Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थचौधरी ग्रुप र अदानी ग्रुपबीच सिमेन्ट व्यवसायका लागि रणनीतिक साझेदारी

चौधरी ग्रुप र अदानी ग्रुपबीच सिमेन्ट व्यवसायका लागि रणनीतिक साझेदारी


काठमाडौँ। चौधरी ग्रुप र भारतको अदानी ग्रुपबीच दुई देशबीच सिमेन्ट व्यापारको अभिवृद्धिका लागि रणनीतिक साझेदारीका लागि सहमति भएको छ।

नेपाल र भारतबीचको गहिरो सम्बन्धलाई अझै सुदृढ गर्दै लैजाने उद्देश्यका साथ दुई देशका व्यवसायिक घरानाले सिमेन्ट बिजनेसमा नयाँ अध्याय सुरु गरेको बताएका छन्।

नेपालसँग जोडिएका भारतीय राज्यहरूमा सिमेन्ट आपूर्तिमा सहजीकरण गर्ने उद्देश्यले यो साझेदारी गरिएको बताइएको छ। यस अवसरमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीले यो सहमति दुई राष्ट्रबीचको आर्थिक र व्यापारिक सम्बन्धलाई अभिवृद्धि गर्ने चौधरी ग्रुपको उद्देश्यमा एउटा महत्वपूर्ण कोशेढुंगा सावित हुने बताए।

“यो रणनीतिक सहकार्यबाट हामी आर्थिक वृद्धि र विकासमा सक्रिय रूपले योगदान दिँदै नेपाल–भारत आर्थिक र व्यापारिक सम्बन्धलाई अझ बढी सुदृढ पार्न चाहन्छौँ,” प्रवन्ध निर्देशक चौधरीले भने।

अदानी ग्रुपको सिमेन्ट व्यवसायसँगको साझेदारी नेपाल र भारतबीचको दिगो सम्बन्धको प्रमाणको रूपमा रहने विश्वास पनि दुवै पक्षको छ।

चौधरी ग्रुपले दशकौँदेखि एफएमसीजी, हस्पिटालिटी, रियल स्टेट, फाइनान्सलगायत क्षेत्रमा बलियो उपस्थिति जनाउँदै आएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

काठमाडौँ । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ । आज सोमवार शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ४१ अङ्कले

Techie IT