चीनबाट एक खर्ब सात अर्बको लगानी प्रतिबद्धता

Education Park

काठमाडौँ । एक हजार ३५८ उद्योग स्थापनाका लागि चीनबाट रु एक खर्ब सात अर्ब १७ करोड ६४ लाख १० हजारबराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । 

 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागका अनुसार हालसम्म चीनबाट एक हजार २९९ उद्योग स्थापनाका लागि रु ७९ अर्ब ४० करोड ५१ लाख ९० हजारबराबरको प्रतिबद्धता आएको छ । 

 

कृषि तथा वनजन्य उद्योग १००, निर्माण दश, ऊर्जासँग सम्बन्धित १८, सञ्चार प्रविधि १०, उत्पादनमूलक उद्योग २६५, खानीजन्य उद्योग ४७, सेवा क्षेत्र ४०३ र पर्यटन उद्योगसँग जोडिएका ४४६ उद्योग स्थापनाका लागि प्रतिबद्धता आएको हो । ती उद्योगबाट करीब ६० हजारले रोजगारी पाउनेछन् । उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले पछिल्लो दिनमा चिनियाँ लगानी बढ्दै गएको बताए । 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारदेखि गर्न लागेका चीन भ्रमणका क्रममा केही ठूला भौतिक पूर्वाधारका योजनामा चिनियाँ सहयोग उपलब्ध गराउन आग्रह गर्ने तयारी गरिएको छ । हिमालय सीमापार रेलमार्ग, विभिन्न सडक करिडोर निर्माण, ऊर्जा जलस्रोत क्षेत्रमा साझेदारी र लगानीका विषयमा प्रधानमन्त्रीको भ्रमणका क्रममा द्विपक्षीय सहमति गरिने बताइएको छ । 

 

आगामी आर्थिक वर्षमा आठ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको सरकारले स्वदेश्ी तथा विदेशी लगानीलाई विशेष प्राथमिकता दिएको छ । यस्तो सन्दर्भमा पछिल्लो दिनमा चिनियाँ लगानीको प्रतिबद्धता गुणात्मक र मात्रात्मकरुपमा समेत बढेको प्रवक्ता भुसालको भनाइ छ । 

 

विभागका अनुसार चीनको हङ्कङबाट ४० उद्योग स्थापनाका लागि रु २७ अर्ब ३६ करोड ६६ लाखबराबरको लगानी प्रतिबद्धता आएको छ । त्यसमा निर्माण दुई, ऊर्जा, दुई, सञ्चार प्रविधि एक, उत्पादनमूलक सात, सेवामूलक १४ र पर्यटनका १४ उद्योग स्थापनाका लागि प्रतिबद्धता प्राप्त भएको हो । ती उद्योगबाट करीब पाँच हजार जनाले रोजगारी पाउनेछन् । 

 

यस्तै चीनको ताइवानबाट १९ उद्योग स्थापनाका लागि रु ४० करोड ४६ लाख २० हजारबराबरको प्रतिबद्धता प्राप्त भएको छ । ती उद्योगले करीब एक हजारजनालाई रोजगारी प्रदान गर्नेछ । कृषि, सञ्चार प्रविधि, उत्पादनमूलक र सेवामूलक उद्योग र पर्यटनमूलक उद्योग स्थापना हुनेछन् । 

 

चीनबाट ठूला ३९, मझौला १०४ र साना एक हजार एक हजार १५६ उद्योग स्थापनाका लागि प्रस्ताव आएको विभागको भनाइ छ । यस्तै हङ्कङबाट ठूला ११, मझौला नौ र साना २० उद्योग स्थापनाका लागि प्रतिबद्धता आएको हो । विभागले दिएको जानकारीअनुसार चीनको ताइवानबाट एक ठूला उद्योग, चार मझौला र १४ साना उद्योग स्थापनाका लागि प्रस्ताव आएको छ । प्राप्त भएका प्रस्तावलाई आवश्यक प्रक्रिया पु¥याएर उद्योग स्थापनाका लागि स्वीकृति दिइसकिएको छ । 

 

