राष्ट्रपति सी चिनफिङले भनेः चिनियाँ रेल नेपाल पुग्छ

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले ल्हासा हुँदै सिगात्से पुगेको रेल केही वर्षभित्रै काठमाडौं पुग्ने आशा व्यक्त गरेका छन्। पिपल्स ग्रेट हल अफ चाइनामा बुधबार शिष्टाचार भेटका लागि पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीसहितको सरकारी प्रतिनिधिमण्डलसामु राष्ट्रपति सीले त्यस्तो आशा व्यक्त गरेका हुन्।

 

प्रधानमन्त्री ओली असार ५ गतेदेखि चीनको ६ दिने औपचारिक भ्रमणमा छन्। त्यस क्रममा बुधबार उनले राष्ट्रपति सीसँगको भेटवार्तामा झन्डै सवा घण्टा बिताए। त्यसमध्ये पहिलो २० मिनेट प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच एकल वार्ता (वान टू वान) भएको थियो। त्यसपछि राष्ट्रपति सीसहितको प्रतिनिधिमण्डल र प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डलबीच छलफल भयो।

 

दुवै प्रतिनिधिमण्डलको भेट हुँदै गर्दा केही मिनेट मिडियाकर्मीलाई फोटो खिच्ने समय दिइएको थियो। मिडियाको उपस्थिति रहेकै बेला राष्ट्रपति चिनफिङले नेपाले अख्तियार गरेको एक चीन नीतिप्रति खुसी व्यक्त गरेका थिए। नयाँ संविधान चुनाव हुँदै नयाँ सरकार र राजनीतिक स्थायित्व प्राप्त गरेकोमा आफूहरू खुसी भएको र चीन नेपालको समृद्धिका लागि सहायता गर्न तयार रहेको बताएका थिए। आफू स्वतन्त्र एवं अखण्ड नेपालको पक्षमा रहेको उनको भनाइ छ। व्यस्त सेड्युलबीच सी र नेपाली प्रतिनिधिमण्डलबीच भेटवार्ता चलेको थियो। नेपाली प्रतिनिधिमण्डल पिपल्स ग्रेट हल अफ चाइनातिर जाँदै गर्दा उत्तर कोरियाली नेता किम जोङ उन फर्किंदै थिए भने भेटवार्तापछि पपुवा न्युगिनी र बोलिभियाको प्रतिनिधिमण्डलसँग भेटवार्ता सुरु भएको थियो।

 

भेटवार्तापछि पत्रकारसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति सीसँग अत्यन्त सौहार्दपूर्ण कुराकानी भएको बताए। केरुङ–काठमाडौं रेल जोड्ने विषयलाई सीले चासोपूर्वक हेरेको बताउँदै ज्ञवालीले उनलाई उद्धृत गर्दै भने, ‘अहिले सांघाई, ल्हासा हुँदै सिगात्से पुगेको रेल काठमाडौं पुग्छ। जसले नेपालको विकास र समृद्धिमा भरपुर सहयोग पुग्ने विश्वास हामीले लिएका छौं।’

 

सन् २०१६ मार्चमा पहिलो पटक प्रधानमन्त्रीका हैसियतमा केपी ओलीले चीन भ्रमण गरेपछि केरुङ–काठमाडौं रेलमार्ग निरन्तर चर्चाको विषय बन्दै आएको छ। उक्त भ्रमणका क्रममा ओलीले चीन सरकारसँग गरेको दसबु“दे सहमतिको जगमा उक्त चर्चा हुँदै आएको हो। ओलीले चीनसँग पारवहन तथा व्यापार सन्धि गर्दै क्रस बोर्डर कनेक्टिभिटी बढाउने जुन समझदारी गरे, त्यो नेपाल चीन सम्बन्धमा ‘कोसेढुंगा’ थियो। आजको अन्नपूर्ण पोस्ट्बाट । 

 


थप समाचार

विदेश पढ्न जाँदै हुनुहुन्छ ? यी ५ कुराहरु विशेष ध्यान दिनुहोस्

  • 5 hours ago
विदेश पढ्न जाँदै हुनुहुन्छ ? यी ५ कुराहरु विशेष ध्यान दिनुहोस्

काठमाडौँ । हाम्रो देशबाट हरेक वर्ष हजारौं विद्याथीहरु पढ्नको लागि विदेश जाने गर्छन् । धेरै जसो उच्च शिक्षा आर्जन गर्नको लागि जाने गर्छन भने कैंयौ विद्यार्थी साथीभाईको लहैलहैमा लागेर रहरको पुर्याउन पनि

विषादी मदिरा बनाउने भट्टीमा छापा

  • 5 hours ago
विषादी मदिरा बनाउने भट्टीमा छापा

साँखु । विषादीयुक्त अवैध मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने भट्टीमा महानगरीय प्रहरी वृत्त बौद्धले छापा मारेको छ ।

प्रदेशसभा बैठक

  • 5 hours ago
प्रदेशसभा बैठक

विराटनगर । ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ सदनमा विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ ९१० र नियम ९५ बमोजिम सो प्रस



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

एजेन्सी । यदि तपाइँले सपनामा विभिन्न चरा वा जनावरहरु देख्नु भो भने त्यसको अर्थ के होला रु यहाँ सपनामा चरा वा जनावर देख्दा हुने अर्थको चर्चा गरिएको छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।