चिउँडो हेरेर थाहा पाउनुहोस् स्वभाव कस्तो ?

एजेन्सी । मानिसको अनुहारमा भएका हरेक अंगको आफ्नै महत्व छ । खासगरी मानिसलाई सुन्दर बनाउन अनुहारका अंगहरु महत्वपूर्ण हुन्छन् ।

 

तर समुन्द्र शास्त्रका अनुसार अनुहारका अंगहरुको सौन्दर्यजनक मात्र नभएर अरु पनि विभिन्न महत्व छन् । त्यस्तै महत्वपूर्ण अंग हो चिउँडो ।मानिसका स्वभाव, गुण अवगुण थाहा पाउन उसको चिउँडो हेरे पुग्ने समुन्द्र शास्त्रको दावी छ ।

 

थाहा पाउनुस् कस्तो चिउँडोको अर्थ के ?

 

सलक्क परेको चिउँडोः

 

तल माथि मिलेको र सोझो परेको चिउँडो शुभ मानिन्छ । यस्तो चिउँडो भएका ब्यक्ति सत्य बोल्ने र नियम पालना गर्ने हुन्छन् ।

 

यस्ता ब्यक्ति गम्भिर र कम बोल्ने स्वभावका पनि हुन्छन् । यिनीहरुको भनाइ अस्वीकार गर्न नसकिने खालको हुन्छ ।

 

यिनीहरु प्रेम गर्दा पनि निस्वार्थ भावले गर्छन् । यस्तो चिउँडो भएकाहरु आर्थिकरुपमा पनि बलिया हुन्छन् ।

 

गोलो चिउँडोः

 

यदि कसैको चिउँडो गोलो आकारको छ भने यस्ता ब्यक्ति भावुक हुने र साना साना कुरामा पनि भड्किने हुन्छन् । यस्ता ब्यक्तिले हरेक काम हतारमा गर्छन् र काम विगार्छन् पनि ।

 

आफूलाई क्रोधी देखाउने यिनीहरुको स्वभाव हुन्छ । क्रोधको समयमा उत्तेजित भएर असंयमित काम समेत गर्छन् । यस्त ब्यक्तिहरु आफ्नो कुरामा अडिग हुन्छन् र स्पष्ट कुरा गर्छन् ।

 

अण्डाकार चिउँडोः

 

अण्डाकार चिउँडो पनि शुभ मानिन्छ । यस्तो चिउँडो हुनेहरु चकचके र कलाप्रेमी हुने बताइन्छ । यिनीहरु ब्यवहारिक र उच्च विचारका समेत हुन्छन् । यस्ता ब्यक्तिले कला क्षेत्रमा चर्चा कमाउँछन् ।

 

लामो चिउँडोः

 

जुन ब्यक्तिको चिउँडो लाम्चो आकारको हुन्छ त्यस्ता ब्यक्तिमा धेरै गुण हुन्छन् । यस्ता ब्यक्ति स्थिर स्वभावका हुन्छन् एउटा काम थालेपछि त्यसलाई पुरा गर्छन् । काम पुरा नगरी थकाइ नमार्ने यिनीहरुको चलन हुन्छ ।

 

सानो चिउँडोः

 

सानो चिउँडो भएका ब्यक्ति आल्छी र असन्तोषी हुन्छन् । यस्ता ब्यक्ति समस्याबाट भाग्छन् । यिनीहरुको महत्वाकाँक्षा हुँदैन । कामचोर र ठग स्वभाव हुन्छ ।

 

बाहिर निस्किएको चिउँडोः

 

बाहिर उछिट्टिएको चिउँडो भएका ब्यक्ति कर्मठ हुन्छन् । यस्ता ब्यक्ति धुर्त र कपटी समेत हुन्छन् । यस्ता ब्यक्तिलाई भरोसा गर्न सकिन्न् ।

 

बर्गाकार चिउँडोः

 

जुन ब्यक्तिको चिउँडो समकोण भएको हुन्छ । यस्ता ब्यक्तिलाई आर्थिक समस्या पर्दैन । यिनीहरुको कामुकता बढी हुन्छ र काम बासनाका लागि धन दौलत खर्च गर्न पनि पछि पर्दैनन् ।


थप समाचार

यदी मैले खेलाडी छान्न पाइन भने क्लब छोडिदिन्छुः जिदान

  • 6 minutes ago
यदी मैले खेलाडी छान्न पाइन भने क्लब छोडिदिन्छुः जिदान

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले खेलाडी छनोटमा आफू स्वतन्त्र हुनुपर्ने धारणा व्यक्त गरेका छन् । घरेलु लिग ला लिगको अन्तिम खेल अघि शनिबार पत्रकारहरुसँग कुरा गर्दै उनले त्य

हरेक घरमा आगो निभाउने उपकरण अनिवार्य

  • 13 minutes ago
हरेक घरमा आगो निभाउने उपकरण अनिवार्य

भद्रपुर । झापाको अर्जुनधारा नगरपालिकाले आगलागीलाई तत्काल नियन्त्रण गर्न सकियोस् भनेर हरेक घरमा अग्निप्रतिरोधात्मक सामग्री अनिवार्यरूपमा राख्नुपर्ने नियम लागू गरेको छ ।

उपकरण आउन ढिला भएपछि वन्यजन्तु अस्पताल प्रयाेगविहीन

  • 19 minutes ago
उपकरण आउन ढिला भएपछि वन्यजन्तु अस्पताल प्रयाेगविहीन

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहास्थित वन्यजन्तुको अस्पतालको भवन निर्माण भए पनि उपकरण आउन ढिलाइ भएपछि प्रयोगविहीन बनेको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

रोग लाग्न नदिन भिटामिन ‘ए’

रोग लाग्न नदिन भिटामिन ‘ए’

भिटामिन ‘ए’ शरीरलाई अत्यावश्यक रासायनिक यौगिक हो । मानव स्वस्थ्यका लागि ज्यादै कम मात्रामा भिटामिन ‘ए’ आवश्यक हुन्छ । तर, स्वास्थ्य रहन र रोगप्रतिरोधी क्षमता बढाउन त्यो ज्यादै महत्वपूर्ण हुन्छ ।

विचित्र विश्व

दैनिक रक्सी पिउनुहुन्छ ? यी कुरा थाहा पाइराख्नुहोस्

दैनिक रक्सी पिउनुहुन्छ ? यी कुरा थाहा पाइराख्नुहोस्

एजेन्सी । अल्कोहलबाट केही समयको लागि खुसी मिले पनि यो लामो समयका लागि हानिकारक हुने एक अध्ययनले देखाएको छ । अल्कोहोल पिउनेहरुलाई अल्कोहल पिउँदा नपिउनेहरुभन्दा धेरै खुसी मिल्नेगर्छ । तर, खुसी हुनका लागि पिउनेहरु जसलाई अल्कोहलको लत लागेको छ उनीहरु आफ्नो जीवनदेखि कम सन्तुष्ट हुन्छन् ।