चिनीया राष्ट्रपति रसिया शिखर बैठकमा सहभागी हुने

बेइजिङ । चिनीया राष्ट्रपति सी जिनपिङ अर्को साता रसियामा आयोजना हुने क्षेत्रीय सम्मेलनमा सहभागी हुनुहुने चिनीया विदेश मन्त्रालयले जनाएको छ । जापान र दक्षिण कोरियाका प्रधानमन्त्रीहरु पनि सहभागी हुने उक्त सम्मेलनमा उत्तर कोरियाली नेता कीम जोङ उनलाई पनि आमन्त्रण गरिएको छ । 

 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली नेता कीमलाई रुसको भ्लाडिभोस्टकमा आयोजना हुने पूर्वी आर्थिक मञ्चमा सहभागी हुन आमन्त्रण गर्नुभएको छ । सम्मेलन यही सेप्टेम्बर ११–१३ मा हुँदैछ । 

 

कीमले भने सहभागिताका बारेमा घोषणा गर्नुभएको छैन, तर उहाँको सहभागिताले अन्तर्राष्ट्रिय जगतमा प्योङयाङको उपस्थिति बलियो हुनेछ । 

 

चिनीया अधिकारीहरुले सम्मेलनका क्रममा राष्ट्रपति सी जिनपिङले अरु नेताहरुसँग अलगअलग भेटघाट गर्ने नगर्ने स्पष्ट भइनसकेको बताए । 

 

चीनका विदेश सहायक मन्त्री झाङ हानहुइले अरु मुलुकबाट भेटघाटको प्रस्ताव आए त्यसलाई सकारात्मक लिइने संवाददाताहरुलाई बताए । यसै वर्ष उत्तर कोरियाली नेता कीमसँग राष्ट्रपति सीले तीन पटक भेट गरेका छन् । 

 

राष्ट्रपति सीले चिनीया वरिष्ट सांसद ली झान्सुलाई यही साता उत्तर कोरियाको ७०औं वार्षिकोत्सवमा सहभागी हुन प्योङयाङ पठाएका छन् । यो वार्षिकोत्सवमा चिनीया राष्ट्रपति सहभागी हुने धेरैले अनुमान लगाएका थिए । 

 

उत्तर कोरियाका सन्दर्भमा “रोलर–कोस्टर कुटनीति” अवलम्बन गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार मात्र उत्तर कोरियाको आणविक निःशस्त्रीकरणसम्बन्धी वार्ता जीवितै रहेको सङ्केत गरेका थिए । 

 

राष्ट्रपति सी भ्लाडिभोस्टकमा मङ्गलबार र बुधबार रहनुहुनेछ । रसियाले आयोजना गरेको वार्षिक आर्थिक मञ्चको बैठकमा चिनीया नेताको यो पहिलो सहभागिता हो । 

 

बैठकमा चीन र जापानबीच सन् २०१२ देखि बिग्रिएको सम्बन्धमा केही सुधार आएको छ । हालैका महिनाहरुमा दुबै पक्षबीच उच्चस्तरको भ्रमण हुनेक्रम सुरु भएको छ । 


थप समाचार

राहदानी विधेयक सर्वसम्मतिले पारित

  • 1 hour ago
राहदानी विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘राहदानी विधेयक २०७५’ लाई सर्वसम्मतिले पारित गरेको छ ।

खुर्शिदका हत्यारालार्इ कानुनकाे कठघरा ल्याइछाड्छाैँ : गृहमन्त्री थापा

  • 2 hours ago
खुर्शिदका हत्यारालार्इ कानुनकाे कठघरा ल्याइछाड्छाैँ : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुनसरीमा अज्ञात समूहले असोज ४ गते हत्या गरेका खुर्शिद आलमको हत्यारालाई कानूनको कठघरामा ल्याइछाड्ने बताएका छन् ।

महिला तथा बालिकामाथि अाक्रमण बढेपछि संसदमा चिन्ता

  • 2 hours ago
महिला तथा बालिकामाथि अाक्रमण बढेपछि संसदमा चिन्ता

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा तराई/मधेश जिल्लामा बालबालिका अपहरण र महिला तथा किशोरीमाथि तेजाब प्रहार गर्ने घटना बढ्दै गएकामा चिन्ता व्यक्त गरिएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने