चीनको आर्थिक स्थितिमा मध्यम प्रगति

Education Park

बेइजिङ । पछिल्लो पटक मङ्गलबार सार्वजनिक गरिएको तथ्याङ्कले चीनको अर्थतन्त्रमा अझ कमजोरी आएको सङ्केत देखा परेको छ । विवरण अनुसार, आर्थिक वर्षको पहिलो साता महिनामा लगानी सबैभन्दा न्यून बिन्दुमा झरेको छ भने सामानको बिक्रीमा कमी आएको छ । 

बेइजिङ सामुन्ने सन्तुलन कायम गर्नुपर्ने परिस्थिति छ, वृद्धिका साधनहरुलाई लगानी र निर्यातमा मात्र केन्द्रित गर्नुको साटो वैयक्तिक उपभोगमा पनि लगाउनुपर्ने अवस्था छ । चीनका अघिल्तिर ऋणको पहाडसँग जुध्नुपर्ने चुनौती पनि उत्तिकै छ । 

अमेरिकासँगको व्यापारिक विवादले समस्यामाथि समस्या थपेको छ –– केही हप्तादेखि चिनीया मुद्रा युआन र बजार दुबै खस्किएका छन् । अमेरिकासँगको तनाबले निर्यातकर्तालाई राहत दिएपनि चिनीया उपभोक्ता मारमा परेका छन् । 

अमेरिकाले ३४ अर्ब डलरको चिनीया सामानमा गरेको करबृद्धि र त्यससँगै चीनले प्रतिशोधस्वरुप अमेरिकी सामानमाथि गरेको करबृद्धि जुलाईको सुरुदेखि प्रयोगमा आइसकेको छ । करबृद्धिका अरु थप घोषणा आगामी हप्ता पनि चालू रहने अनुमान गर्न थालिएको छ । 

चीनको तथ्याङ्क ब्यूरो (एनबीएस) का प्रवक्ता लिऊ आइहूले भनिन्, “यो द्वन्द्वको असर चीनमाथि कति पर्ला भन्ने अहिल्यै भन्न कठिन छ ।” गत साता जारी व्यापार तथ्याङ्कले जुलाईमा चिनीया निर्यातमा वृद्धि नभएको देखाएको छ । 

“नकारात्मक असरहरु विस्तारै देखिएलान्, अन्तर्राष्ट्रिय अर्थतन्त्र र विश्व अर्थतन्त्रमा परेका असर प्रकट हुन थालिसकेका छन्,” लिउले बताइन् । 

एनबीएसका अनुसार, कारखाना र वर्कसपको उपार्जन जुन महिनाकै दाँजोमा जुलाईमा ६.० प्रतिशतले वृद्धि भयो, तर यो तथ्याँक ब्लुमबर्ग न्यूजले गरेको प्रक्षेपणमा देखाइएको ६.३ प्रतिशत भन्दा केही कम हो । 

घरेलु उपभोगको मुख्य मापक खुद्रा बिक्रीमा जुलाईमा ८.८ प्रतिशतले वृद्धि भएको छ, तर यो जुनमा रहेको ९ प्रतिशतभन्दा कम हो । खुद्रा बिक्रीको लक्ष्य भने ९.१ प्रतिशत रहने अनुमान गरिएको थियो । 

थप समाचार

प्रतिबन्धित नेकपाद्वारा सरकारी सवारीसाधनमाथि प्रतिबन्ध घाेषणा, साउन ७ गतेदेखि सडकमा गुड्न नदिइने

  • 25 minutes ago
प्रतिबन्धित नेकपाद्वारा सरकारी सवारीसाधनमाथि प्रतिबन्ध घाेषणा, साउन ७ गतेदेखि सडकमा गुड्न नदिइने

काठमाडौँ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको मध्य पश्चिम कमाण्डले सेतो नम्बर प्लेट भएका सरकारी सवारीसाधनहरूलाई सडकमा गुड्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ । मध्य पश्चिम कमाण्डका इन्चार्ज वीरजङद्वार

अभिनेता विवेकको त्यो फोहोरी व्यवहार...

  • 1 hour ago
अभिनेता विवेकको त्यो फोहोरी व्यवहार...

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन अहिले बच्चन परिवारकी बुहारी भइसकेकी छिन् ।

घरको भित्तामा यस्ता लहराहरू भएका बोट विरुवा लगाउनु अशुभ मानिन्छ !

  • 1 hour ago
घरको भित्तामा यस्ता लहराहरू भएका बोट विरुवा लगाउनु अशुभ मानिन्छ !

काठमाडौँ । हामी प्राय जसो हामी घर सजाउनको लागि घरको भित्तामा मनि प्लान्ट वा अन्य लहरे फुल जस्ता विरुवाहरु राख्ने गर्दछौ । तर, वास्तु शास्त्र अनुसार यसो गर्दा मानिसहरुका शत्रुहरु बढ्ने गर्दछन् ।

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

किन खाली पेटमा यी खानेकुराहरु खानुहुँदैन ? थाहा पाउनुहोस् के असर गर्छ

किन खाली पेटमा यी खानेकुराहरु खानुहुँदैन ? थाहा पाउनुहोस् के असर गर्छ

एजेन्सी । राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।

विचित्र विश्व