IIMS College

ISMT

HUB Education

चिनियाँ राष्ट्रपतिले हड्डी भाँच्ने चेतावनी दिएपछि अमेरिकाले उठायो कडा कदम

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । हङकङको लोकतन्त्रको समर्थनमा चलिरहेको विरोध प्रदर्शनमा अमेरिकाको हाउस अफ रिप्रेजेन्टिटिभमा एउटा बिल पास भएको छ ।

 

यस बिल पश्चात अमेरिकाले प्रत्येक वर्ष समिक्षा गर्नेछ कि हङकङमा पर्याप्त स्वायत्तता छ कि छैन । यसै आधारमा विशेष कारोबारी दर्जाको पनि भविष्य तय हुनेछ ।

 

हाउसले जुन बिललाई पास गरेको छ त्यसलाई ‘हङकङ ह्युमन राइट्स एण्ड डेमोक्रेटिक एक्ट’ को नाम दिइएको छ । अमेरिकाले लिएको यो निर्णयले स्थानीय सरकार र चीनलाई ठुलो झट्का लाग्ने भएको छ ।

 

पछिल्लो हप्ता चीनका राष्ट्रपनि सी जिनपिङले नेपालको भ्रमणका क्रममा भनेका थिए कि जो वान चाइना पोलिसी मान्दैन र चीनलाई तोड्ने प्रयास गर्छ उसको हड्डी भाचिनेछ ।

 

सन् १९९७ मा जब हङकङलाई चीनको जिम्मा लगाइयो तब बेइजिङले ‘एक देश दुई व्यवस्था’ को अवधारणामा रहेर २०४७ सम्म मानिसहरुको स्वतन्त्रता र स्थानीय कानुन व्यवस्था बनाइ राख्न ग्यारेन्टी दिएको थियो । हङकङ चीनको एउटा स्वयात्त द्वीप हो र चीन यसलाई आफ्नो संप्रभु राज्यको हिस्सा मान्दै आएको छ ।

 

पछिल्लो चार महिनामा हङकङमा लोकतन्त्रको समर्थनमा विरोध प्रदर्शन चलिरहेको छ ।

 

लाखौ मानिसहरु सडमा उत्रिएका छन् । सत्ताधारी कम्युनिष्ट पार्टीले शान्तिपुर्ण प्रदर्शन गरेता पनि हस्तक्षेप गरेको आरोप लाग्दै आइरहेको छ ।

 

चीनका राष्ट्रपतिले यसलाई लिएर कडा चेतावनी दिएका थिए ।

 

यो बिललाई सिनेटमा पनि लैजाने तर, कहिले लैजाने दिन भने तोकिएको छैन । ट्रम्प प्रशासन र अमेरिकी काँग्रेसको तर्फबाट चीन सरकारविरुद्ध कडा कदम चालिएको छ ।

 

यसभन्दा पहिला अमेरिका र चीनमा मुस्लिम जनतासँग हुने उत्पिडनका कारण चिनियाँ अधिकारीहरलाई भिजा दिन रोक लगाउँदै आइरहेको छ ।

 

त्यही कारण अमेरिकाले चीनका २८ वटा चिनियाा संस्थानलाई ब्ल्याकलिस्टमा राखेको थियो ।

 

अमेरिकाको विदेशमन्त्री माइक पाम्पियोले भनेका थिए,‘चीन सरकारले अत्यन्त दमनकारी अभियान चलाइरहेको छ ।’

 

बिल पास भएसँगै चीनले पनि अमेरिकालाई कडा चेतावनी दिएको छ । अमेरिकाले चीनको विकास रोक्न खोजेको आरोप लगाएको छ ।

 

मिडिया रिपोर्टका अनुसार अमेरिकी सिनेटमा बिल सहजै पास हुनेछ । यसले चीन र अमेरिकाको सम्बन्ध थप संकटमा पार्ने विश्लेषकहरुको भनाइ छ ।

 

एजेन्सीको सहयोगमा

 

 


थप समाचार

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

  • 6 hours ago
थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

एजेन्सी । मानिसको जीवनमा कयौं खालका समस्या आउँछ । जीवनको दोस्रो नाम न संघर्ष हो । यदी तपाई पूर्वीय दर्शन, ज्यातिषशास्त्रको माध्यमबाट विविध खालका समस्याबाट मुक्ति पाउन सकिन्छ ।

एनआइसी एशिया बैंकको चमत्कारिक फाइदा सुविधा

  • 6 hours ago
एनआइसी एशिया बैंकको चमत्कारिक फाइदा सुविधा

काठमाडौँ । एनआईसी एशिया बैंकले खाता खोल्दा न्यूनतम ५० हजार रूपैयाँदेखि २ लाख १४ हजार रूपैयाँसम्मको चमत्कारिक फाइदा पाउने सुविधा ल्याएको छ। बिमा सम्बन्धी ३ आकर्षक चमत्कारिक फाइदा, कर्जामा २ चमत्

पशुपतिमा विन्दास बाबाको बेग्लै ताल (फोटो फिचर)

  • 7 hours ago
पशुपतिमा विन्दास बाबाको बेग्लै ताल  (फोटो फिचर)

पशुपतिनाथमा शिवरात्रिका दिन पशुपतिनाथमा भक्तजनहरूको ठूलो भीड लाग्ने गर्छ। शिवरात्रिका लागि भारतबाट सयौंको सङ्ख्यामा साधु आउने गरेका छन्।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

एजेन्सी । मानिसको जीवनमा कयौं खालका समस्या आउँछ । जीवनको दोस्रो नाम न संघर्ष हो । यदी तपाई पूर्वीय दर्शन, ज्यातिषशास्त्रको माध्यमबाट विविध खालका समस्याबाट मुक्ति पाउन सकिन्छ ।

विचित्र विश्व

‘जसको मिल्ने साथी सिंह हो’

‘जसको मिल्ने साथी सिंह हो’

एजेन्सी । पाकिस्तानको कराचाीस्थित एक युवकले सिंह पालेका छन् । अज्लान नामका एक युवाले सिम्बा नामको सिंहलाई पालेका हुन् । ४ वर्ष अघि उनले सिम्बालाई उद्धार गरेर ल्याएका हुन् । उक्त समयमा सिम्बा मात्र दुई हप्ताको भएको थियो ।