'उत्तर कोरियाबारे ट्रम्पको ‘गैरजिम्मेवार तर्क’'

बेइजिङ । वासिङटनको उत्तर कोरियासँगको सम्बन्ध बेइजिङका कारण थप जटील बनेको भन्ने भनाईलाई लिएर चीनले बिहीबार अमेरिकी भनाइप्रति चासो व्यक्त गरेको छ । 

 

उत्तर कोरियासँगको सम्बन्धमा चीनका कारण थप जटिलता आएको भनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङमाथि लगाएको ‘गैरजिम्मेवार र बेतुकको तर्क’को आलोचना गरेको हो । 

 

आफ्नो शीतयुद्धकालीन सहयोगीमाथि दवाव दिने बिषयमा चीनले सहयोग नगरेको भन्दै अमेरिकी राष्ट्रपतिले उत्तरकोरियाबारे चीनप्रतिको धारणा दोहोराएका हुन् । 

 

ट्रम्पले यस पहिले विदेश मन्त्री माइक पोम्पेओको यसै साता हुने गरी तय भएको भ्रमण चीनको असहयोगका कारण रद्द भएको यस पहिले नै जनाएका थिए । 

 

सत्य, गैरजिम्मेवार र वेतुकको तर्कलाई बङ्ग्याउनु पहिले नै म जस्ता धेरै जनताले बुझेका छन् कि अमेरिका विश्वको पहिलो राष्ट्र हो, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले सञ्चारकर्मीहरूसँगको नियमित भेटमा बताए । 

 

“यो तर्क सबैले सजिलै बुझ्न सक्दैनन्,” उनले भने। 

 

प्योङयाङसँगको वार्ताका बिषयमा प्रगति नभएका कारण ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ अनमाथि प्रत्यक्ष आलोचना नगरेर अरू पक्षलाई दोष थोपर्नु गलत भएको चीनको बुझाई रहेको छ । 

 

उनले थपे, “हामी चाहान्छौ कि उत्तर कोरियासँगको वार्तालाई अघि बढाउने सम्बन्धमा चीनले जस्तै अमेरिकाले पनि सकारात्मक तथा रचनात्मक भूमिका खेल्नेछ । अमेरिकाले अरूलाई दोष दिनुभन्दा आफैलाई हेरोस् ।” 

 

ह्वाइट हाउसमा बुधबार बोल्दै अमेरिकी राष्ट्रपतिले ट्रम्पले उत्तर कोरियासँग अमेरिकाको सम्बन्ध विस्तारमा चीनको कारण जटीलता थपिएको बताएका थिए । 

 

उत्तर कोरियासँगको सम्बन्धमा केही समस्या चीनसँगको ब्यापार विवादले ल्याएको ट्रम्पले बताएका थिए । यद्यपि ट्रम्पले सी चीन फिङसँगको सम्बन्ध भने ‘धेरै राम्रो’ भएको र उत्तर कोरियाली नेता किमसँगको सम्बन्ध ‘अनुपम’ रहेको बताउनुभएको थियो । ट्रम्प, र किमबीच गत जुनमा सिङ्गापुरमा भेट भएको थियो । 


थप समाचार

संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

  • 5 hours ago
संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तुको दाह्रासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

  • 5 hours ago
संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

दमौली । सभामुख कृष्णबहादुर महराले संस्कृति संरक्षण नभए देश खतरामा पर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा आजदेखि दमौलीमा शुरु तेस्रो जनजाति सांस्कृतिक तथा पर्यटन महोत

बच्चा जन्मिनेबित्तिकै गाउँपालिकाले सहकारीमा ५ हजार जम्मा गरिदिने

  • 5 hours ago
बच्चा जन्मिनेबित्तिकै गाउँपालिकाले सहकारीमा ५ हजार जम्मा गरिदिने

दुल्लु । दैलेखको गुराँस गाउँपालिकाले बालमैत्री गाउँपालिका बनाउने कार्यक्रम अघि सारेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।