चिनीयाँ मेडिकल टोलीले पोखरा विमानस्थलमा स्वास्थ्य शिविर

  • बिहीबार, २० मंसिर, २०७५
  • 7 months ago
  • नेपाल
Education Park

पोखरा । पोखराको निमार्णाधीन पोखरा विमानस्थलमा चिनीयाँ मेडिकल टोलीले  स्वास्थ्य शिविर चलाएका छन् । कार्यरत कर्मचारी तथा मजदुर र स्थानीयलाई लक्षित गरी पोखरामा निर्माणधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भित्र मेडिकल टोलीले  स्वास्थ्य शिवीर चलाएका हुन् ।

 

नेपाली र चिनीया गरी ३ सय जना मजदुरको स्वास्थ्य जाँच गराएको चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईका जनसम्पर्क अधिकृत कृष्ण चापागाईले बताए । दुई दिन सम्म चल्ने शिविरमा स्थानीयले पनि स्वास्थ्य जाँच गराएका थिए ।

 

स्वास्थ्य शिविरमा दाँत, मुख, पेट, छातीको स्वास्थ्य जाँच गरिनेको साथै, इसिजी, भिडियो एक्सरे, रगतको परिक्षण लगायतको सेवा दिइएको थियो । स्वास्थ्य परिक्षण पछि औषधी पनि निशुल्क प्रदान गरिएको जनसम्पर्क अधिकृत चापागाइले बताए ।

 

स्वास्थ्य जाँच गराएका मध्ये धेरैको छाती र मुखको समस्या देखिएको चिनीया मेडिकल टिमका प्रमुख डा लि सियोले जानकारी दिए । विमानस्थल निर्माणकालागि १ सय जना चिनीया र २ सय ५० जना नेपाली कार्यरत रहेको चापागाईले बताए । सन् १९९९ सय देखि चिनीया सरकारले नेपालका बिभिन्न स्थानमा मेडिकल टिम पठाएर स्वास्थ्य शिविर चलाउँदै आएको पनि उनले बताए ।

 

काठमाण्डौमा स्वास्थ्य शिविर चलाई सकेको चिनीया मेडिकल टोलीले पोखरामा दुई दिन स्वास्थ्य शिविर चलाएपछि लुम्बीनीमा पनि स्वास्थ्य शिविर चलाइने बताएको छ । ११ औं चाइनिज मेडिक टोलीमा भिन्न भिन्न विषयका १७ जना डाक्टरको टोलीले स्वास्थ्य शिविरमा बिरामीको स्वास्थ्यको अवस्था चेकजाँच गरेका थिए ।


थप समाचार

विविध कार्यक्रमसहित चार्ल्टनमा  समर कार्यक्रम 

  • 7 hours ago
विविध कार्यक्रमसहित चार्ल्टनमा  समर कार्यक्रम 

भलिबल प्रतियोगिता, ससाना बालबालिकाका गीत , नृत्यसहित राष्ट्रिय कलाकारका प्रस्तुति कार्यक्रमका मुख्य आकर्षण थिए । 

श्रावण महिनासंगै गुन्जियो पशुपतिनाथमा भजन (फोटोफिचर)

  • 10 hours ago
श्रावण महिनासंगै गुन्जियो पशुपतिनाथमा भजन (फोटोफिचर)

काठमाडौ ।२०६४ साल श्रावण २१ गते सोमबारका दिनदेखि पशुपतिनाथ मन्दिर, बागमती नदीतट, आर्यघाट, ब्रह्मनालको पूर्वी किनारा खुल्ला प्राङ्गगणमा आध्यात्मिक भावनाको जागरण गराउने उद्देश्यले सुरु भएको “श्री पशुपति

कागती प्रयोग गर्नुका फाइदैफाइदा

  • 10 hours ago
कागती प्रयोग गर्नुका फाइदैफाइदा

एजेन्सी । एउटा सानो कागतीले हामीलाई कतिसम्म फाइदा गर्छ भन्ने कुरा सुनेर तपाई अचम्ममा पर्न सक्नुहुन्छ । कागतीले शरीरको रोगसँग लड्ने क्षमता बढाउनुका साथै हरेक प्रकारको रोगबाट टाढा राख्न मद्दत पु¥याउँछ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

कागती प्रयोग गर्नुका फाइदैफाइदा

कागती प्रयोग गर्नुका फाइदैफाइदा

एजेन्सी । एउटा सानो कागतीले हामीलाई कतिसम्म फाइदा गर्छ भन्ने कुरा सुनेर तपाई अचम्ममा पर्न सक्नुहुन्छ । कागतीले शरीरको रोगसँग लड्ने क्षमता बढाउनुका साथै हरेक प्रकारको रोगबाट टाढा राख्न मद्दत पु¥याउँछ । आउनुहोस यस कागतीका महत्वपूर्ण फाइदाबारे चर्चा गरौं ।