चीनमा पशुमा लाग्ने रोग नियन्त्रणका लागि ३८ हजार सुँगुर मारियो

बेइजिङ । चीनमा सुँगुरबाट सोही जातका चौपाया फैलिने ज्वरो (अफ्रिकन स्वाइन फेभर) को प्रकोप नियन्त्रणका लागि ३८ हजारभन्दा बढी सुँगुर मारिएको चिनिँया समाचार समिति सिन्ह्वाले आइतबार जनाएको छ । 

 

विश्वको सबैभन्दा धेरै सुँगुर उत्पादक राष्ट्रका विभिन्न भागमा अफ्रिकन स्वाइन फेभरको प्रकोप देखिएपछि रोग नियन्त्रणका लागि उक्त उपाय अवलम्बन गरिएको हो । 

 

उक्त रोगको समस्या चीनका विभिन्न पाँच प्रान्तमा देखिएको सिन्ह्वाले चिनियाँ कृषि मन्त्रालयलाई उद्धृत गरी उल्लेख गरेको छ । 

 

चीनले अफ्रिकन स्वाइन फेभरको पहिलो बिरामी यही बर्षको अगस्टमा उत्तरपूर्वी लायोनिङ प्रान्तमा भेटिएको जनाएको छ । रोग लायोनिङबाट दक्षिणी क्षेत्रमा करिब एक हजार किलोमिटर टाढा भेटिएको थियो । यसबाट चीनका सबै सुँगुर फार्मलाई रोगबारे चनाखो बनाइएको थियो । 

 

रोगको सङ्क्रमण फैलिइरहेको भएपनि कृषि मन्त्रालयका प्रवक्ताले हाल ‘रोग सामान्यतया नियन्त्रणमा’ रहेको बताएका सिन्ह्वाले जनाएको छ । 

 

गत हप्ता संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठनले उक्त रोग एशियाका अन्य भागमासमेत फैलिनसक्ने चेतावनी दिएको थियो । 

 

अफ्रिकन स्वाइन फेभर मानव जीवनका लागि खतरा नभएपनि घरपालुवा सुँगुर तथा सोही जातका जङ्गली जनावरमा सर्ने र सरेको केही हप्तामा मस्तिस्क आघात भई अन्ततः मृत्युको कारण बन्ने बताइएको छ । 

 

रोग नियन्त्रणका लागि खोप वा अन्य कुनै बिषनासक औषधी नभएकोले सङ्क्रमण देखिएका पशुलाई मार्नु नै रोग फैलिनबाट रोक्ने उपाय भएको जनाइएको छ । 

 

बेइजिङले रोग फैलिनबाट रोक्न आकस्मिक योजना ल्याइएको जनाएको छ । संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठनले गत मे मा एउटा सूचना जारी गरी रूसबाट उक्त रोग फैलिने खतरा रहेको भन्दै आवश्यक सावधानी अपनाउन चेतावनी दिएको थियो । 

 

सुँगरको विश्वभरको उत्पादनको आधा उत्पादन चीनमा हुने यसको ठूलो मात्रामा खपत पनि चीनमा नै हुने संगठनले जनाएको छ । 


थप समाचार

तयार भयाे जङ्गी अड्डाको अत्याधुनिक नयाँ भवन, राष्ट्रपतिले उद्घाटन गर्ने

  • 4 minutes ago
तयार भयाे जङ्गी अड्डाको अत्याधुनिक नयाँ भवन, राष्ट्रपतिले उद्घाटन गर्ने

काठमाडौँ । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको अत्याधुनिक प्रविधियुक्त नयाँ भवन तयार भएको छ ।

काँग्रेसकाे छविमाथि प्रम ओलीकाे प्रश्न : प्रतिक्रियावादी शक्तिहरूसँग घाँटी जाेडेकाे आराेप

  • 14 minutes ago
काँग्रेसकाे छविमाथि प्रम ओलीकाे प्रश्न : प्रतिक्रियावादी शक्तिहरूसँग घाँटी जाेडेकाे आराेप

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले ओलीले नेपाली काँग्रेसको लोकतन्त्रिक छविमाथि प्रश्न उठाएका छन् । पार्टी स्थापना दिवसको ७० औँ वर्षगाँठका अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले

काँग्रेस कमजाेर छैन : सभापति देउवा

  • 26 minutes ago
काँग्रेस कमजाेर छैन : सभापति देउवा

झापा । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काङ्ग्रेस कमजोर प्रतिपक्ष नभएको बताएका छन् । संसद्मा प्रतिपक्षको भूमिका निर्वाह गरेपनि कहिल्यै कमजोर नभएको उनको जिकीर



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख ०९ गते । सोमबार । ईश्वी सन् २०१९ अप्रिल २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि तृतीया, २० घडी ३७ पला, दिउसो ०१ बजेर ५० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र अनुराधा, ३४ घडी १० पला,बेलुकी ०७ बजेर १५ मिनेट उप्रान्त ज्येष्ठा । योग व्यातिपात,०० घडि ३७ पला,बिहान ०५ बजेर ५० मिनेट उप्रान्त वरियान ।