ago
विभागका महानिर्देशकसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि आधुनिकीकरण परियोजनामार्फत प्रयोगशाला मोबाइल भ्यान खरीद गर्दा भ्रष्टाचार गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर

यस्ता राेगहरू छ भने आँप खाँदै नखानुहाेस्

  • 3 hours ago
यस्ता राेगहरू छ भने आँप खाँदै नखानुहाेस्

गर्मी महिनामा आँप सहज रुपमा पाइन्छ । बच्चादेखि बुढासम्म सबैलाई यो फल मनपर्छ । यो फल स्वास्थ्यका लागि पनि राम्रो मान्निछ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

बारम्बार डकार आउँछ ? यस्ता हुनसक्छ कारण

बारम्बार डकार आउँछ ? यस्ता हुनसक्छ कारण

खाना खाएपछि डकार आउनु यसलाई पाचनसँग जोडेर हेर्ने गरिन्छ । तर, बिनाकारण बारम्बार डकार आउनु भने चिन्ताजनक समस्या हो ।

विचित्र विश्व

७० वर्षमा गर्भवती भएकी यी महिला...

७० वर्षमा गर्भवती भएकी यी महिला...

एजेन्सी । उमेरले ७० वर्ष लागकी एक महिला गर्भवती भइन् । ७० वर्षको उमेरमा मानिसलाई हिडडुल गर्न नै गाह्रो हुन्छ । तर, एक महिलाले आफू ७० वर्षको उमेरमा पनि उनले आफू गर्भवती रहेको बताएकी हुन् ।