पछिल्लो समयमा चिनियाँ लगानीकर्ता जलविद्युत्, सिमेन्ट, पर्यटन तथा सेवामूलक क्षेत्रमा आकर्षित भएका छन् । रु ३६ अर्ब लगानीको होङ्सी शिवम् सिमेन्ट उद्योगले उत्पादन शुरु गरिसकेको छ । यस्तै रु १५ अर्ब लगानीको अर्को सिमेन्ट उद्योग स्थापनाका लागि चिनियाँ कम्पनी हुवाजिनले लगानी बोर्डसँग प्रारम्भिक सम्झौता गरिसकेको छ । 

 

यस्तै पछिल्ला दिनमा निजी क्षेत्रको सहकार्यमा विभिन्न जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ लगानीकर्ता आकर्षित भएका छन् । सुपर साञ्जेन, रसुवा भोटेकोशी, खिम्ती दुई, त्रिशूली गल्छीजस्ता आयोजनामा चिनियाँ लगानी आकर्षित भएको छ । 

 

प्रधानमन्त्री ओलीको भ्रमणपछि थप लगानी भित्रने निजी क्षेत्रको विश्वास छ । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा सरकारी र निजी क्षेत्रको साझा प्रयत्नमा विकास निर्माणका योजना अगाडि बढाउन भ्रमणबाट थप बल पुग्ने विश्वास व्यक्त गरे । उनले प्रधानमन्त्रीको भ्रमणपछि केही ठूला परियोजनामा चिनियाँ लगानी भित्रने बताउनुभयो । यस्तै बुटवल पावर कम्पनीको साझेदारीमा करीब एक हजार मेगावाट क्षमताको आयोजना निर्माणका लागि चिनियाँ लगानी भित्र्याउने तयारीसमेत गरिएको छ । 


थप समाचार

प्रतिबन्धित नेकपाद्वारा सरकारी सवारीसाधनमाथि प्रतिबन्ध घाेषणा, साउन ७ गतेदेखि सडकमा गुड्न नदिइने

  • 6 minutes ago
प्रतिबन्धित नेकपाद्वारा सरकारी सवारीसाधनमाथि प्रतिबन्ध घाेषणा, साउन ७ गतेदेखि सडकमा गुड्न नदिइने

काठमाडौँ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको मध्य पश्चिम कमाण्डले सेतो नम्बर प्लेट भएका सरकारी सवारीसाधनहरूलाई सडकमा गुड्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ । मध्य पश्चिम कमाण्डका इन्चार्ज वीरजङद्वार

अभिनेता विवेकको त्यो फोहोरी व्यवहार...

  • 46 minutes ago
अभिनेता विवेकको त्यो फोहोरी व्यवहार...

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन अहिले बच्चन परिवारकी बुहारी भइसकेकी छिन् ।

घरको भित्तामा यस्ता लहराहरू भएका बोट विरुवा लगाउनु अशुभ मानिन्छ !

  • 49 minutes ago
घरको भित्तामा यस्ता लहराहरू भएका बोट विरुवा लगाउनु अशुभ मानिन्छ !

काठमाडौँ । हामी प्राय जसो हामी घर सजाउनको लागि घरको भित्तामा मनि प्लान्ट वा अन्य लहरे फुल जस्ता विरुवाहरु राख्ने गर्दछौ । तर, वास्तु शास्त्र अनुसार यसो गर्दा मानिसहरुका शत्रुहरु बढ्ने गर्दछन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

किन खाली पेटमा यी खानेकुराहरु खानुहुँदैन ? थाहा पाउनुहोस् के असर गर्छ

किन खाली पेटमा यी खानेकुराहरु खानुहुँदैन ? थाहा पाउनुहोस् के असर गर्छ

एजेन्सी । राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।

विचित्र विश्व

घरको भित्तामा यस्ता लहराहरू भएका बोट विरुवा लगाउनु अशुभ मानिन्छ !

घरको भित्तामा यस्ता लहराहरू भएका बोट विरुवा लगाउनु अशुभ मानिन्छ !

काठमाडौँ । हामी प्राय जसो हामी घर सजाउनको लागि घरको भित्तामा मनि प्लान्ट वा अन्य लहरे फुल जस्ता विरुवाहरु राख्ने गर्दछौ । तर, वास्तु शास्त्र अनुसार यसो गर्दा मानिसहरुका शत्रुहरु बढ्ने गर्दछन् ।