'चीनलाई भाइरसबारे थाहा थियो, तैपनि मानिसहरुलाई चीनबाहिर जान दियो'

एजेन्सी । विश्वभर कोरोना भाइरसको कहर मच्चिरहेको छ । कोरोना भाइरसका कराण हालसम्म विश्वभर ३ लाख १६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । 

 

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४८ लाख नाघेको छ । 

 

कोरोना भाइरसलाई लिएर अमेरिका र चीनबीच वाक्युद्ध नै चलेको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले चीनमाथि अर्को गम्भीर आरोप लगाएका छन् । पोम्पेओले भनेका छन् कोरोना भाइरस फैलिनमा चीन दोषी रहेको छ ।  भाइरस फैलिने कुरा थाहा हुँदाहुँदै पनि चीनले जानाजानी मानिसहरुलाई देश बाहिर जान दिएको उनले आरोप लगाएका छन्।

 

एक मिडियासँगको अन्तर्वार्तामा उनले भनेका छन्, 'चीनले कोरोना भाइरस नियन्त्रण गर्न अहम भुमिका खेल्न सक्थ्यो । तर, उसकै कारण आज विश्वलाई ठुलो जोखिममा चीनले धकेलिदिएको छ । कोरोना भाइरस सुरुका दिनमा देखिदाँ मानिसहरूलाई ट्राभल  व्यान लगाउनु पर्ने थियो । तर, चीनले कुनै रोक लगाएन । चीनलाई जानी जानी उनीहरुलाई ट्राभल गर्न दियो । आज विश्व कोरोनाको चपेटामा परेकोछ  ।' 

 

पोम्पेओले भनेका छन्, 'यदि परिस्थिति अझ खराब हुँदै गयो भने अमेरिकाले चीनसँगको सबै सम्बन्ध तोड्नेछ।'

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि चीनलाई नै बारम्बार दोषी देखाउँदै आइरहेका छन् । उनले चीनका कारण आज विश्वले यो दुर्गति देखेको उनले आरोप लगाउँदै आइरहेका छन् । 


थप समाचार

१४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक

  • 1 hour ago
१४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रूपैयाँको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको दुबै सदनमा आर्थिक वर्ष २०७७–७८ को लागि बजेट प्रस्तुत

विदेशमा अलपत्र नेपाली फर्काउन बजेट विनियोजन

  • 1 hour ago
विदेशमा अलपत्र नेपाली फर्काउन बजेट विनियोजन

काठमाडौँ । सरकारले विदेशमा अलपत्र नेपाली फर्काउन आवश्यक बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत ग

श्रमिक र रोजगारदाताले तिर्नुपर्ने रकम सरकारले सामाजिक कोषमा जम्मा गरिदिने

  • 2 hours ago
श्रमिक र रोजगारदाताले तिर्नुपर्ने रकम सरकारले सामाजिक कोषमा जम्मा गरिदिने

काठमाडौँ । सरकारले ‘लकडाउन’ अवधिभरको श्रमिक र रोजगारदाताले जम्मा गर्नुपर्ने रकम स्वयंले नै सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदको संयु



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।