Techie IT
२०८१ वैशाख ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालदेव उद्यान गौशालालाई बक्यौता बुझाउन आग्रह

देव उद्यान गौशालालाई बक्यौता बुझाउन आग्रह


काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले देव उद्यान गौशालालाई मङ्लबारसम्म बक्यौता बुझाउन आग्रह गरेको छ । कोषले आज एक सार्वजनिक सूचना निकालेर तिर्नुपर्ने बाँकी बक्यौता बुझाउन र नयाँ सम्झौता गर्न गौशालालाई अनुरोध गरेको विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।

उनका अनुसार कोषको साउन १ गतेको निर्णयबाट गठित बाँकी बक्यौता असुली कार्य टोलीले स्थलगत रुपमा अनुगमन गरी कोषअन्तर्गत रहेका पसल, पार्किङको बक्यौता रकम कार्यालयमा दाखिला गर्न अनुरोध गरेको थियो ।

पटक(पटकको टेलिफोन सम्पर्कबाट ताकेता गर्दा केही सञ्चालक व्यक्तिरफर्मरसंस्थाले आंशिक रकम कोषको बैंक खातामा दाखिला गरी कोषको कोष तथा आय लेखा व्यवस्थापन शाखामा भौचर बुझाएको र त्यसमा पनि कतिपयले आंशिक मात्रै र कतिपयले नबुझाएको पाइएकाले भदौ १२ गते कार्यालय समयभित्र बाँकी बक्यौता बुझाउन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ ।

कोषले पत्राचार गरेको र कारणवस पत्र नपाएको भए सूचनालाई नै आधार मानेर तोकिएको समयसीमाभित्र आफूले तिर्न बाँकी रकम बुझाउन जानकारी गराएको छ । म्यादभित्र बाँकी बक्यौता नबुझाउनेलाई बक्यौता असुली कार्य टोलीको सिफारिसअनुसार कानुनी प्रक्रियाअनुसार कालोसूचीमा राखेर सम्बन्धित व्यक्तिरसंस्थारफर्मरकम्पनीको बैंक खातासमेत रोक्का राख्न सिफारिस गरी सरकारी बाँकीसरह असुलउपरको कारबाही गरिने चेतावनी दिइएको कोषका कार्यकारी निर्देशक डा। खतिवडाले बताए । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मोटरसाइकल दुर्घटनामा पत्रकार यादवको मृत्यु

काठमाडौँ । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक पत्रकारको मृत्यु भएको छ । रेडियो धनुषाधामका सञ्चालक तथा इन्युज ब्युरोका कार्यकारी सम्पादक

लगानी सम्मेलनमा ‘विस लिष्ट’ होइन व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताएका छन्

यस्तो छ कतारी अमिरको नेपाल भ्रमण तालिका

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज साढे चार बजे नेपाल आइपुग्ने कार्यक्रम छ । हाल

कतारसँग विभिन्न सम्झौताको तयारी

काठमाडौँ । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको आज हुने नेपालको दुई दिने भ्रमणका क्रममा दुई देशबिच

आज बालाजुको बाइसधारामा मेला

काठमाडौँ । आज बालाजुको बाइसधारामा मेला लागेको छ । चैत शुक्ल पूर्णिमामा लाग्ने मेलामा स्नान गर्न भक्तजनको भीड लागेको छ

कतारका राजालाई राष्ट्रपतिले विमानस्थलमा स्वागत गर्ने

काठमाडौँ । कतारका राजा शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएका छन्

Techie IT