पहिलाे पटक नेपालमा बालचिकित्सासम्बन्धी परीक्षा सञ्चालन

फाइल फाेटाे
Education Park

काठमाडौँ । चिकित्सासम्बन्धी विश्व प्रसिद्ध रोयल कलेज अफ इङ्ल्याण्डले नेपालमा पहिलोपटक बालचिकित्सासम्बन्धी एमआरसिपिसिएच तहको परीक्षा सञ्चालन गरेको छ । पहिले सो तहको परीक्षा दिन बेलायत नै जानुपर्ने अवस्था रहेकामा अहिले नेपालबाट नै दिन सकिने भएको छ । 

 

रोयल कलेज अफ पिडियाट्रिक एण्ड चाइल्ड हेल्थ युके र कान्ति बाल अस्पतालसँगको सहाकार्यमा ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा आज र भोलि सञ्चालन हुने सो परीक्षाका लागि रोयल कलेज अफ पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ बेलायतबाट १५ जना विभागीय प्रमुख नेपाल आएका छन् । 

 

परीक्षामा नेपालका चारसहित भारत, मलेसिया, म्यान्मा र मध्यपूर्वका गरी २४ जना बालरोग चिकित्सक सहभागी छन् । 

 

आज यहाँ आयोजित कार्यक्रममा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले अस्पतालमा उपलब्ध विश्वस्तरीय सेवा सुविधा तथा विशेषज्ञहरु भएकाले रोयल कलेज अफ इङ्ल्याण्डले नेपालमा एमआरसिपिसिएच परीक्षाका लागि छनौट गरेको बताउँदै यसले अन्तर्राष्ट्रिय जगत्मा नेपाललाई चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

 

उहाँले राष्ट्रिय अन्तर्राष्ट्रिय सहकार्यमा यस किसिमका मेडिकल शिक्षा क्षेत्रका विविध विषयमा सहकार्य गरी अघि बढ्न अस्पताल तत्पर तत्पर रहेको बताउनुभयो । 

 

आरसिपिसिएचका रणनीतिक प्रमुख डा. रमेश मेहताले यस किसिमको परीक्षा नेपालमा सञ्चालन हुनु गर्वको विषय भएकाले यसले नेपाललाई सार्क मुलुकहरुको परीक्षा केन्द्रको रुपमा स्थापित गर्न सकिने सम्भावना रहेको बताए । 

 

उनले संसारभरका ३५ वटा मुलुकमा रहेका परीक्षा केन्द्रहरुमार्फत हरेक वर्ष ६ हजार बालरोग विशेषज्ञको परीक्षा लिने गरिएको समेत जानकारी दिए । 

 

आरसिपिसिएचका सिनियर एक्जामिनर डा. मिथलेश लालले पहिलोपटक नेपालमा हुन लागेको एमआरसिपिसिएच परीक्षा यस पटक परिमार्जित तथा प्राविधिक हिसाबले समेत थप स्तरीय रहेको उल्लेख गरे । 

 

आरसिपिसिएच सिनियर एक्जामिनर डा चन्डेश्वर महासेठले धेरै वर्षको प्रयासपछि नेपालले पहिलोपटक यस किसिमको परीक्षा सञ्चालन गर्ने अवसर पाएको बताउँदै यसबाट नेपाली चिकित्सा शिक्षा क्षेत्रले ठूलो फड्को मारेको बताए ।


थप समाचार

चुनावी प्रक्रियामा होमियो क्याट यूके, निर्वाचन जुलाई ७ मा

  • 6 hours ago
चुनावी प्रक्रियामा होमियो क्याट यूके, निर्वाचन जुलाई ७ मा

चितवन एड ट्रस्ट (क्याट) यूके चुनावी प्रक्रियामा होमिएको छ । आउँदो जुलाई ७ मा साउथ ईष्ट लण्डनस्थित मेरिडियन क्लब, चार्ल्टनमा हुने संस्थाको आठौं अधिवेसनबाट नयाँ नेतृत्व चुन्नको लागि चुनावी कार्यक्रमहरु

अम्बानीको घरको रहस्य

  • 7 hours ago
अम्बानीको घरको रहस्य

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेम

बुधबार गर्नुस् यस्ता काम, सधैँ तपाईलाई हुनेछ फलिफाप

  • 7 hours ago
बुधबार गर्नुस् यस्ता काम, सधैँ तपाईलाई हुनेछ फलिफाप

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

थाहा पाउनुहोस मेथीपानीका यी ५ फाइदा

एजेन्सी । मेथीको साग र मेथीदानाको उपयोग धेरै तरिकाले गर्न सकिन्छ र यो स्वास्थको लागि पनि धेरै फाइदाजनक हुन्छ ।

विचित्र विश्व

अम्बानीको घरको रहस्य

अम्बानीको घरको रहस्य

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै कुरा सुन्नु नै भएको होला ।