चिनीया प्रविधिको मकै नेपालमा

  • बिहीबार, ७ भदौ, २०७५
  • 5 months ago
  • नेपाल

काठमाडौं, ७ भदौ । मकै उत्पादन तथा त्यसको उत्पादकत्व बढाउने र दक्ष जनशक्ति तयार गर्ने अभिप्रायले सम्बन्धित क्षेत्रका विज्ञ र सरोकारवालाका लागि तालीम आयोजना गरिएको छ । 

 

हाइब्रिड मकै उत्पादनसम्बन्धी विभिन्न प्रविधिका बारेमा जानकारी दिन आयोजित सो तालीममा कृषि मन्त्रालय, कृषि विभाग, नार्क र सरकारी एवं निजी बीउबिजन उत्पादक कम्पनीका विज्ञ, वैज्ञानिक र प्राविधिकलगायत ३५जनाको सहभागिता छ । नेपालमै मकैको हाइब्रिडको बीउ उत्पादन हुनसक्ने तालीममा सहभागीले जनाएका छन् । 

 

उक्त तालीम सञ्चालाका लागि चीन सरकारको वाणिज्य मन्त्रालयले नेपाल सरकारलाई सहायता प्रदान गरेकामा कृषि मन्त्रालयअन्तर्गतको नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र चीनको युआन लोङपिङ हाइटेक कृषि कम्पनीले सामूहिक रूपमा कार्यक्रम गरिरहेका छन् । तालीममा दुईदेशका विज्ञबीच मकैको उत्पादन र उत्पादकत्व बढाउन चिनियाँ प्रविधिसहितको विविध विषयमा ज्ञान, अनुभव र प्रविधि साटासाट गरिएको छ 

 

पछिल्लो समय मकै खाद्य बालीका साथै नगदेबालीका रूपमा समेत स्थापित हुनुका साथै नेपालमा धानपछिको दोस्रो महत्वपूर्ण बालीको रूपमा लिइएको छ । मकैले सिङ्गो बालीजन्य उत्पादनको २० प्रतिशत हिस्सा ओगटेको छ भने पहाडी किसानका लागि मकैखेती जीवन निर्वाहको महत्वपूर्ण आधार बनेको जानकारहरूको भनाइ छ । नेपालमा झण्डै आठ लाख ५० हजार हेक्टर जमीनमा मकैखेती गरिने र प्रत्येक वर्ष १५ लाखदेखि १७ लाख मेट्रिक टनसम्म उत्पादन हुने गरेको छ । नेपालमा मकैको उत्पादकत्व प्रतिहेक्टर एक दशमलव आठदेखि दुई टनको हाराहारीमा रहेकामा हाइब्रिड मकैखेती अवलम्बन गर्दा सातदेखि आठ टनसम्म फल्ने चिनियाँ वैज्ञानिक तथा मकैविज्ञ वाङ चिसङ बताउँछन् । 

 

स्वदेशमै हाइब्रिड मकैको बीउ उत्पादन भएपछि यसको मूल्य घटने र कृषकको लागत पनि न्यून हुने राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनका संयोजक तथा वैज्ञानिक डा केशवबाबु कोइरालाको भनाइ छ । 

 

हाल सिफारिश गरिएका मकैका सात बीउमध्ये दुई जलवायु परिवर्तन अनुकूल रहेको उल्लेख गर्दै उनी हाइब्रिड मकै खाद्य सुरक्षाका लागि र आयात प्रतिस्थापन गर्न पनि आवश्यक भएको तर यसमा राज्यको लगानी अझै नपुगेकाले जनशक्ति, बजेट र प्रविधिमा थप लगानी गर्नपर्ने औँल्याउछन् । 

व्यापक प्रयासका बीच पनि नेपालमा मकै उत्पादन र उत्पादकत्वमा उल्लेख्य प्रगति नभएको सन्दर्भमा यो तालीम उपयोगी हुने चर्चा गर्दै चिनियाँ वैज्ञानिक वाङ यो तालीम नेपालमा पहिलो पटक भएको र चीनको सहकार्य निरन्तर रहने बताउँछन् । 

 

मकै उत्पादनका क्षेत्रमा दुई देशबीचका प्रविधि साटसाट गर्न, नेपालमा मकैखेतीबारे अनुसन्धान तथा विकास गर्न, नेपालमा मकै खेतीमा नयाँ प्रविधि अवलम्बन गर्न र दक्ष मानव संशाधन उत्पादन गर्न सहयोग पुग्ने डा कोइराला विश्वास व्यक्त गर्छन् । तालीममा मकैको ब्रिडिङ प्रविधि, उत्पादन प्रविधि, उच्च गुणस्तरसहितको मकै लगाउने तरिका र मकै पाकेपछि गरिने प्रशोधन प्रविधिकाबारे छलफल, अनुभव साटासाट, अन्तरक्रिया र स्थलगत अध्ययन गरिएको ४६ दिने सो तालीमको मुख्य केन्द्रविन्दू रामपुरलाई बनाइएको छ । 


थप समाचार

सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन

  • 13 minutes ago
सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन

सानफ्रान्सिस्को । दक्षिण कोरियाको विश्वविख्यात स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधबार फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । विश्वमै फोल्ड गर्न मिल्ने मोबाइल निर्माण गर्ने सामसुङ पह

भुकम्पका बेला नेपालमा प्रभावकारी उद्धार गरेको भन्दै भारतलाई स्पेनले दियो अवार्ड

  • 17 minutes ago
भुकम्पका बेला नेपालमा प्रभावकारी उद्धार गरेको भन्दै भारतलाई स्पेनले दियो अवार्ड

एजेन्सी । स्पेन सरकारले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई ‘ग्राण्ड क्रस अफ अर्डर अफ सिभिल मेरिट’ प्रतिष्ठित अवार्डबाट सम्मानित गरेको छ ।

नेपाल थाइल्याण्डसँग पराजित

  • 38 minutes ago
नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौँ । आइसीसी महिला विश्वकप टि ट्वण्टी क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल फाल्गुन ०९ गते । बिहीबार । ईश्वी सन् २०१९ फेब्रुवरी २१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।