चीनको एकोहोरो रिसको सामना गर्दै अष्ट्रेलिया

सिड्नी । पछिल्लो समय अष्ट्रेलिया र चीनबीच राम्रो सम्बन्ध रहेको छैन । चीन र अष्ट्रेलियाबीच व्यापार युद्ध चलिरहेको विज्ञहरु बताउँछन् । करिब एक महिना अगाडि अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अमेरिकाको समर्थन गर्दै चीनले विश्वभर कोरोना भाइरस फैलाएको र यसबारे अनुसन्धान गर्नुपर्ने विषयमा अमेरिकाको समर्थन गरेका थिए ।

 

उक्त समर्थन लगत्तै चीनले यसको विरोध जनाएको थियो । अमेरिकाले पनि अष्ट्रेलियाको उक्त समर्र्थनको स्वागत गरेको थियो । तर, चीनले यसको कडा शब्दमा प्रतिकार नै गरेको थियो ।

 

चीन सरकारको स्वामित्वमा रहेको ग्लोबल टाइम्स मिडियाका सम्पादकले अष्ट्रेलियाको कडा विरोध गरेका थिए । उनले अष्ट्रेलियालाई चीनको चप्पलमा अड्किएको चुइगम भएको र यसलाई निकाल्न साना ढुंगाको प्रयोग गर्नुपर्ने बताएका थिए । उनले आफ्ना सन्तानहरु अष्ट्रेलिया पठाउँदा विशेष ध्यान दिन समेत आग्रह गरेका थिए । चीनबाट वर्षेनी हजारौँ विद्यार्थी अध्ययनका लागि अष्ट्रेलिया जाने गरेका छन् । तर, अमेरिकाको समर्थन गर्दा चीनले रुखो नीति अपनाएको समेत केही समिक्षकहरुको टिप्पणी रहेको छ । 

पछि अष्ट्रेलियाले उक्त विषयलाई लिएर घुमाउरो शैलीमा माफी पनि मागेको थियो । तर, चीनले अमेरिकाको समर्थनमा आफुहरुमाथि षड्यन्त्र रचेको भन्दै अष्ट्रेलियासँगको व्यापारमा चर्को कर लगाइदिएको छ ।

 

यसले अष्ट्रेलियाका किसानलाई ठुलो झट्का लागेको छ भने अष्ट्रेलियाको व्यापारमा पनि ठुलै चुनौती थपिएको छ । त्यस्तै अन्य सामानमा पनि चीनले करको दायरा बढाउने भएपछि उनीहरुबीचको विवाद झन् चुलिएको छ ।

 

तर, अष्ट्रेलियाका अधिकारीहरु भने यो विवाद विस्तारै साम्य हुनेमा आशावादी रहेका छन् । त्यस्तै केही विश्लेषकहरुले अमेरिकाका कारण अष्ट्रेलियाले चीनबाट दुःख पाइरहेको समेत बताएका छन् ।

 

अनाहकमा अष्ट्रेलियालाई बीचमा मुछेर अमेरिकाले आफ्नो स्वार्थ पुर्ति गर्न षड्यन्त्र गरेको अधिकारीहरुले विश्लेषकहरुले बताएका छन् । 


थप समाचार

लोक कल्याणकारी विज्ञापन अनलाइन सञ्चार माध्यमबाट समेत प्रसारण

  • 17 seconds ago
लोक कल्याणकारी विज्ञापन अनलाइन सञ्चार माध्यमबाट समेत प्रसारण

काठमाडौँ । सरकारले सूचना प्रविधिमा आधारित सञ्चार माध्यमलाई प्रवद्र्धन गर्ने उद्देश्यले सार्वजनिक सरोकार र लोक कल्याणकारी विज्ञापन अनलाइन सञ्चार माध्यमबाट समेत प्रसारण गर्ने भएको छ ।

खानेपानी मन्त्रालयलाई ४३ अर्ब १० करोड बजेट

  • 5 minutes ago
खानेपानी मन्त्रालयलाई ४३ अर्ब १० करोड बजेट

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि रु ४३ अर्ब १० करोड बजेट छुट्टाएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको बजेट पेश गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आवमा ९४ प्रतिशत जनसङ्ख्या

साढे ६ लाख रोजगारी सिर्जनाका आधार

  • 10 minutes ago
साढे ६ लाख रोजगारी सिर्जनाका आधार

काठमाडौँ । कोरोनाको करहबीच सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेटमार्फत करिब साढे छ लाख थप रोजगारी सिर्जना गर्ने आधार प्रस्तुत गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठ



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।