चीनलाई उत्तर कोरियाको आग्रह

प्योङयाङ । आफ्नो देशमाथि लगाउँदै आएको नाकाबन्दी हटाउन उत्तर कोरियाले चीनलाई आग्रह गरेको छ । 

 

गत जुन १२ मा अमेरिका र उत्तर कोरियाबीच ऐतिहासिक शिखर वार्ता सम्पन्न भएको थियो । सो वार्ताका क्रममा उत्तर कोरियाली नेता किमले निशस्त्रीकरणप्रति प्रतिवद्धता व्यक्त गरेका थिए । 

 

हाल उत्तर कोरियाले निशस्त्रीकरणको पालना गरेको बताएको छ । यस विषयमा अमेरिकाले पनि सकारात्मक प्रतिक्रिया दिएको बताइएको छ । 

 

यसैकारण उत्तर कोरियाले पनि आपूmलाई विगतमा नाकाबन्दीका कारण विश्व समुदायबाट अलग्याउने प्रयत्न गरिएको भन्दै हाल आफूले निशस्त्रीकरणको विषयमा सिङ्गापुर वार्ताको पालना गरेको भन्दै आफूमाथिको नकाबन्दी हटाउन माग गरेको हो । 

 

आइतबार प्योङ्याङमा केही चिनियाँ अधिकारीसँगको भेटकाक्रममा उत्तर कोरियाली विदेशमन्त्रीले यो माग गरेको प्राप्त समाचारमा जनाइएको छ । 

 

यो प्रस्ताव उनले चिनियाँ राष्ट्रपति सि चिनफिङसँग गत महिना भएको भेटका क्रममा पनि राखेको जापानी पत्रिका योमिउरी सिम्बुनले लेखेको छ । 

 

उत्तर कोरियाली नेता किम जोङ उनले चिनियाँ राष्ट्रपति सि चिनफिङसँग सो आग्रह गर्नुभएको जापानी पत्रिकाले आइतबारको संस्करणमा गत महिना दिइएको थियो । 

 

आफ्ना देशका विरुद्धको नाकाबन्दी हटाउनुपर्ने उत्तर कोरियाको माग रही आएको छ । यस विषयमा चीनको भने कुनै प्रतिक्रिया आएको छैन । 

 

यसअघि विश्वलाई नै धम्की दिनेगरी उत्तर कोरियाले एकोहोरोरुपमा अणुअस्त्र उत्पादनको काम गर्दै आएको थियो । त्यसपछि भने चीन मात्र नभएर संयुक्त राष्ट्रसंघ र अमेरिकाले पनि उत्तर कोरियामाथि नाकाबन्दी लगाएका थिए । 


थप समाचार

बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

  • 4 hours ago
बेक्स्ली नेपाली कम्युनिटीले पहिलोपटक मनायो ल्होछार

बेक्स्ली, केन्ट । बेक्स्ली नेपाली कम्युनिटी यूकेले यस वर्ष पहिलोपटक एक कार्यक्रमसहित ल्होछार मनाएको छ ।

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

  • 9 hours ago
उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

  • 9 hours ago
काङ्ग्रेसले डा केसीलाई बोकेर मात्र हुँदैन: भट्टराई

बनियानी । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का नेता एवं संसद्को शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले सरकारले अनशनरत डा गोविन्द केसीको जीवन रक्षा गर्ने बताएका छन् ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।