IIMS College

ISMT

HUB Education

चीनपछि पाकिस्तानले पनि दियो भारतलाई कडा जबाफः युद्ध नै गर्ने हो भने हामी पनि तयार

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले लगाइरहेको आरोपको अन्ततः कडा प्रतिक्रिया दिएका छन् । जम्मु काश्मिरमा भएको आत्मघाती आक्रमणपछि भारतले पाकिस्तान र चीनलाई आतंकवादीहरु संरक्षण गरेको आरोप लगाएको थियो । इमरानले भनेका छन्,‘यदी जम्मु काश्मिरमा भएको आक्रमणमा पाकिस्तानको हात भएको कुनै पनि प्रमाण दिल्लीले देखाउन सकेमा इस्लामाबाद कारबाही गर्न तयार छ ।’

 

उनले भनेका छन्, ‘हामीले बारम्बार भनेका छौँ । नयाँ पाकिस्तान निर्माणमा हामी लागि परेका छौँ । हाम्री स्वयम नै आतंकवादी समस्यासँग जुधिरहेका छौँ । यो समस्याका कारण पाकिस्तानले १०० अर्व डलर बबार्द भएको छ ।’

 

उनले थप्दै भने,‘यदी भारत पनि आवेगमा आएर आक्रामक निर्णय लिन्छ भने पाकिस्तानले पनि कडा जबाफ दिनेछ । हामीलाई कमजोर सम्झिनु भारतको पनि गल्ती हुनेछ । युद्ध नै गर्ने हो भने हामी पनि तयार रहेका छाैँ ।’

 

उनले भिडियो मेसेजमा भनेका छन्,‘दिल्लीले लगाएको आरोपको हामीले उतिखेरै जबाफ दिने तयारीमा हामी रहेका थियौँ । तर, साउदी अरबका राजकुमारको स्वागतमा हामी व्यस्त रहेका थियौँ । आधारहिन आरोप लगाउनु पहिला दिल्लीले संयम भएर सोच्ने बानी बसालोस् ।’

 

उनले भारतलाई प्रश्न गरेका छन्,‘किन पाकिस्तान ? केही प्रमाण छैन । तिमीले कहिल्यै सोचेका छौँ यो घटनाले पाकिस्तानलाई कसरी फाइदा हुन्छ । पुलावामा घटनामा पाकिस्तानलाई तान्नुभन्दा पनि पहिला दिल्लीभित्रै अध्ययन गर्नु आवश्यक छ ।’

 

उनले भनेका छन्,‘पाकिस्तान १५ वर्षदेखि आतंकवादविरुद्ध लड्दै आइरहेको छ । हालसम्म ७० हजार पाकिस्तानीहरुले ज्यान गुमाएका छन् । आतंकवादलाई निष्तेज पार्ने हाम्रो अभियान जारी रहेको छ । शान्ति र स्थिरता फर्किदैछन् । पुलावामा घटनाबाट हामीलाई के नै फाइदा आउँछ ।’

 

उनले दिल्लीलाई कडा शब्दमा भनेका छन्,‘तिमी कुनै घटना हुने बित्तिकै हामीलाई दोषी देख्छौँ । कहिल्यै काश्मिर मुद्धाबारे छलफल गर्न तिमी तयार भएका छौँ । जहिल्यै इस्लामाबादलाई दोष दिने काम बाहेक तिमीले केही गरेनौँ । यदी कसैले पाकिस्तानको माटो चलाउन खोज्छ भने हामीले पनि कडा जबाफ दिन तयार छौँ । आतंकवाद क्षेत्रिय समस्या हो । यसविरुद्ध लड्न हामी पनि उत्तिकै लागि परेका छौँ । अब भारतले पनि पाकिस्तानलाई हेर्ने नजरिया फेर्नु आवश्यक रहेको छ ।’

 

गएको हप्ता भएको उक्त डरलाग्दो आतंकवादी घटनामा परी ४० जना भारतीय जवानले ज्यान गुमाएका थिए । 

 

पाकिस्तानी अनलाइन द डनबाट


थप समाचार

भरतपुर अस्पतालमा एकाबिहानै ज्वरो आएकी युवतीको मृत्यु, स्वाब परीक्षण गरिने

  • 14 minutes ago
भरतपुर अस्पतालमा एकाबिहानै ज्वरो आएकी युवतीको मृत्यु, स्वाब परीक्षण गरिने

चितवन । भरतपुर अस्पतालमा आज (शुक्रबार) बिहान मृत्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ । परीक्षणको नतिजा नआएसम्म मृत शरीरलाई छुट्टै सुरक्षित राखिएको छ । परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठ

कोरोना कहरः फ्रान्समा नयाँ रेकर्ड

  • 19 minutes ago
कोरोना कहरः फ्रान्समा नयाँ रेकर्ड

एजेन्सी । फ्रान्समा कोरोनाभाइरसका कारण एकैदिन १३ सय ५५ ले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृतकको संख्या ५ हजार ३ सय ८७ पुगेको छ ।

डा. भट्टराई भन्छन्ः भाइरस मार्ने बन्दुक र गोलीले हैन होला !

  • 28 minutes ago
डा. भट्टराई भन्छन्ः भाइरस मार्ने बन्दुक र गोलीले हैन होला !

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले स्वास्थ्य सामग्री खरीदको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णयको आलोचना गरेका छन् । एक ट्वीट गर्दै



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

काठमाडौं । अनुहार र कपालको स्याहारबारे महिलाको तुलनामा पुरुष निक्कै अल्छी देखिन्छन् । पार्टी विशेष केही भयो भने उहीहरु हल्का मेकअप गर्न सक्छन्, कपालमा तेल लगाउन सक्छन्, तर नियमित रुपमा त्यत्ति चासो राख्दैनन् ।